Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

यसपालि धान उत्पादन बढ्नेछ, रासायनिक मलको अभाव छैन : कृषि मन्त्रालय


यसपालि धान उत्पादन बढ्नेछ, रासायनिक मलको अभाव छैन : कृषि मन्त्रालय

काठमाण्डाै – समयमा नै पानी परेको र मल, बिउको पनि समस्या नभएकाले यसपालि धानको उत्पादन बढ्ने सरकारको दाबी छ । मौसमले साथ दिएकाले र मलको पनि अभाव नभएकाले यसपालि धानको उत्पादन बढ्ने कृषि मन्त्रालयका प्रवक्ता डाक्टर श्रीराम घिमिरेले बताउनुभएकाे छ ।

यसपालि धानको उत्पादन बढेर ६० लाख मेट्रिक टन पुग्ने दाबी गरिएको छ । पोहोर ५६ लाख मेट्रिक टन धान उत्पादन भएको थियो । बर्खाका लागि आवश्यक पर्ने रासायनिक मलको कुनै समस्या नभएकाले बाढी पहिरोले क्षति नपुुगे धान उत्पादन बढ्ने मन्त्रालयका प्रवक्ता घिमिरेले बताउनुभयो । उहाँका अनुसार बर्खाका लागि अहिले ८० हजार मेट्रिक टन रासायनिक मल मौज्दात छ । हिउँदका लागि पनि मलको अभाव हुन नदिन सरकारले भारत, बंगलादेशलगायत देशबाट मल ल्याउँदैछ ।

जीटूजीमार्फत पाँच वर्षका लागि मल खरिद गर्ने सम्झौता गर्न लागिएको छ । कृषि मन्त्रालयका प्रवक्ता श्रीराम घिमिरेका अनुसार पहिलो वर्ष एक लाख १० हजार मेट्रिक टन, दोस्रो वर्ष एक लाख २५ हजार मेट्रिक टन, तेस्रो वर्ष एक लाख ४० हजार मेट्रिक टन गर्दै पाँचौँ वर्षमा दुई लाख १५ हजार मेट्रिक टन मल खरिद गर्ने प्रस्ताव गरिएको छ तर भारतले यो मात्रामा मल दिन नसकिने भन्दै मात्रा घटाउन आग्रह गर्दै पत्र पठाएको छ ।

भारतबाट मागे जति मल नआए पनि अन्य देशबाट पनि ल्याउन पहल भइरहेको उहाँले बताउनुभयो । कृषि मन्त्रालयका सचिव डाक्टर योगेन्द्रकुमार कार्कीले मल खरिद सम्झौताका लागि अन्तिम तयारी भइरहेको र केही दिनमा टुङ्गो लाग्ने बताउनुभयो । यसअघि बङ्गलादेशसँग गरिएको जीटूजी सम्झौताअनुसार ५० हजार मेट्रिक टनमध्ये ४० हजार मेट्रिक टन नेपाल आइसकेको छ भने १० हजार मेट्रिक टन आउने क्रममा रहेको कार्कीले जानकारी दिनुभयो ।

मनसुन सुरु भएसँगै देशका केही ठाउँमा रोपाइँ सुरु भइसकेको छ । लगातार पानी पर्न थालेपछि काठमाण्डौ, ललितपुर, भक्तपुर, पोखरासहितका देशका विभिन्न ठाउँमा केही दिनदेखि रोपाइँकाे काम धमाधम भैरहेको छ ।  निषेधाज्ञाका कारण धेरैजना गाउँघरमै भएकाले पोहोर जस्तै यसपालि रोपाइँ लगायत खेतीको काम गर्न सजिलो भएको छ । यसले गर्दा यसपालि रोपाइँको क्षेत्रफल पनि बढ्ने अनुमान छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सांसद बन्न प्रहरी रिपोर्ट अनिवार्य बनाउँदै निर्वाचन आयोग

सांसद बन्न प्रहरी रिपोर्ट अनिवार्य बनाउँदै निर्वाचन आयोग

विश्व क्यान्सर दिवस : स्वदेशमै उपचार सहज

विश्व क्यान्सर दिवस : स्वदेशमै उपचार सहज

कैलालीमा आजबाट उल्लु महोत्सव सुरु

कैलालीमा आजबाट उल्लु महोत्सव सुरु

तत्काल पानी नपर्ने : न्यूनतम र अधिकतम तापक्रम बढ्दै

तत्काल पानी नपर्ने : न्यूनतम र अधिकतम तापक्रम बढ्दै

सहकारीका बचतकर्ताको रकम जोखिममा

सहकारीका बचतकर्ताको रकम जोखिममा

आज कपिलवस्तु महोत्सवमा कमला घिमिरे र सम्झना भण्डारीको प्रस्तुति रहने

आज कपिलवस्तु महोत्सवमा कमला घिमिरे र सम्झना भण्डारीको प्रस्तुति रहने

भर्खरै प्रकाशित

सांसद बन्न प्रहरी रिपोर्ट अनिवार्य बनाउँदै निर्वाचन आयोग

सांसद बन्न प्रहरी रिपोर्ट अनिवार्य बनाउँदै निर्वाचन आयोग

विश्व क्यान्सर दिवस : स्वदेशमै उपचार सहज

विश्व क्यान्सर दिवस : स्वदेशमै उपचार सहज

कैलालीमा आजबाट उल्लु महोत्सव सुरु

कैलालीमा आजबाट उल्लु महोत्सव सुरु

तत्काल पानी नपर्ने : न्यूनतम र अधिकतम तापक्रम बढ्दै

तत्काल पानी नपर्ने : न्यूनतम र अधिकतम तापक्रम बढ्दै

सहकारीका बचतकर्ताको रकम जोखिममा

सहकारीका बचतकर्ताको रकम जोखिममा

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि