Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

यसपालि धान उत्पादन बढ्नेछ, रासायनिक मलको अभाव छैन : कृषि मन्त्रालय

Author Avatar साझा न्यूज 25th June 2021 , 3:22 PM
यसपालि धान उत्पादन बढ्नेछ, रासायनिक मलको अभाव छैन : कृषि मन्त्रालय

काठमाण्डाै – समयमा नै पानी परेको र मल, बिउको पनि समस्या नभएकाले यसपालि धानको उत्पादन बढ्ने सरकारको दाबी छ । मौसमले साथ दिएकाले र मलको पनि अभाव नभएकाले यसपालि धानको उत्पादन बढ्ने कृषि मन्त्रालयका प्रवक्ता डाक्टर श्रीराम घिमिरेले बताउनुभएकाे छ ।

यसपालि धानको उत्पादन बढेर ६० लाख मेट्रिक टन पुग्ने दाबी गरिएको छ । पोहोर ५६ लाख मेट्रिक टन धान उत्पादन भएको थियो । बर्खाका लागि आवश्यक पर्ने रासायनिक मलको कुनै समस्या नभएकाले बाढी पहिरोले क्षति नपुुगे धान उत्पादन बढ्ने मन्त्रालयका प्रवक्ता घिमिरेले बताउनुभयो । उहाँका अनुसार बर्खाका लागि अहिले ८० हजार मेट्रिक टन रासायनिक मल मौज्दात छ । हिउँदका लागि पनि मलको अभाव हुन नदिन सरकारले भारत, बंगलादेशलगायत देशबाट मल ल्याउँदैछ ।

जीटूजीमार्फत पाँच वर्षका लागि मल खरिद गर्ने सम्झौता गर्न लागिएको छ । कृषि मन्त्रालयका प्रवक्ता श्रीराम घिमिरेका अनुसार पहिलो वर्ष एक लाख १० हजार मेट्रिक टन, दोस्रो वर्ष एक लाख २५ हजार मेट्रिक टन, तेस्रो वर्ष एक लाख ४० हजार मेट्रिक टन गर्दै पाँचौँ वर्षमा दुई लाख १५ हजार मेट्रिक टन मल खरिद गर्ने प्रस्ताव गरिएको छ तर भारतले यो मात्रामा मल दिन नसकिने भन्दै मात्रा घटाउन आग्रह गर्दै पत्र पठाएको छ ।

भारतबाट मागे जति मल नआए पनि अन्य देशबाट पनि ल्याउन पहल भइरहेको उहाँले बताउनुभयो । कृषि मन्त्रालयका सचिव डाक्टर योगेन्द्रकुमार कार्कीले मल खरिद सम्झौताका लागि अन्तिम तयारी भइरहेको र केही दिनमा टुङ्गो लाग्ने बताउनुभयो । यसअघि बङ्गलादेशसँग गरिएको जीटूजी सम्झौताअनुसार ५० हजार मेट्रिक टनमध्ये ४० हजार मेट्रिक टन नेपाल आइसकेको छ भने १० हजार मेट्रिक टन आउने क्रममा रहेको कार्कीले जानकारी दिनुभयो ।

मनसुन सुरु भएसँगै देशका केही ठाउँमा रोपाइँ सुरु भइसकेको छ । लगातार पानी पर्न थालेपछि काठमाण्डौ, ललितपुर, भक्तपुर, पोखरासहितका देशका विभिन्न ठाउँमा केही दिनदेखि रोपाइँकाे काम धमाधम भैरहेको छ ।  निषेधाज्ञाका कारण धेरैजना गाउँघरमै भएकाले पोहोर जस्तै यसपालि रोपाइँ लगायत खेतीको काम गर्न सजिलो भएको छ । यसले गर्दा यसपालि रोपाइँको क्षेत्रफल पनि बढ्ने अनुमान छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलबस्तु महोत्सवमा भोली प्रिति पासवान आउदै

कपिलबस्तु महोत्सवमा भोली प्रिति पासवान आउदै

मातृ तथा बाल मृत्युदर न्यूनीकरण कार्यक्रम सञ्चालन मार्गदर्शन सम्बन्धी अभिमुखीकरण

मातृ तथा बाल मृत्युदर न्यूनीकरण कार्यक्रम सञ्चालन मार्गदर्शन सम्बन्धी अभिमुखीकरण

नेता खड्कामाथिको स्पष्टीकरण फिर्ता लिने तयारी

नेता खड्कामाथिको स्पष्टीकरण फिर्ता लिने तयारी

८ हजार लालपुर्जाविहीन  बढीले पाए लालपुर्जा

८ हजार लालपुर्जाविहीन बढीले पाए लालपुर्जा

एघार फिट लामो राजगोमनको उद्धार

एघार फिट लामो राजगोमनको उद्धार

आर्थिक गणना सफल बनाउन सबैको सहभागिता आवश्यक

आर्थिक गणना सफल बनाउन सबैको सहभागिता आवश्यक

भर्खरै प्रकाशित

कपिलबस्तु महोत्सवमा भोली प्रिति पासवान आउदै

कपिलबस्तु महोत्सवमा भोली प्रिति पासवान आउदै

मातृ तथा बाल मृत्युदर न्यूनीकरण कार्यक्रम सञ्चालन मार्गदर्शन सम्बन्धी अभिमुखीकरण

मातृ तथा बाल मृत्युदर न्यूनीकरण कार्यक्रम सञ्चालन मार्गदर्शन सम्बन्धी अभिमुखीकरण

नेता खड्कामाथिको स्पष्टीकरण फिर्ता लिने तयारी

नेता खड्कामाथिको स्पष्टीकरण फिर्ता लिने तयारी

८ हजार लालपुर्जाविहीन  बढीले पाए लालपुर्जा

८ हजार लालपुर्जाविहीन बढीले पाए लालपुर्जा

एघार फिट लामो राजगोमनको उद्धार

एघार फिट लामो राजगोमनको उद्धार

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज