काठमाडौं । नेपाल प्रहरीका डिआईजी सहकुलबहादुर थापा एआईजी बढुवाको लागि सिफारिस भएका छन् ।
गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा सोमबार साँझ बसेको बढुवा समितिको बैठकले डिआईजी थापालाई एआईजी बढुवाको लागि सिफारिस गरेको हो ।
एआईजी बढुवा सिफारिस समितिमा गृहसचिब अध्यक्ष, प्रधानमन्त्री कार्यालयका सचिब सदस्य र प्रहरी महानिरीक्षक (आईजीपी) सदस्य सचिब हुन्छन् । बढुवा सिफारिस समितिले बढुवाउपर चित्त नबुझे उजुरी गर्नको लागि सात दिनको समय दिएको छ। सात दिनपछि मन्त्रीपरिषदको बैठले एआईजी बढुवाको निर्णय गर्नेछ ।