नारद कोहार
कपिलबस्तु, असार ५
कपिलबस्तुमा कालोबजारी र कृत्रिम अभाव नियन्त्रणका लागि बजार अनुगमन गरिएको छ । चन्द्रौटा बजार क्षेत्रमा रहेका एग्रोभेट, औषधी, फलफूल, तरकारी र किराना पसल अनुगमन गरेको हो । घरेलु तथा साना उद्योग कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय कपिलवस्तुको आयोजनामा भएको अनुगमनले कालोबजारी नियन्त्रण गर्न सहयोग पुग्ने विश्वास रहेको छ ।
निशेषाज्ञाको समयमा कतिपय पसलहरुले कालोबजारी गरेको भन्ने गुनासाहरु आउने गरेकोले उक्त कार्यलाई रोक्न अनुगमन गरिएको घरेलु तथा साना उद्योग कार्यालय कपिलवस्तुका प्रमुख कालिदास बस्यालले बताए । यस अघि गरिएको अनुगमनका क्रममा दिइएको निर्देशनलाई कार्यन्वयन गरे गरेनन भन्ने विषयमा पनि सोधपुछ गरिएको उनले बताए ।
नागरिकहरुको स्वास्थ्यलाई ख्याल गर्दै व्यवासायिहरुले गुणस्तरी खाद्य बस्तुहरु बिक्रि गर्नको लागि सुझाव दिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख शिव शंकर मिश्रले बताए ।
अनुगमन गरिएका पसलहरुमा मुल्य सुचि नभएको, सरसफाईमा कमि लगायतका कमिकमजोरी भेटिएका छन । बजार अनुगमनको क्रममा जिल्ला प्रशासन, प्रहरी, नगरपालिकाका प्रतिनिधि, पत्रकार लगायतको सहभागिता रहेको थियो ।