Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

पहिलो एन्टिभाइरस निर्माता स्पेनको जेलमा मृत फेला

Author Avatar साझा न्यूज 24th June 2021 , 11:48 AM
पहिलो एन्टिभाइरस निर्माता स्पेनको जेलमा मृत फेला

काठमाडौं । एन्टिभाइरस सफ्टवेयर व्यवसायी जोन म्याकाफी बार्सिलोनाको एक जेलमा मृत फेला परेका छन् । स्पेनको अदालतले उनलाई कर छलीको मुद्दामा अमेरिका सुपुर्दगी गर्न स्वीकृति दिएको केही घण्टापछि उनी मृत फेला परेको बीबीसीले जनाएको छ ।

क्याटालान न्याय विभागले जेलका स्वास्थ्यकर्मीले उनलाई बचाउन प्रयास गरे पनि असफल भएको जनाएको छ । एक विज्ञप्तिमा विभागले ुसबै कुरालेु म्याकाफीले आत्महत्या गरेको सङ्केत दिएको बताएको छ ।

बीबीसीका अनुसार प्रविधि उद्योगमा विवादास्पद छवि बनाएका म्याकाफीको कम्पनीले विश्वको पहिलो एन्टिभाइरस सफ्टवेयर बजारमा ल्याएको थियो । म्याकाफी भाइरसस्क्यानले करोडौँ डलरको उद्योग स्थापना गर्न अग्रणी भूमिका खेल्यो। पछि सो सफ्टवेयर कम्पनी ७६ करोड डलरमा इन्टेलले किनेको थियो ।

सन् २०२० को अक्टोबरमा स्पेनबाट टर्की जाने विमान चढ्ने क्रममा म्याकाफीलाई पक्राउ गरिएको थियो। उनीमाथि लाखौँ डलर कमाए पनि चार वर्षदेखि आयकर नतिरेको आरोप लगाइएको थियो।

अमेरिकी न्याय मन्त्रालयले उनीमाथि साथीभाइ र अन्यको नाममा रहेको ब्याङ्क खाता र क्रिप्टोकरेन्सीमा आम्दानी राखेर कर जिम्मेवारी छलेको आरोप लगाएको थियो ।

समाचार अनुसार विलासी डुङ्गा र जग्गाजमिन पनि अरूको नाममा राखेर लुकाएको आरोप उनीमाथि थियो । स्पेनको राष्ट्रिय अदालतले बुधवार बिहान उनलाई अमेरिकालाई सुपुर्दगी गर्न स्वीकृति दिएको थियो ।

हालैका वर्षमा म्याकाफीले आफूलाई राजनीतिक कारणले पक्राउ गर्ने प्रयास गरिएको दाबी गरे पनि अदालतले यस्तो कुनै प्रमाण नरहेको बताएको स्पेनको पत्रिकाले जनाएको छ।

उनले सन् २०१६ र सन् २०२० मा लिबेटारीयन पार्टीबाट अमेरिकी राष्ट्रपतिको उम्मेदवार बन्ने असफल प्रयास गरेका थिए ।

इङ्गल्यान्डमा जन्मिएका म्याकाफी सन् १९८० को दशकमा एन्टिभाइरस निर्माण गरेर चर्चामा आएका थिए। कम्प्युटर सुरक्षामा अग्रणी भए पनि उनले एक पटक बीबीसीलाई आफूले कहिल्यै कुनै पनि एन्टिभाइरस प्रयोग नगरेको बताएका थिए ।

सन् २०१३ मा उनले आफू भाइरस सार्न सक्ने साइटमा नजाने गरेको बताएका थिए । ‘उदाहरणको लागि म पोर्न साइटमा जान्न’, उनले भनेका थिए ।

सन् २०१९ मा म्याकाफीले आफूले आठ वर्षदेखि कर नतिरेको बताउँदै कर गैरकानुनी भएको ट्वीट गरेका थिए । सोही वर्ष उनलाई डोमिनिकन गणतन्त्रमा गैरकानुनी रूपमा हतियार भित्र्याउन खोजेको आरोपमा केही समयमा लागि गिरफ्तार गरिएको थियो । बीबीसी

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

बाढीपीडितको पीडामा जापानबाट टीका श्रेष्ठको साथ, प्रधानमन्त्री राहत कोषमा २१ लाख सहयोग

बाढीपीडितको पीडामा जापानबाट टीका श्रेष्ठको साथ, प्रधानमन्त्री राहत कोषमा २१ लाख सहयोग

भारतले दोस्रो लटको राहत सामग्री पठायो

भारतले दोस्रो लटको राहत सामग्री पठायो

जापान : विदेशी नागरिकको आवासीय अनुमति नवीकरण शुल्कमा भारी वृद्धि

जापान : विदेशी नागरिकको आवासीय अनुमति नवीकरण शुल्कमा भारी वृद्धि

भारतमा मुख्य धारका सञ्चार माध्यमप्रति अविश्वास बढ्दो

भारतमा मुख्य धारका सञ्चार माध्यमप्रति अविश्वास बढ्दो

डुंगा आक्रमणमा दुई जनाको मृत्यु

डुंगा आक्रमणमा दुई जनाको मृत्यु

रौतहटमा गोली चलाएको आरोपमा १६ जना पक्राउ

टेक्सासमा भएको गोली हानाहानमा, दुईजनाको मृत्यु

भर्खरै प्रकाशित

धार्मिक अनुष्ठानबाट सङ्कलित रकम राहत कोषमा

धार्मिक अनुष्ठानबाट सङ्कलित रकम राहत कोषमा

नवलपरासीमा १ करोड १४ लाखको अवैध मोबाइल सामग्रीसहित पिकअप नियन्त्रणमा

नवलपरासीमा १ करोड १४ लाखको अवैध मोबाइल सामग्रीसहित पिकअप नियन्त्रणमा

फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज