Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

पहिलो एन्टिभाइरस निर्माता स्पेनको जेलमा मृत फेला


पहिलो एन्टिभाइरस निर्माता स्पेनको जेलमा मृत फेला

काठमाडौं । एन्टिभाइरस सफ्टवेयर व्यवसायी जोन म्याकाफी बार्सिलोनाको एक जेलमा मृत फेला परेका छन् । स्पेनको अदालतले उनलाई कर छलीको मुद्दामा अमेरिका सुपुर्दगी गर्न स्वीकृति दिएको केही घण्टापछि उनी मृत फेला परेको बीबीसीले जनाएको छ ।

क्याटालान न्याय विभागले जेलका स्वास्थ्यकर्मीले उनलाई बचाउन प्रयास गरे पनि असफल भएको जनाएको छ । एक विज्ञप्तिमा विभागले ुसबै कुरालेु म्याकाफीले आत्महत्या गरेको सङ्केत दिएको बताएको छ ।

बीबीसीका अनुसार प्रविधि उद्योगमा विवादास्पद छवि बनाएका म्याकाफीको कम्पनीले विश्वको पहिलो एन्टिभाइरस सफ्टवेयर बजारमा ल्याएको थियो । म्याकाफी भाइरसस्क्यानले करोडौँ डलरको उद्योग स्थापना गर्न अग्रणी भूमिका खेल्यो। पछि सो सफ्टवेयर कम्पनी ७६ करोड डलरमा इन्टेलले किनेको थियो ।

सन् २०२० को अक्टोबरमा स्पेनबाट टर्की जाने विमान चढ्ने क्रममा म्याकाफीलाई पक्राउ गरिएको थियो। उनीमाथि लाखौँ डलर कमाए पनि चार वर्षदेखि आयकर नतिरेको आरोप लगाइएको थियो।

अमेरिकी न्याय मन्त्रालयले उनीमाथि साथीभाइ र अन्यको नाममा रहेको ब्याङ्क खाता र क्रिप्टोकरेन्सीमा आम्दानी राखेर कर जिम्मेवारी छलेको आरोप लगाएको थियो ।

समाचार अनुसार विलासी डुङ्गा र जग्गाजमिन पनि अरूको नाममा राखेर लुकाएको आरोप उनीमाथि थियो । स्पेनको राष्ट्रिय अदालतले बुधवार बिहान उनलाई अमेरिकालाई सुपुर्दगी गर्न स्वीकृति दिएको थियो ।

हालैका वर्षमा म्याकाफीले आफूलाई राजनीतिक कारणले पक्राउ गर्ने प्रयास गरिएको दाबी गरे पनि अदालतले यस्तो कुनै प्रमाण नरहेको बताएको स्पेनको पत्रिकाले जनाएको छ।

उनले सन् २०१६ र सन् २०२० मा लिबेटारीयन पार्टीबाट अमेरिकी राष्ट्रपतिको उम्मेदवार बन्ने असफल प्रयास गरेका थिए ।

इङ्गल्यान्डमा जन्मिएका म्याकाफी सन् १९८० को दशकमा एन्टिभाइरस निर्माण गरेर चर्चामा आएका थिए। कम्प्युटर सुरक्षामा अग्रणी भए पनि उनले एक पटक बीबीसीलाई आफूले कहिल्यै कुनै पनि एन्टिभाइरस प्रयोग नगरेको बताएका थिए ।

सन् २०१३ मा उनले आफू भाइरस सार्न सक्ने साइटमा नजाने गरेको बताएका थिए । ‘उदाहरणको लागि म पोर्न साइटमा जान्न’, उनले भनेका थिए ।

सन् २०१९ मा म्याकाफीले आफूले आठ वर्षदेखि कर नतिरेको बताउँदै कर गैरकानुनी भएको ट्वीट गरेका थिए । सोही वर्ष उनलाई डोमिनिकन गणतन्त्रमा गैरकानुनी रूपमा हतियार भित्र्याउन खोजेको आरोपमा केही समयमा लागि गिरफ्तार गरिएको थियो । बीबीसी

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

पाकिस्तानमा सेना र न्यायपालिकाको उपहास गर्नेलाई पाँच वर्ष जेल सजाय

पाकिस्तानमा सेना र न्यायपालिकाको उपहास गर्नेलाई पाँच वर्ष जेल सजाय

हङकङ र मकाउबाट चीन आउजाउ पूर्णरूपमा खुला

हङकङ र मकाउबाट चीन आउजाउ पूर्णरूपमा खुला

‘पाकिस्तानले आईएमएफको कडा शर्तमा ‘सहमति’ जनाउनुपर्ने बाध्यता’

‘पाकिस्तानले आईएमएफको कडा शर्तमा ‘सहमति’ जनाउनुपर्ने बाध्यता’

उत्तर प्रदेशका मुख्यमन्त्री योगीसँग भेटवार्ता

उत्तर प्रदेशका मुख्यमन्त्री योगीसँग भेटवार्ता

विश्वकपको समयमा कतारको हाया कार्ड लिएकाहरू अर्को वर्षको माघसम्म निःशुल्क कतार आउजाउ गर्न पाउने

विश्वकपको समयमा कतारको हाया कार्ड लिएकाहरू अर्को वर्षको माघसम्म निःशुल्क कतार आउजाउ गर्न पाउने

मोदी बिरुद्धको बिबिसी डकुमेन्ट्री भारत सरकारद्वारा प्रतिबन्धित

मोदी बिरुद्धको बिबिसी डकुमेन्ट्री भारत सरकारद्वारा प्रतिबन्धित

भर्खरै प्रकाशित

लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्य उपनिर्वाचनअन्तर्गतको  मतदान‍ कार्य जारी

लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्य उपनिर्वाचनअन्तर्गतको मतदान‍ कार्य जारी

हिंसात्मक बाटोमा विप्लव, आपराधिक समूहविरुद्ध आक्रामक हुने प्रहरीको भनाई

विप्लव नेतृत्वको पार्टीले आज विशेष पत्रकार सम्मेलन गर्दै

सञ्चार क्षेत्रप्रतिको चर्को आक्रोशले मानसिक स्तर स्पष्ट !

सञ्चार क्षेत्रप्रतिको चर्को आक्रोशले मानसिक स्तर स्पष्ट !

मन्त्रिपरिषदको बैठक अपराह्न ४ बजे बस्दै

मन्त्रिपरिषदको बैठक अपराह्न ४ बजे बस्दै

भैरहवामा राेकिएको ट्रकमा कार र बस ठोक्किए, एकको मृत्यु

भैरहवामा राेकिएको ट्रकमा कार र बस ठोक्किए, एकको मृत्यु

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि