Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

नबौं नगरसभाबाट कपिलबस्तु नगरपालिकाको निति तथा कार्यक्रम पारित

Author Avatar साझा न्यूज 24th June 2021 , 7:13 PM
नबौं नगरसभाबाट कपिलबस्तु नगरपालिकाको निति तथा कार्यक्रम पारित

नारद कोहार, कपिलबस्तु

जिल्लाको कपिलबस्तु नगरपालिकाले नवौ नगरसभाबाट आर्थिक वर्ष २०७८÷०७९ को नीति तथा कार्यक्रम पारित गरेको छ । कपिलबस्तु नगरपालिकाको सभाहलमा आयोजित नवौं नगरसभाबाट सर्बसम्मत रुपमा नीति तथा कार्यक्रम पारित गरेको हो ।

नगर प्रमुख किरण सिंहले सामाजिक, आर्थिक, सास्कृतिक रूपान्तरणको संवाहकका रूपमा शैक्षिक प्रणालीलाई सुधार गर्नका लागि सबै तहको शिक्षामा समता मूलक पहुँचको सुनिश्चितता, गुणस्तरमा सुधार, अब्बल व्यवस्थापकीय क्षमताको विकास गरिने बताए ।

सामुदायिक एवं संस्थागत विद्यालय बीचको विसमताको अन्त्य, विद्यालयहरूका बीचको असल अभ्यासहरूको आदान प्रदान गरी प्रयास गरे परिवर्तन सम्भव छ भन्ने मान्यता स्थापितका लागि शैक्षिक प्रणालीलाई जिम्मेवार, जवाफदेही, पारदर्शी, नतिजामुखी र उत्तरदायी बनाउदै नगरपालिकालाई शैक्षिक क्षेत्रको हबको रुपमा विकास प्रमुख सिंहले बताए ।

जमुवार देखि भिक्षु चौक सम्म सडक सुन्दरीकरणको लागि सडक बत्ती जडान तथा व्यवस्थापन, भुमिहिन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको लागत संकलनको आधारमा सोको विपरित नापजाँच गरी जग्गा धनी प्रमाण पुर्जा वितरण गर्ने प्रक्रिया अगाडी बढाइने प्रमुख सिंहले बताए ।
उनले चालुआ.व. २०७७।०७८ र अगामी आ.व. २०७८।०७९ को लागि कायम गरिएको व्यवसाय करमा कोविड १९ का कारण व्यवसायहरुमा परेको प्रभावलाईमध्यनजर गरी व्यवसाय करमा २० प्रतिशत छुट दिइने बताए ।

यस्तै पुर्वधार विकास, आर्थिक विकास, पशु विकास, कृषि विकास, उद्योग तथा वणिज्य, पर्यटन तथा संस्कृति प्रर्वद्धन्, श्रम तथा रोजगार, वन वातावरण तथा विपद् व्यवस्थापन, विपद् व्यवस्थापन निति, फोहर मैला व्यवस्थापन, सुशासन तथा संस्थागत विकास, सूचना तथा संचार प्रविधि र सामाजिक सुरक्षा तथा पञ्जिकरण निति परित गरिएको प्रमुख सिंहले बताए ।
सो अवसरमा बोल्दै नगर उप प्रमुख लक्ष्मी गुप्ताले नगरपालिकाको प्रत्येक वडामा मेलमिलाप केन्द्र स्थापना गरी स्थानिय रुपमै समस्याको समाधान गरिने बताईन् । नगरले आउने आ.व २०७८।७९ मा गर्भवति महिलाहरुलाई निशुल्क ऐम्बुलेन्स सेवा प्रदान गरिने उप प्रमुख गुप्ताले बताईन् ।

कार्यक्रममा कपिलबस्तु नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शेषकान्त पौडेल, वडा नं. १ का वडाध्यक्ष सुदिप पौडेल, २ नं. वडाध्यक्ष रामभजन कलवार, ३ नं. का वडाध्यक्ष रुद्रबहादुर गैरे, ४ नं. का वडाध्यक्ष रविन्द्र प्रताप तिवारी, ५ नं. का वडाध्यक्ष दिरेप चौधरी, ६ नं. का वडाध्यक्ष राम दिनेश यादव, ७ नं. का वडाध्यक्ष धर्मात्मा मणि त्रिपाठी, ८ नं. का वडाध्यक्ष शिव कुमार पाण्डेय, ९ नं. का वडाध्यक्ष शिव वाग्ले, १० नं. का वडाध्यक्ष मोहन शर्मा, ११ नं. का वडाध्यक्ष राम गोपाल यादव र १२ नं. का वडाध्यक्ष ओम प्रकाश पाण्डेय, शिक्षा सल्लाहकार कनक मान श्रेष्ठ, सुरेन्द्रराज लम्साल लगायतको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलबस्तु महोत्सवमा भोली प्रिति पासवान आउदै

कपिलबस्तु महोत्सवमा भोली प्रिति पासवान आउदै

मातृ तथा बाल मृत्युदर न्यूनीकरण कार्यक्रम सञ्चालन मार्गदर्शन सम्बन्धी अभिमुखीकरण

मातृ तथा बाल मृत्युदर न्यूनीकरण कार्यक्रम सञ्चालन मार्गदर्शन सम्बन्धी अभिमुखीकरण

नेता खड्कामाथिको स्पष्टीकरण फिर्ता लिने तयारी

नेता खड्कामाथिको स्पष्टीकरण फिर्ता लिने तयारी

८ हजार लालपुर्जाविहीन  बढीले पाए लालपुर्जा

८ हजार लालपुर्जाविहीन बढीले पाए लालपुर्जा

एघार फिट लामो राजगोमनको उद्धार

एघार फिट लामो राजगोमनको उद्धार

आर्थिक गणना सफल बनाउन सबैको सहभागिता आवश्यक

आर्थिक गणना सफल बनाउन सबैको सहभागिता आवश्यक

भर्खरै प्रकाशित

कपिलबस्तु महोत्सवमा भोली प्रिति पासवान आउदै

कपिलबस्तु महोत्सवमा भोली प्रिति पासवान आउदै

मातृ तथा बाल मृत्युदर न्यूनीकरण कार्यक्रम सञ्चालन मार्गदर्शन सम्बन्धी अभिमुखीकरण

मातृ तथा बाल मृत्युदर न्यूनीकरण कार्यक्रम सञ्चालन मार्गदर्शन सम्बन्धी अभिमुखीकरण

नेता खड्कामाथिको स्पष्टीकरण फिर्ता लिने तयारी

नेता खड्कामाथिको स्पष्टीकरण फिर्ता लिने तयारी

८ हजार लालपुर्जाविहीन  बढीले पाए लालपुर्जा

८ हजार लालपुर्जाविहीन बढीले पाए लालपुर्जा

एघार फिट लामो राजगोमनको उद्धार

एघार फिट लामो राजगोमनको उद्धार

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज