काठमाडौं । विभिन्न जातको जनावरहरुको आवाज निकालेर भाइरल भएकी सन्तोषी सुब्बाको हत्या गर्ने आरोपी पक्राउ परेका छन् ।
महानगरीय अपराध महाशाखाले पत्रकार सम्मेलन गरेर बिहीबार अभियुक्त तिमल्सिनालाई सार्वजनिक गरेको हो । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी १४ घर भइ दक्षिणकाली नगरपालिका ७ बस्ने २९ वर्षीय सुरेशले सन्तोषीको हत्या गरेको खुलेपछि असनबाट प्रहरीले पक्राउ गरिएको थियो ।
असार ६ गते दक्षिणकाली पुगेकी सन्तोषीले सुरेश तिमल्सिनासँग खाने र बासको समस्या भएको बताएपश्चात अभियुक्तले खाना र सुत्ने व्यवस्था मिलाइदिन्छु भन्दै दक्षिणकाली मन्दिरनजिकै जंगलमा पुर्याएका थिए । पिकनिक स्थलमा रहेको सार्वजनिक शौचालय नजिक उनको शव फेला परेको थियो ।