Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

धान बालीको उत्पादनमा वृद्धि भए देशका समृद्धि हासिल हुने : कृषिमन्त्री


धान बालीको उत्पादनमा वृद्धि भए देशका समृद्धि हासिल हुने : कृषिमन्त्री

काठमाडौँ। कृषि तथा पशुपंक्षी विकासमन्त्री वसन्तकुमार नेम्बाङले धानको उत्पादनलाई वृद्धि गरी आत्मनिर्भर हुन सकेमात्रै देशमा समृद्धि प्राप्त हुने बताएका छन्।

मंगलबार अठारौं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुँदै मन्त्री नेम्बाङले देशको अर्थतन्त्रको भरपर्दो आधार कृषि भएको र कृषिमा पनि धान बाली भएकाले धान बालीको उत्पादनमा वृद्धि भएमात्रै देशका समृद्धि हासिल हुने बताए ।

कृषिको उत्पादन तथा उत्पादकत्व बढाएर आयातलाई प्रतिस्थापन गर्न र आत्मनिर्भर बन्न सक्नुपर्ने उनको भनाइ छ।

‘अर्थतन्त्रमा ठूलो टेवा पु¥याउने कृषि हो । कृषिमा उत्पादन र उत्पादकत्व, खाद्य र पोषण सुरक्षादेखि लिएर यसलाई विशिष्टीकरण ढंगले अगाडि बढाएर, आयातलाई प्रतिस्थापन गरेर आत्मनिर्भरतातर्फ उन्मुख भएन भने समृद्धि प्राप्त गर्न सकिँदैन,’ उनले भने, ‘समृद्धि प्राप्त गर्ने हाम्रो राष्ट्रिय आकांक्षाको मुल आधार कृषिको विकास हो। त्यसमध्येको एउटा आधार धानबालीको उन्नयन र विकास हो।’

मन्त्री नेम्बाङले नेपालको खाद्य तथा पोषण सुरक्षामा धान बालीको व्यापकता र आवश्यकतालाई ध्यान दिनु आवश्यक रहेको बताए। सरकार धानबालीको उत्पादकत्व बढाउने, आधुनिकीकरण गर्दै भण्डारण र बजार व्यवस्थापनका लागि स्पष्ट नीति बनाइरहेको उनले उल्लेख गरे । धान बालीको विकासका लागि कुनै नीतिगत कुरा बनाउनुपर्ने भए मन्त्रालय तयार रहेको पनि मन्त्री नेम्बाङले बताए ।

‘नेपालको खाद्य तथा पोषण सुरक्षामा धान बालीको अहमता, व्यापकता र आवश्यकतालाई अत्यन्तै ध्यान दिनु जरुरी छ,’ उनले भने, ‘परम्परा र सांस्कृतिक रुपमा, महोत्सवको रुपमा, यसको उत्पादकत्व बढाउने कुरा, आधुनिकीकरण गर्दै उचित भण्डारण र व्यवस्थापन गर्दै लाने कुरामा स्पष्ट नीतिहरु बन्दैछ।’

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा. योगेन्द्र कुमार कार्कीले चालु आर्थिक वर्षमा ५६ लाख २१ हजार मेट्रिक टन धान उत्पादन गर्न सफल भएको जानकारी दिए। मौसमले साथ दिएको र रासायनिक मल पनि समयमा नै उपलब्ध भएको भन्दै उनले आगामी वर्ष ६० लाख मेट्रिक टन धान फलाउनुपर्ने बताए। कृषकको खेतबारीमै पुगेर धान सम्बन्धी अध्ययन, अनुसन्धान तथा कृषि सम्बन्धी शिक्षा पु¥याउनुपर्नेमा सचिव कार्कीले जोड दिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

गण्डकीमा भोलि सभामुखको निर्वाचन, गठबन्धनबाट माओवादीका धिताल

गण्डकीमा भोलि सभामुखको निर्वाचन, गठबन्धनबाट माओवादीका धिताल

जिपमाथि ढुङ्गा खस्दा ३ जनाको मृत्यु, ३ घाइते

बसको ठक्करबाट विद्यार्थीको मृत्यु

मौरीको चरन अभाव हुँदा म्याग्दीमा मह उत्पादन घट्यो

मौरीको चरन अभाव हुँदा म्याग्दीमा मह उत्पादन घट्यो

जाजरकोट जीप दुर्घटना अपडेट : मृतकको संख्या ११ पुग्यो (नामावलीसहित)

प्रहरीको गाडी दुर्घटना : दुई जना घाइते

अवैधरूपमा गरिएको गाँजा खेती नष्ट

अवैधरूपमा गरिएको गाँजा खेती नष्ट

२०७ जना विद्यार्थी ट्राफिक प्रहरीको कारबाहीमा

२०७ जना विद्यार्थी ट्राफिक प्रहरीको कारबाहीमा

भर्खरै प्रकाशित

कांग्रेस सभापति देउवा र अमेरिकी उपविदेशमन्त्री नुल्यान्डबीच भेटवार्ता

कांग्रेस सभापति देउवा र अमेरिकी उपविदेशमन्त्री नुल्यान्डबीच भेटवार्ता

माघ पहिलो हप्ताभित्र स्थानीय चुनावको घोषणा गर्नुपर्छः निर्वाचन आयोग

आयोगद्वारा राष्ट्रपतिको निर्वाचन मिति तय

इङ्ल्यान्डसँगको एक दिवसीय क्रिकेट शृङ्खला दक्षिण अफ्रिकालाई

इङ्ल्यान्डसँगको एक दिवसीय क्रिकेट शृङ्खला दक्षिण अफ्रिकालाई

हिमपातले सेताम्य राराताल क्षेत्र

हिमपातले सेताम्य राराताल क्षेत्र

पाँचतले मन्दिरको जगलाई असर पार्ने गरी ढुङ्गा फुटाइँदै

पाँचतले मन्दिरको जगलाई असर पार्ने गरी ढुङ्गा फुटाइँदै

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि