एमाले नेता बेदुराम भुसालले पार्टी परित्यागको घोषणा गरेका छन् । संघीय संसद सचिवालयका महासचिवलाई आइतवार पत्र लेखेर भुसालले आफूलाई स्वतन्त्र सांसदको रुपमा ब्यबहार गर्न आग्रह गरेका छन् ।
आफू नेकपाको उम्मेदवार रहेको र अहिले सो पार्टी अस्तित्वमा नरहेकोले स्वतन्त्र सांसदको रुपमा ब्यबहार गर्न उनले आग्रह गरेका छन् ।
नेकपा एमालेमा माधव नेपाल समूहमा रहेका उनले दिएको यो निवेदनलाई अर्थपूर्ण रुपमा हेरिएको छ।