कपिलवस्तु । बुद्धभूमि नगरपालिकाले यही असार ६ गते नीति तथा कार्यक्रम ल्याउने भएको छ ।
आर्थिक वर्ष ०७८/७९ को लागि नीति तथा कार्यक्रम पारित भएसंगै बुद्धभूमि नगरपालिकाले बजेट ल्याउने तयारी गरेको छ ।
नगरपालिले ९औं नगर सभा मार्फत नीति तथा कार्यक्रम पेश गर्ने तयारीमा रहेको नगरपालकाका प्रमुख प्रशासकिय अधिकृत अनिल पौडेलले जानकारी गराउनु भयो ।
आर्थिक वर्ष ०७८/७९ मा कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रलाई जोड दिइने बताईएको छ ।