Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कपिलवस्तुको हरेक भौतिक, औद्योगिक, पर्यटन, साँस्कृतिक क्षेत्रको चौतर्फी विकासमा जोड दिन्छु: मन्त्री हरि रिजाल

Author Avatar साझा न्यूज 25th June 2021 , 9:32 PM
कपिलवस्तुको हरेक भौतिक, औद्योगिक, पर्यटन, साँस्कृतिक क्षेत्रको चौतर्फी विकासमा जोड दिन्छु:  मन्त्री हरि रिजाल

-राम प्रकट कोरी, कपिलवस्तु

लुम्बिनी प्रदेशका ग्रामिण तथा सहरी विकास मन्त्री हरि रिजालले शुक्रवार (आज) कपिलवस्तुको विजयनगर गाउँपालिका र कृष्णनगर नगरपालिकाको विभिन्न ठाउँको स्थलगत अनुगमन गर्नुभएको छ । विजयनगरको त्रिपालनगर विस्थापित वस्ती, शंकरपुरताल, लोहरौला थारु सङ्ग्रहालय, डालपुर विशुवा खोला, वडा नं. ७ को वडा कार्यालय र कृष्णनगर नगरपालिको निर्माणधीन भण्सार गेटको उहाँले अनुगमन गर्नुभएको हो ।  अनुगमनको क्रममा मन्त्री रिजालले कपिलवस्तुको हरेक भौतिक, औद्योगिक, पर्यटन, साँस्कृतिक क्षेत्रको चौतर्फी विकासमा जोड दिने बताउनु भएको छ ।

गाउँपालिको वडा ४ मा रहेको शंकरपुर ताललाई जलाशय बनाउन प्रदेश सरकारले सहयोगको पहल गर्ने मन्त्री रिजालले बताउनुभएको छ । उहाँले शंकरपुर ताल आन्तरिक पर्यटनको दृष्टिकोले प्रचूर सम्भावना रहेकोले यसलाई संरक्षण तथा सम्वद्र्धन प्रचारप्रसारमा जोड दिनुपर्ने बताउनुभयो । पर्यटकहरुलाई शंकरपुरमा घुम्नलाई विभिन्न संरचना निर्माण, मर्मतसम्भारको लागि प्रदेशबाट सहयोग गर्ने रिजालले जोड दिनुभयो ।

यस्तै वडा २ लोहरौलामा निर्माणधीन रहेको थारु सङ्ग्रहालय अनुगमन तथा अवलोकन गर्दै मन्त्री रिजालले थारु जातिको पहिचान, साँकृतिक परम्परासँग जोडिएकोले यस संरक्षण र जागेर्ना गर्न प्रदेश सरकारले ध्यान दिन आवश्यक रहेको बताउनुभयो । साथै उक्त ठाउँमा रहेको पोखरीलाई सुन्दरीकरण गर्न प्रदेश सरकारबाट सहयोग गर्ने प्रतिबद्धतासमेत गर्नुभयो ।

यस्तै वडा ५ मा शिव मावि डालपुर विद्यालय जोड्ने मुख्य बाटो रहेको कति मन्त्री आए गए कसैले पनि पुल बनाउन कार्यमा ध्यानै दिएनन् भन्दै विगतमा घट्न घटेको स्मरण गराउँदै विद्यार्थीहरुलाई वर्षायाममा आवतजावत पूर्णरुपमा समस्या रहेकाले विशुवा खोलामा पक्की पुल निर्माण गर्न स्थानीय शशीधर कुँवरले अनुरोध गर्नुभएको थियो ।

स्थलगत पुगी विभिन्न वस्तीसँग जोडिएको मूल बाटोमा अति आवश्यक पक्की पुल निर्माण गर्नुपर्ने रहेकोले प्रदेश सरकारबाट आउँदो आर्थिक वर्षमा पक्की पुल निर्माण कार्य सञ्चालन गर्ने मन्त्री रिजालले प्रतिबद्धता जनाउनुभयो ।

कृष्णनगर भन्सार कार्यालयका प्रमुख जनार्दन पौडेलले भण्सारको वस्तुस्थिति, भण्सारबाट सम्भव हुने कार्यहरुको विषयवस्तुबारे मन्त्री रिजाललाई जानकारी गराएका थिए । भण्सारको निर्माणधीन अवस्थामा रहेको मुख्य गेट हालसम्म कुनै पहल नभएको भन्दै प्रदेश सरकारको ध्यान आकर्षण गराउन र प्रचूर सम्भावना रहेको शुख्खा बन्दरगाहको विशेष पहल गरिदिन उद्योग वाणिज्य संघका राम कुमार गुप्ताले अनुरोधसमेत गर्नुभयो ।

कुनै बेलामा कृष्णनगर चर्चित रहेको उद्योग, व्यवसाय, ठुला कारखानाको सम्भावना रहेको ठाउँमा हाल विभिन्न दुष्टिकोणबाट पछाडी पर्दै गईरहेको अवस्थामा यस क्षेत्रको विसकाका लागि प्रदेश सरकारको विशेष ध्यान पु¥याउन स्थानीय अगुवाहरुले मन्त्री रिजाल समक्ष गुनासो राखेका थिए । हालसम्म उचित बसपार्कको व्यवस्थापन नभएकोले बाटैमा पार्किङ गर्ने बाध्यता रहँदा जोखिम मोल लिनुपर्ने रहेकोले तत्काल बसपार्कको व्यवस्थापन गरिदिन  आग्रह गरेका छन् ।

लुम्बिनी प्रदेशको मुख्य नाका अन्तर्गत कृष्णनगर पनि पर्ने भएकोले शुख्खा बन्दरगाह, गेट निर्माण, उचित बसपार्क, भण्सार व्यवस्थापन, औद्योगिक क्षेत्रलाईसमेत विकास, विस्तारमा प्रदेश सरकारबाट आवश्यक पहल कदमी चाल्ने मन्त्री रिजालले बताउनुभएको छ ।

अनुगमन टोलीसँगै रहनुभएका प्रदेश सभा सदस्य अर्जुन कमार केसीले यस क्षेत्रको वस्तुस्थिति बारे मन्त्री रिजाललाई जानकारी गराउँदै आगामी दिनमा कृष्णनगर, शिवराज र विजयनगर गाउँपालिकाको समग्र विकासका लागि प्रदेश सरकार लाग्नुपर्ने जोड दिनुभयो ।

विजयगनर गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले विजयनगर गाउँपालिको शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, साँकृतिक परम्परा, भौतिक संरचना निर्माण बाटोघाटो, सिँचाई खानेपानी लगायत गाउँपालिकाले सम्बोधन गर्न नसक्ने ठुला योजनाहरु सञ्चालनको पहल गरी दिन अनुरोध गर्नुभएको छ । अनुगमनमा नेकपा एमाले प्रदेश सचिव बलराम अधिकारीकोसमेत उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

उत्कृष्ट कृषकलाई १ लाख रुपैया राशीको एग्रीवस्तु कृषि तारा पुरस्कार

उत्कृष्ट कृषकलाई १ लाख रुपैया राशीको एग्रीवस्तु कृषि तारा पुरस्कार

कपिलवस्तुमा बजार अनुगमन तीव्र, म्याद गुज्रेका सामग्री नष्ट

कपिलवस्तुमा बजार अनुगमन तीव्र, म्याद गुज्रेका सामग्री नष्ट

लुम्बिनी प्रदेशका सामुदायिक सिकाइ केन्द्रहरूको संयुक्त अनुगमन

लुम्बिनी प्रदेशका सामुदायिक सिकाइ केन्द्रहरूको संयुक्त अनुगमन

छात्र छात्राहरुमा स्वच्छता र सरसफाई अभियान

छात्र छात्राहरुमा स्वच्छता र सरसफाई अभियान

कांग्रेस नेता प्रजातन्त्र सेनानी अमृत चन्द्र ठाकुरको निधन

कांग्रेस नेता प्रजातन्त्र सेनानी अमृत चन्द्र ठाकुरको निधन

कपिलबस्तु नगरपालिका वडा नम्बर २ द्वारा १ सय ४३ कृषकलाई स्प्रे टंकी

कपिलबस्तु नगरपालिका वडा नम्बर २ द्वारा १ सय ४३ कृषकलाई स्प्रे टंकी

भर्खरै प्रकाशित

उत्कृष्ट कृषकलाई १ लाख रुपैया राशीको एग्रीवस्तु कृषि तारा पुरस्कार

उत्कृष्ट कृषकलाई १ लाख रुपैया राशीको एग्रीवस्तु कृषि तारा पुरस्कार

कपिलवस्तुमा बजार अनुगमन तीव्र, म्याद गुज्रेका सामग्री नष्ट

कपिलवस्तुमा बजार अनुगमन तीव्र, म्याद गुज्रेका सामग्री नष्ट

लुम्बिनी प्रदेशका सामुदायिक सिकाइ केन्द्रहरूको संयुक्त अनुगमन

लुम्बिनी प्रदेशका सामुदायिक सिकाइ केन्द्रहरूको संयुक्त अनुगमन

छात्र छात्राहरुमा स्वच्छता र सरसफाई अभियान

छात्र छात्राहरुमा स्वच्छता र सरसफाई अभियान

कांग्रेस नेता प्रजातन्त्र सेनानी अमृत चन्द्र ठाकुरको निधन

कांग्रेस नेता प्रजातन्त्र सेनानी अमृत चन्द्र ठाकुरको निधन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज