Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

सर्लाहीमा एक्स्काभेटरको बकेटले हिर्काएर वडाध्यक्षको हत्या

Author Avatar साझा न्यूज 26th June 2021 , 11:45 AM
सर्लाहीमा एक्स्काभेटरको बकेटले हिर्काएर वडाध्यक्षको हत्या

सर्लाहीको ईश्वरपुरमा वडाध्यक्षको हत्या भएको छ। ईश्वरपुर-३ भक्तिपुरका वडाध्यक्ष करिब ५५ वर्षीय सूर्यकुमार श्रेष्ठको शुक्रबार राति हत्या भएको प्रहरीले जनाएको छ।

भर्खरै खनिएको पोखरीको निरीक्षण गर्न जाँदा भएको विवादको क्रममा डोजर चालकसहित केही व्यक्तिले वडाध्यक्षको हत्या गरेका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

ईश्वरपुर नगरपालिकाका मेयर मनोज देवकोटाले पनि वडाध्यक्ष श्रेष्ठको हत्या भएको पुष्टि गरे। देवकोटाका अनुसार ईश्वरपुर- ३ को मुखलाल बाँधमा पोखरी विस्तारको अनुगमन गर्न जाँदा जेभिसीको बकेटले हिर्काएर वडाध्यक्षको हत्या गरिएको हो।

शुक्रबार साँझ जेसीभीका ठेकेदार प्रेम दाहालसँगै श्रेष्ठ पनि पोखरी निरीक्षण गर्न बाँध स्थलमा गएका थिए।

सो क्रममा नजिकैको पसलमा खाजा खानेक्रममा जेसिभीका चालक हर्कबहादुर तामाङ र वडाध्यक्षबीच बिबाद भएको थियो। खाजा खाएपछि दुवै पोखरी बिस्तार भइरहेको ठाउँमा गएका थिए।

‘बिवादका क्रममा आक्रोशित जेसिभी चालकले वडाध्यक्ष श्रेष्ठको टाउको र छातीमा बकेटले प्रहार गरेछन्,’ मेयर देवकोटाले नेपालखबरसँग भने, ‘हत्या गरेपछि वडाध्यक्षको शव त्यहीँ पुरेर चालक भागेका रहेछन्।’

प्रहरीले जेसिभी चालक रविन तामाङ भनिने हर्कबहादुर तामाङ र जेसिभी धनी प्रेम दाहाललाई पक्राउ गरेको मेयर देवकोटाले जानकारी दिए। जेसिभीका ठेकेदार ३५ वर्षीय प्रेम दाहाल ईश्वरपुर नगरपालिका- ३ का स्थायी बासिन्दा हुन् भने जेसिभी चालक तामाङ सर्लाहीकै बरहथवा नगरपालिका- १ निबासी हुन्।

प्रहरीका अनुसार भक्तिपुरमा केही दिनदेखि पुरानो सरकारी पोखरी खनेर स्तरोन्नति गर्ने काम भइरहेको थियो। गएराती अबेरसम्म वडाध्यक्ष श्रेष्ठ, जेसिभीका ठेकेदार प्रेम दाहाल र जेसिबी चालक हर्कबहादुर तामाङले नजिकैको होटलमा सँगै खाजा खाएका थिए।

राती १० बजेपछि खाजा खाएर फर्किने क्रममा जेसिभी चालक तामाङसँग वडाध्यक्ष श्रेष्ठको विवाद भयो। सोही क्रममा पोखरी खनेको स्थानमा पुगेपछि चालक तामाङले जेसिभी चलाएर वडाध्यक्ष श्रेष्ठलाई बकेटले ठक्कर दिएर लडाएको र त्यसपछि माटोले पुरेको पाइएको सर्लाही प्रहरीले जनाएको छ।

पूर्वयोजना नभई आवेशमा आएर घटना भएको अनुमान प्रहरीले गरेको छ। पुरिएको ठाउँबाट श्रेष्ठलाई निकालेर प्रहरीले राति नै जिल्ला अस्पताल मलङ्गवा लगेको छ।

दाहाललाई घटना लगत्तै नियन्त्रणमा लिइएको र फरार रहेका जेसिबी चालक तामाङलाई शनिबार बिहान पौने ६ बजेतिर लालबन्दीबाट पक्राउ गरिएको सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) सन्तोष सिंह राठौरले जानकारी दिए।

उनीहरु दुवैलाई अहिले जिल्ला प्रहरी कार्यालय मलङ्गवाको हिरासतमा राखिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

भर्खरै प्रकाशित

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज