Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

यस्ता छन् नेपाली कांग्रेस नगर समितिले बजेट माग्दै बाणगंगालाई दिएका २७ सुत्रीय सुझाव

Author Avatar साझा न्यूज 16th June 2021 , 7:00 PM
यस्ता छन् नेपाली कांग्रेस नगर समितिले बजेट माग्दै बाणगंगालाई दिएका २७ सुत्रीय सुझाव

कपिलवस्तुकै समृद्ध बाणगंगा नगर निर्माणका लागि नीति तथा कार्यक्रममा समावेश गर्न र बजेट छुट्याउन माग गर्दै नेपाली कांग्रेस बाणगंगा नगर कार्य समिति कपिलवस्तुले २७ सुत्रीय सुझावहरु दिएको छ ।

आज बाणगंगा नगरका नेपाल कांग्रेसका नेताहरुसँगै संयुक्त रुपमा कार्यवाहक सभापति विष्णु थापाले बाणगंगा नगरका मेयर मंगल प्रसाद थारु, उप मेयर चक्रपाणी अर्याल र प्रमुख प्रशासकीय अधिकृत वासुदेव खनाललाई आर्थिक वर्ष २०७८।०७९ लागि बजेट छुट्याउन माग गर्दै ज्ञापन पत्र बुझाउनु भएको हो ।

समितिले दिएका २७ सुत्रीय सुझावहरुमा बाणगंगा नगरको स्वास्थ्य क्षेत्रलाई प्रभावकारी बनाउन र बिरामीलाई तुरुन्त हस्पिटल सम्म पुयाउन आई.सियु. सहितको एम्बुलेन्स सेवा सञ्चालन गर्ने, नगरपालिकाको लागि एउटा शव बहानको ब्यवस्था गर्ने, ५० बेडको आइशोलेशन २५ बेडको आई.सि.यु र १० बेडको भेन्टिलेटर सहितको हस्पिटलको रुपमा कपिलवस्तु सामुदायिक अस्पताललाई विकास गर्ने ।

वालवालिकाको स्याहार भविष्यको आधार भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै बाणगंगा नगरपालिका भित्रका बालबालिकाहरुको संरक्षणका लागि लागु गरिएको बालमैत्री स्थानिय शासनको पूर्ण रुपमा कार्यन्वयन भए नभएको बिषय लाई अनुगमन गर्ने र पूर्ण रुपमा कार्यन्वयन गर्ने त्यसका अतिरिक्त बालबालिकाका सर्वाङ्गिण विाकासका लागि एउटा वाईफाइ फ्री जोन सहितको बाल अधिकार सम्बन्धि थ्री डि. वाल पेपरले सजावट गरिएको एउटा बाल उद्यानको निर्माण वा.न.पा क्षेत्रमा पर्ने शिव मन्दिर सामुदायिक वन क्षेत्रमा स्थापना गर्ने ।

यसैगरी महिला आधा आकाश आधा हिस्सा भन्ने नारालाई सार्थक बनाउँदै घरेलु हिंसा अन्त्यका लागि हरेक वडामा महिला मञ्च व्यवस्थापन गर्ने । स्वच्छ पर्यावरण, बाणगंगाको आवरण अन्र्तगत श्रृङ्गीघाट र लक्ष्मणघाट दाह संस्कार क्षेत्र व्यवस्थित गरी अन्तेस्टी कर्म,किर्यापुत्री भवन निर्माण गर्ने । नेपाली नागरिकको इच्छा आत्मनिर्भरता लागि प्राविधिक शिक्षा भन्ने नारालाई सार्थक बनाउन जि.पि. मोमोरियल पोलि टेक्निकल इन्षिटच्यूट निर्माणका लागि पहल गर्ने । हाम्रो रहर प्रदुषण रहित नगर भन्ने अभियानलाई सार्थक बनाउन एउटा प्रशोधन सहितको डम्पिङ साइडको निर्माण गर्ने । दुर्घटना न्यूनिकरण र पैदल यात्रीको संरक्षण लाई मध्यनजर गर्दै ४ नम्बर चोकमा आकाशे पुल निर्माण गर्ने । बाणगंगा नदीको संरक्षण गर्दै बाणगंगा नदिको तट बन्धन गरी मानवीय क्षति र भूक्षयलाई पूर्व रुपमा रोक्दै पूर्वी तट क्षेत्रलाई औद्योगिक करिडरको रुपमा विकास गर्नका लागि उत्तर देखि दक्षिण सम्म औद्योगिक क्षेत्रको रुपमा डि.पि.आर. गरी घोषणा गराउन पहल गर्ने । बाणगंगा न.पा.मा अवस्थित वि.पि स्मृति भवनको स्तरउन्नति गर्दै राष्ट्रिय विभूति संरक्षण भवनको रुपमा स्थापित गर्ने ।

त्यस्तै नगर बासीको कठिनाइलाई मध्यनजर गर्दै मालपोत कार्यालय, नापी कार्यालय र विद्युत वितरण केन्द्रका शाखा कार्यालयहरु यथाशक्य छिटो यस नगरपालिकामा सञ्चालन गर्ने । बाणगंगा न.पा. वार्ड नं ३ भक्तौली मा कार्यालय सहितको कर्वडहल निर्माण गर्ने । बुद्घ रंगशालालाई क्षेत्रिय स्तरको रंगशाला निर्माण गर्ने । बाणगंगा नगरपालिका भित्रका कृषक हरुलाई आत्मनिर्भरताका लागि यस क्षेत्रमा उत्पादन हुने धान, गहुँ तथा अन्य खाद्यन्न बालिको भण्डारणका लागि आवश्यक क्षमता सहितको गोदाम घरको व्यवस्था र उत्पादित सब्जी चिस्यान केन्द्रको स्थापना वार्ड नं ३ मा र वडा नं ११ मा उक्त केन्द्रलाई नगरपालिकाको खरिद मातहतमा सञ्चालन गरी नगरबासी लाई सहुलियत दरमा विक्री वितरणको व्यवस्था मिलाउने ।

नगरले हाम्रा सम्पदा हाम्रा पहिचान सम्पदाको विकास हाम्रो अभियान भन्ने मूल मन्त्रलाई महसुस गर्दै मधुवन धाम, कपिलधाम नन्दग्राम, श्रृङ्गी आश्रम, लक्ष्मणघाट, रामदतिवन लगायतका क्षेत्रका संरक्षण सम्वर्दन तथा धार्मिक पर्यटन क्षेत्रको रुपमा विकास गर्नका लागि पर्यटकिय कोरिडरको निर्माण गर्ने । दलित, जनजाति,आदिवासी,मधेसी र मुस्लिमको विकास समता मुलक समाज निर्माणको निकास भन्ने हाम्रो अभियानलाई सार्थक बनाउदै अगाडी बढ्दै बाणगंगा नगरपालिकाको वार्ड नं ३ राजापानीमा आदिवासी जनजाती संस्कृती संरक्षण सङ्ग्रालयको स्थापना गर्नुका साथै प्रत्येक वडा कार्यालय र नगरपालिकामा दलित, जनजाती,आदिवासी, मधेसी र मुस्लिमका संस्कृती झल्किने थ्री. डि. वाल पेपरले सजावट गर्ने ।

दिगो विकासको आधार भरपर्दो पूर्वाधार भन्ने बिषयलाई मनन गर्दै बाणगंगा पूलको पूर्व पट्टी पूर्व पश्चिम राजमार्गको दक्षिण पट्टी एउटा व्यवस्थित बस पार्कको निर्माण गर्ने र त्यहि देखि सुरु गरी बोडगाऊ, मोर्मी, भलवाड, कैलीबनगाई, लक्ष्मणघाट, कोपवा ओदारी, पटना, पिपरा, नन्दनगर हुँदै बाणगंगा नदीको तटै तट बस पार्क निर्माण स्थल सम्मको चक्रपथ निर्माण गर्ने । बाणगंगा नगरपालिका वार्ड नं १० पटना क्षेत्रलाई कृषि व्यवसाय प्रर्वदन क्षेत्रको रुपमा विकास गर्नका लागि माछा पालन सहित अर्गानिक कृषि क्षेत्रको रुपमा विकास गर्ने ।

बाणगंगा नगरपालिका वार्ड नं १ उतम नगर छापेढुङ्गामा अवस्थित खेल मैदानको स्तरउन्नती गर्ने । बाणगंगा नगर पालिका वार्ड नं २ मा अवस्थित कप्टैया खेल मैदानको स्तरोउन्नती गर्नुका साथे त्यसै क्षेत्रमा पर्ने १० विघा बराबरको खेती योग्य भूमी सिंचाईबाट बन्चित देखिएकोले सिंचाईको लागि योजना बनाई अगाडि बढ्ने । सिद्घार्थ नगर बजार विकास समितिको जिर्ण अवस्थामा रहेको भवनलाई ब्यवस्थित कार्यालय सहितको भवनको रुपमा निर्माण गर्ने । नगर भित्रका किसानहरुको दुर्घटना न्यूनिकरण, खेतिपातीको संरक्षण र गौं संरक्षण लाई महत्व दिदै यस पहिला नै मधुवन धामलाई व्यवस्थित गर्दै गौशाला निर्माणका लागि बजेट निकासा भएकोले त्यसलाई थप व्यवस्थित गर्दै राष्ट्रिय स्तरकै नमुना गौशालाको रुपमा निर्माण गर्ने । नगरका गौरबका योजना हरुलाई पूर्ण रुपमा सम्पन्न गर्न बाणगंगा नगर पालिकाको लागि थुप्रै खाली जग्गा आवश्यक पर्ने भएको हुदाँ नगर पालिका क्षेत्र भित्रका अव्यवस्थित खालि जग्गालाई अध्ययन अनुगमन गरी नगरपालिकाको मातहतमा दर्ता गराउन पहल गर्ने ।
दलित, अव्यवस्थित र भुमिहिन सुकुम्बबासलिाई संरक्षण दिन जग्गा धनि लालपूर्जा यथाशक्य छिटो वितरण गर्ने । सम्पूर्ण वडा लाई र मुख्य बजारलाई समेटने गरी रिङ्गरोड (चक्रपथ) को निर्माण गर्ने र प्रत्येक वडामा पार्क र खेलकुद मैलानको निर्माण गर्ने । बाणगंगा नगरको मूख्य ब्यापारिक केन्द्र ४ नं बजारलाई पार्किङ सहितको स्मार्ट सिटीका रुपमा विकसित गर्नुपर्ने ।सरकारी एवमं सामुदायिक बिधालयको स्तरोन्नती संगै बाणगंगा नगर भरिका मुख्य चोकमा जान राजमार्ग बाट सोलार लाइटको जडान र ब्यवस्थित र सुरक्षित सहरका लागि नगरप्रहरीको स्थापना गर्ने । मुख्य बजारमा सिसि टिभी जडान संगै राष्ट्रिय (क्षेत्रगत) तहको विमानस्थल निर्माण गर्नुपर्ने ।

ज्ञापन पत्र बुझ्दै बाणगंगा नगरका मेयर मंगल प्रसाद थारुले नेपाली कांग्रेस बाणगंगा नगर समितिका सुझाहरु पूरा गर्न आफू लागि पर्ने बताउनुभयो । उपमेयर चक्रपाणी अर्यालले सुझावहरु राम्रा र ग्रहण योग्य भएको प्रतिक्रिया दिनुभयो ।

ज्ञापन पत्र बुझाउने कार्यक्रममा कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरे, नेपाली कांग्रसका नेता एवम् समाजसेवी विष्णु प्रसाद न्यौपाने, टेक बहादुर शाही, दुर्गा सेन, नेपाल तरुण दल कपिलवस्तुका अध्यक्ष शक्ति सिंह ठकुरी, तरुण दलका तिलक थापा, नेविसंघका नेता चन्द्रकान्त पोख्रेल, बुद्धिबहादुर रोकाहा (दिनेश), नेपाल पत्रकार महासंघ कपिलवस्तुका कार्यसमिति सदस्य कृष्ण प्रसाद पौडेल, प्रेस युनियनका कोषाध्यक्ष गुरुदेव पौडेल, हर्ट विट एफ्.एम.का स्टेशन म्यानेजर हरि घिमिरे लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

निर्माण दिवसका अवसरमा अग्रज निर्माण व्यवसायी सम्मान

निर्माण दिवसका अवसरमा अग्रज निर्माण व्यवसायी सम्मान

कपिलवस्तु क्षेत्र नं. १ बाट प्रत्यक्ष तर्फ युवा नेता शर्मा, ठकुरी र नेपालकाे नाम सिफारिस

कपिलवस्तु क्षेत्र नं. १ बाट प्रत्यक्ष तर्फ युवा नेता शर्मा, ठकुरी र नेपालकाे नाम सिफारिस

लुम्बिनीमा १ हजार २ सय ५१ जना मोतियाबिन्दु रोगीहरुले शल्यक्रिया

लुम्बिनीमा १ हजार २ सय ५१ जना मोतियाबिन्दु रोगीहरुले शल्यक्रिया

बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासूको मृत्यु, ससुरा गम्भीर

बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासूको मृत्यु, ससुरा गम्भीर

दुई जिल्ला जोड्ने मोटरेबल पुल एक दशकदेखि जीर्ण

दुई जिल्ला जोड्ने मोटरेबल पुल एक दशकदेखि जीर्ण

एनपिएलः आज खेल नहुने

एनपिएलः आज खेल नहुने

भर्खरै प्रकाशित

निर्माण दिवसका अवसरमा अग्रज निर्माण व्यवसायी सम्मान

निर्माण दिवसका अवसरमा अग्रज निर्माण व्यवसायी सम्मान

कपिलवस्तु क्षेत्र नं. १ बाट प्रत्यक्ष तर्फ युवा नेता शर्मा, ठकुरी र नेपालकाे नाम सिफारिस

कपिलवस्तु क्षेत्र नं. १ बाट प्रत्यक्ष तर्फ युवा नेता शर्मा, ठकुरी र नेपालकाे नाम सिफारिस

लुम्बिनीमा १ हजार २ सय ५१ जना मोतियाबिन्दु रोगीहरुले शल्यक्रिया

लुम्बिनीमा १ हजार २ सय ५१ जना मोतियाबिन्दु रोगीहरुले शल्यक्रिया

बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासूको मृत्यु, ससुरा गम्भीर

बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासूको मृत्यु, ससुरा गम्भीर

दुई जिल्ला जोड्ने मोटरेबल पुल एक दशकदेखि जीर्ण

दुई जिल्ला जोड्ने मोटरेबल पुल एक दशकदेखि जीर्ण

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज