Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

वीपी प्रतिष्ठानमा पदाधिकारीको कार्यकक्षमा तालाबन्दी, चारै जना पदाधिकारीहरुले राजीनामा दिनुपर्ने माग

उपकुलपति डा. ज्ञानेन्द्र गिरीले मदिरा सेवन गरेर आएपछि आन्दोलन थप चर्कियो

Author Avatar साझा न्यूज 30th June 2021 , 5:51 PM
वीपी प्रतिष्ठानमा  पदाधिकारीको कार्यकक्षमा तालाबन्दी, चारै जना पदाधिकारीहरुले राजीनामा दिनुपर्ने माग

-सुमन सुस्केरा

धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आन्दोलन थप उग्र बन्दै गएको छ । मंगलबारसम्म रिले अनशनमा बसेका आन्दोलनरत पक्षले बुधबारदेखि पदाधिकारीको कार्यकक्षमा तालाबन्दी गरेका छन् ।

संयुक्त संघर्ष समितिले पदाधिकारीहरुसँग वार्तामा नबस्ने अडान राख्दै चारै जना पदाधिकारीहरुले राजीनामा दिनुपर्ने माग राखेका छन् ।

वीपी प्रतिष्ठानमा भएको पछिल्ला घटनाक्रमले प्रतिष्ठान अस्तव्यस्त बनेको छ । प्रतिष्ठानको शाखमात्र गिर्नुका साथै पदाधिकारी समस्याको समाधानमा गम्भीर नदेखिएको आरोप नागरिक तहबाट उठ्न थालेको छ ।

प्रतिष्ठानका चिकित्सक, विद्यार्थी, कर्मचारीहरू १५ दिनदेखि वीपी प्रतिष्ठानको पारदर्शिता र सुशासनको माग राख्दै आन्दोलन भइरहेको छ ।

मंगलबार आन्दोलनरत पक्षसँग वार्ता गर्ने सहमति भएको थियो तर उपकुलपति डा. ज्ञानेन्द्र गिरीले मदिरा सेवन गरेर आएपछि आन्दोलन थप चर्किएको हो । आन्दोलनरत पक्षले बुधबार बिहानै उपकुलपतिसहितका चारजना पदाधिकारीको कार्यकक्षमा तालाबन्दी गरेका छन् ।

संयुक्त संघर्ष समितिले तत्काल पदाधिकारीको राजीनामा एवं बहिर्गमनको मुद्दा अघि सारेका छन् । उनीहरुले पदाधिकारीसँग वार्ता नगर्ने‚ त्यसको लागि प्रधानमन्त्रीकै पहलमा उच्चस्तरीय वार्ता टोली गठन गर्न माग गरेका छन् ।

पदाधिकारीहरू चयन गर्दा विशिष्टीकृत एवं विज्ञहरूको समूह बनाएर उक्त समूहको सिफारिशका आधारमा व्यक्तिमात्र चयन हुने वातावरण बनाउनुपर्ने आन्दोलनरत फ्याकेल्टी वेलफेयर सोसाइटीका महासचिव डा एसपी रिमालको भनाइ छ ।

संयुक्त संघर्ष समितिले एक हप्ताको अल्टिमेटम दिँदै माग सम्बोधन नगरे सामूहिक राजीनामा दिने र प्रधानमन्त्री कार्यालय घेराउ गर्ने चेतावनी दिएको छ ।

रातिसम्म उपकुलपति कार्यालय घेराउ
प्रतिष्ठानका उपकुलपति डा ज्ञानेन्द्र गिरीले मंगलबार संघर्ष समितिलाई वार्तामा बोलाएका थिए । अन्य पदाधिकारीहरूसहित वार्तामा बसेका उपकुलपति गिरीले मदिरा सेवन गरेको भन्दै वार्ता भाँडिएको थियो । संघर्ष समितिले उपकुलपति गिरीको मेडिकल जाँच गर्न माग गरेपनि प्रहरीले हस्तक्षेप गरेर उपकुपति गिरीलाई राति विराटनगर पुर्‍याएको रिमालले बताए ।

आन्दोलनरत पक्षले राति करिब ९ बजेसम्म उपकुलपति कार्यालय घेराउ गरेको थिए । तीन बजेदेखि थुनिएका गिरीलाई राति करिब ९ बजेतिर मात्र प्रहरीले त्यहाँबाट निकालेको आन्दोलनरत चिकित्सकले बताएका छन् ।

No description available.

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलबस्तु महोत्सवमा भोली प्रिति पासवान आउदै

कपिलबस्तु महोत्सवमा भोली प्रिति पासवान आउदै

मातृ तथा बाल मृत्युदर न्यूनीकरण कार्यक्रम सञ्चालन मार्गदर्शन सम्बन्धी अभिमुखीकरण

मातृ तथा बाल मृत्युदर न्यूनीकरण कार्यक्रम सञ्चालन मार्गदर्शन सम्बन्धी अभिमुखीकरण

नेता खड्कामाथिको स्पष्टीकरण फिर्ता लिने तयारी

नेता खड्कामाथिको स्पष्टीकरण फिर्ता लिने तयारी

८ हजार लालपुर्जाविहीन  बढीले पाए लालपुर्जा

८ हजार लालपुर्जाविहीन बढीले पाए लालपुर्जा

एघार फिट लामो राजगोमनको उद्धार

एघार फिट लामो राजगोमनको उद्धार

आर्थिक गणना सफल बनाउन सबैको सहभागिता आवश्यक

आर्थिक गणना सफल बनाउन सबैको सहभागिता आवश्यक

भर्खरै प्रकाशित

कपिलबस्तु महोत्सवमा भोली प्रिति पासवान आउदै

कपिलबस्तु महोत्सवमा भोली प्रिति पासवान आउदै

मातृ तथा बाल मृत्युदर न्यूनीकरण कार्यक्रम सञ्चालन मार्गदर्शन सम्बन्धी अभिमुखीकरण

मातृ तथा बाल मृत्युदर न्यूनीकरण कार्यक्रम सञ्चालन मार्गदर्शन सम्बन्धी अभिमुखीकरण

नेता खड्कामाथिको स्पष्टीकरण फिर्ता लिने तयारी

नेता खड्कामाथिको स्पष्टीकरण फिर्ता लिने तयारी

८ हजार लालपुर्जाविहीन  बढीले पाए लालपुर्जा

८ हजार लालपुर्जाविहीन बढीले पाए लालपुर्जा

एघार फिट लामो राजगोमनको उद्धार

एघार फिट लामो राजगोमनको उद्धार

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज