Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

उपयोगी गुर्जो

Author Avatar साझा न्यूज 25th June 2021 , 12:38 PM
उपयोगी गुर्जो

काठमाडौं – निःशुल्क गुर्जोका बिरुवा र धुलो एवं चिया वितरण गर्दै आएका अभियानकर्मी कमलबहादुर राजलवटले गुर्जोको नियमित सेवनले रोग प्रतिरोधी क्षमता बढाउने बताए ।

गुर्जोले शरीरका टक्सिनलाई बाहिर निकाल्छ । गुर्जोको चिया र धुलो सेवन गर्नाले पाइल्स, आँखा, छालाको समस्या समाधान हुने गरेको छ । गुर्जो वात, पित्त, कफ त्रिदोष नाशक छ । प्राचीन कालदेखि नै औषधिका रूपमा उपयोग गरिँदै आएको गुर्जोले पाचनतन्त्र बलियो बनाउँछ । गुर्जोले बच्चा र वृद्धलाई जवान बनाउने एवं जवानलाई पहलमान बनाउने अभियानकर्मी राजलवट बताए ।

healthfoundationnepa पाँच वर्षमुनिका बालबालिका र गर्भवती महिलाले भने गुर्जोका परिकार सेवन गर्नुहुँदैन । गुर्जोको बिरुवा रोपेको एक वर्षपछि परिपक्व बन्छ । एक वर्षमा गुर्जोको बिरुवामा सबै गुण आउँछ । विसं २०७६ चैतमा कोरोनाबाट बच्न बन्दाबन्दी गरिएदेखि यसबाट बनेको औषधि र बिरुवा निःशुल्क वितरण गर्दै आएका अभियानकर्मी राजलवटले त्यो अभियानलाई यस वर्ष पनि निरन्तरता दिएका छन् ।

गत वर्ष एक लाख ४० हजार गुर्जोका बिरुवा रोपणका लागि निःशुल्क वितरण गरिएको उनले बताए । कार्यक्रममा पूर्व मुख्यसचिव एवं प्रमुख अभियानकर्मी लीलामणि पौडेलले सफाइ महाअभियान आठौँ वर्ष पूरा गरी नवौँ वर्ष प्रवेश गरेको अवसरमा सात हप्ताअघिदेखि हामी साथ छौँ अभियानसँग मिलेर कोरोनाबाट बच्न आवश्यक जानकारी दिन प्रवचन कार्यक्रम आयोजना गरिएको बताए ।

विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको सफाइ महाअभियानले ५० औँ हप्ताका अवसरमा २०७१ वैशाख १ गते गुह्येश्वरीभन्दामाथिको वाग्मतीमा ढल मुक्त गरेर गुह्येश्वरीमा स्नान गरेकामा हाल पुनः प्रदूषित बनेको छ । नेपालमा अङ्ग दान गर्ने परम्परा विकास हुन नसकेको उल्लेख गर्दै पूर्व मुख्यसचिव पौडेलले आफूले देशमै पहिलोपटक छाला दान गरेको बताए ।

आगोबाट जलेकाका लागि छाला आवश्यक पर्ने गर्छ । आफू मुख्यसचिव भएकै बेला ‘ब्रेन डेथ क्राइटेरिया’को कानूनी व्यवस्था गरेको उनले सुनाए । ब्रेन डेथ भएकाको छाला, मिर्गौला र कलेजो दान गर्न सकिने व्यवस्था छ । विकसित मुलुकमा ७५ प्रतिशत अङ्ग दानबाट पाइने गरेको छ ।

नेपालमा पनि अङ्गदान सबैभन्दा ठूलो दान हो भन्ने मान्यतालाई स्थापित गर्न अभियान चलाइनुपर्नेमा जोड दिइएको छ । अभियानकर्मी डा माला खरेलले महाअभियान र हामी साथमा छौँ अभियानको आयोजनामा साप्ताहिकरूपमा भइरहेको प्रवचनले धेरैलाई स्वस्थ जीवनयापनको सूत्र दिने भएकाले यसलाई निरन्तरता दिने बताए ।

अभियानकर्मी राजकुमार भट्टराईले वाग्मतीबाट हालसम्म २० हजार टन फोहर व्यवस्थापन गरिएको बताए। सफाइ महाअभियानमा १२ लाख स्वयंसेवीले सफाइमा साथ दिएका छन् । महाअभियानबाट प्रभावित भएर उपत्यकामा वाग्मती, सहायक नदी, चक्रपथ, सम्पदा स्थलसहित २० स्थान र उपत्यका बाहिरका मुख्य नदी, शहर र सांस्कृतिक सम्पदामा सफाइ भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

दोस्रो मिस्टर कपिलवस्तु बने तौलिहवाका सुरेन्द्र बर्मा

दोस्रो मिस्टर कपिलवस्तु बने तौलिहवाका सुरेन्द्र बर्मा

यशोधरामा जनस्वास्थ्य अधिकृतको दरबन्दी व्यवस्थापनको माग गर्दै ज्ञापन

यशोधरामा जनस्वास्थ्य अधिकृतको दरबन्दी व्यवस्थापनको माग गर्दै ज्ञापन

पूर्वमन्त्री दिपक खड्का पक्राउ

पूर्वमन्त्री दिपक खड्का पक्राउ

विद्यार्थीहरुलाई शैक्षिक सामग्री 

विद्यार्थीहरुलाई शैक्षिक सामग्री 

तत्काल पानी नपर्ने : न्यूनतम र अधिकतम तापक्रम बढ्दै

तराई भू–भागका केही स्थानमा मध्याह्नसम्म हुस्सु, हिमाली भागमा बादल लाग्ने

दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अनुमति

दुर्गा प्रसाईँ पोखरामा पक्राउ, काठमाडौं लगिदै

भर्खरै प्रकाशित

कपिलबस्तु महोत्सवमा भोली प्रिति पासवान आउदै

कपिलबस्तु महोत्सवमा भोली प्रिति पासवान आउदै

मातृ तथा बाल मृत्युदर न्यूनीकरण कार्यक्रम सञ्चालन मार्गदर्शन सम्बन्धी अभिमुखीकरण

मातृ तथा बाल मृत्युदर न्यूनीकरण कार्यक्रम सञ्चालन मार्गदर्शन सम्बन्धी अभिमुखीकरण

नेता खड्कामाथिको स्पष्टीकरण फिर्ता लिने तयारी

नेता खड्कामाथिको स्पष्टीकरण फिर्ता लिने तयारी

८ हजार लालपुर्जाविहीन  बढीले पाए लालपुर्जा

८ हजार लालपुर्जाविहीन बढीले पाए लालपुर्जा

एघार फिट लामो राजगोमनको उद्धार

एघार फिट लामो राजगोमनको उद्धार

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज