काठमाडौँ। नेपाली बजारमा केहीदिन यता सुनचाँदीको मूल्य निरन्तर घटिरहेको छ ।
शुक्रबार प्रतितोला ९० हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुन आइतबार प्रतितोलामा ८ सय रुपैँयाले घटेर ९० हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुनको मूल्य बिहिबार र शुक्रबार क्रमश: १ हजार १ सय रुपैयाँ र एक हजार २ सय रुपैंयाँले घटेको थियो । यस्तै तेजावी सुनको मूल्य तोलाको ८९ हजार ५५० रुपैयाँ रहेको छ ।
यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ । आइतबार चाँदी प्रतितोलामा १५ रुपैयाँले घटेर एक हजार २ सय ९० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।