Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

पाल्पा सिद्धार्थ राजमार्गसहित सबै मुख्य सडक अवरुद्ध

Author Avatar साझा न्यूज 16th June 2021 , 1:00 PM
पाल्पा सिद्धार्थ राजमार्गसहित सबै मुख्य सडक अवरुद्ध

पाल्पा- पाल्पा सिद्धार्थ राजमार्गसहित सबै मुख्य सडक अवरुद्ध भएका छन्।तिन दिनदेखि परेको अविरल वर्षासँगै झरेका पहिरोले राजमार्ग र सडक अवरुद्ध भएका हुन्। अधिकांश सडक मंगलबारदेखि नै अवरुद्ध छन्।

निरन्तर वर्षा भइरहेकाले सडक सञ्चालन गर्न कठिन भइरहेका जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले बताए। जिल्लाबाट बाहिर जाने सबै सडक अवरुद्ध छन्। पहिरो पन्छाउने कार्य अहिले पनि जारी छ। सिद्धार्थ राजमार्गअन्तर्गत तानसेन नगरपालिका–८ गौडेभीरमा सडक नै पहिराले बगाएको छ।

खोलाको बहाबले करिब १०० मिटर राजमार्ग कटान गरेको प्रभास प्रहरी चौकीका प्रमुख प्रहरी नायब निरीक्षक भरत थापा क्षेत्रीले बताए। राजमार्गको नयाँ ट्रयाक नै खोल्नु पर्ने अवस्था छ। मंगलबार दिउँसो साढे तीन बजेदेखि राजमार्ग अवरुद्ध भएको हो। अहिले पनि भीषण वर्षा भइरहेको छ।

‘पहिरोे पन्छाउन र नयाँ ट्रयाक बनाउन स्कभेटर चाहिन्छ, पहिरो पन्छाउनका लागि सडक विभागसँग समन्वय भइरहेको छ।’ राजमार्ग सञ्चालन गर्न कति समय लाग्ने हो यकिन भने नभएको उनले बताए। अहिलेसम्म सुञ्चालन गर्ने कुनै सुरसार भएको छैन। बिरामी बोकेका एम्बुलेन्सलगायत कैयौं सवारी साधन र यात्रु राजमार्गमै अलपत्र परिरहेका छन्।

मानिस पैदलमार्फत पहिरो पार गर्ने अवस्था समेत नरहेको क्षेत्रीले बताए। उनका अनुसार करिब ३०० मिटर माथिबाट ढुंगासहितको पहिरो झरिरहेको छ। यस्तै, तानसेन–गुल्मी सडकखण्डअन्तर्गत रिब्दीकोट गाउँपालिका–३ मालमुलमा पहिराले सडक अवरुद्ध भएको छ। गएराति देखिनै सडक अवरुद्ध भएको हार्थोक प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक विष्णु रेग्मीले बताए।

उनका अनुसार माथिबाट पहाड नै खसेकाले सडक सञ्चालन गर्न कठिन भइरहेको छ। अहिले जेसिबीले पहिरो पन्छाउने काम भइरहेको उनले बताए। सडक अवरुद्ध हुँदा बिरामी बोकेका एम्बुलेन्ससहित कैयौं सवारी साधनर यात्रु बीच बाटोमै अलपत्र परेका छन्। अविरल वर्षा भइरहेकाले पहिरो पन्छाउन आर्यभञ्ज्याङ–रामपुर सडकखण्ड पनि अवरुद्ध छ।

रम्भा गाउँपालिका–४ हुमिन बजार नजिकै पहिराले सडक अवरुद्ध भएको ताहुँ प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक भोला कुँवरले बताए। उनका अनुसार अहिले पहिरो पन्छाउने कार्य भइरहेको छ। यो सडक तीन दिनदेखि अवरूद्ध भएको उनले बताए। यस सडकखण्ड अन्तर्गत विभिन्न ठाउँमा पहिरो गएको छ।

रामपुर नगरपालिकाअन्तर्गत जबगादीक्षेत्रमा पनि पहिराले सडक अवरुद्ध भएको छ।समय लाग्ने उनले बताए। यता चार दिनदेखि पाल्पामा अविरल वर्षा भइरहेको छ। ठाउँ ठाउँमा पहिरो गएको छ। ग्रामीण भेगका प्रायः कच्ची सडक पहिरो र खोलाले अवरुद्ध भएका छन्। मानवीय क्षत्री समेत भएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

हजार र ५० को नोटको नयाँ डिजाइन तयार गर्ने गभर्नर पौडेलको पहिलो निर्णय

हजार र ५० को नोटको नयाँ डिजाइन तयार गर्ने गभर्नर पौडेलको पहिलो निर्णय

बसन्तपुरमा निःशुल्क आँखा शिविर, दुई सय बढीले लिए सेवा

बसन्तपुरमा निःशुल्क आँखा शिविर, दुई सय बढीले लिए सेवा

विपद् व्यवस्थापन तथा जलवायु उत्थानशीलता कार्यढाँचा निर्माणका लागि कार्यशाला सम्पन्न

विपद् व्यवस्थापन तथा जलवायु उत्थानशीलता कार्यढाँचा निर्माणका लागि कार्यशाला सम्पन्न

दुई पटक विघटन भएर पनि पूर्ण कार्यकाल

आज प्रतिनिधिसभाको बैठक बस्दै

लुम्बिनी र गण्डकी प्रदेशमा मौसम पूर्ण बदली भई ठाउँठाउँमा पानी

आजको मौसम : पहाडी भेगमा चट्याङसहित वर्षा र हावाहुरीको सम्भावना

लुम्बिनी सरकारले जटिल रोग लागेका बिरामीलाई दुई लाख रुपैयाँ सहयोग गर्ने

लुम्बिनी सरकारकाे नीति तथा कार्यक्रम : ‘कृषकका गरा : सधैँ हराभरा’ अभियान (पूर्णपाठ)

भर्खरै प्रकाशित

हजार र ५० को नोटको नयाँ डिजाइन तयार गर्ने गभर्नर पौडेलको पहिलो निर्णय

हजार र ५० को नोटको नयाँ डिजाइन तयार गर्ने गभर्नर पौडेलको पहिलो निर्णय

बसन्तपुरमा निःशुल्क आँखा शिविर, दुई सय बढीले लिए सेवा

बसन्तपुरमा निःशुल्क आँखा शिविर, दुई सय बढीले लिए सेवा

विपद् व्यवस्थापन तथा जलवायु उत्थानशीलता कार्यढाँचा निर्माणका लागि कार्यशाला सम्पन्न

विपद् व्यवस्थापन तथा जलवायु उत्थानशीलता कार्यढाँचा निर्माणका लागि कार्यशाला सम्पन्न

आईपीएल क्रिकेटको प्लेअफबाट बाहिरियो लखनउ

आईपीएल क्रिकेटको प्लेअफबाट बाहिरियो लखनउ

दुई पटक विघटन भएर पनि पूर्ण कार्यकाल

आज प्रतिनिधिसभाको बैठक बस्दै

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज