Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

रकम हिनामिना गरेको आरोपमा राप्ती गाउँपालिकाका अध्यक्ष सुवेदी सहित २० जनालाई पक्राउ पूर्जी जारी


रकम हिनामिना गरेको आरोपमा राप्ती गाउँपालिकाका अध्यक्ष सुवेदी सहित २० जनालाई पक्राउ पूर्जी जारी

दाङ देउखुरीको एक सहकारीको रकम हिनामिना गरेको विरुद्ध परेको मुद्दामा दाङ देउखुरी जिल्ला अदालतले राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदी सहित २० जनालाई पक्राउ पूर्जी जारी गरेको छ । राप्ती गाउँपालिका ५ सिसहनियाँमा रहेको देउखुरी बचत तथा ऋण सहकारी संस्थाको ५ करोड बढी रकम हिनामिना गरेको आरोपमा गाउँपालिका अध्यक्ष सुवेदीसहित २० जनालाई पक्राउ गर्न अदालतले पक्राउ पुर्जी जारी गरेको हो ।

अध्यक्ष सुवेदी साविक महाप्रभु बचत तथा ऋण सहकारी संस्थाका पूर्व लेखा तथा सुपरिवेक्षण समितीको संयोजक हुनुहुन्थ्यो। अहिले उक्त संस्था मर्ज भईसकेको छ । त्यस्तै अदालतले साविक महाप्रभु बचत तथा ऋण सहकारी संस्थाका पूर्व अध्यक्ष किरण भण्डारी, साविक अध्यक्ष रुकमाङगत ज्ञवाली, पूर्व उपाध्यक्ष रामबहादुर कुवर, साविक उपाध्यक्ष कृष्णप्रसाद उपाध्यय पौडेल, पूर्व सचिव हिमानन्द पाण्डे, साविक सचिव हरिप्रसाद भुसाल, पूर्व सह—सचिव माधव शर्मा, साविक कोषाध्यक्ष रामकृष्ण पौडेल, पूर्व व्यवस्थापक गुरुप्रसाद सुवेदीलाई पक्राउ पूर्जी जारी गरेको अदालतका श्रेस्तेदार तथा सुचना अधिकारी धनसिंह गिरीले जानकारी दिनुभयो ।

त्यसैगरी अदालतले साविक महाप्रभु बचत तथा ऋण सहकारी संस्थाका सदस्यहरु केशबराज आचार्य, कमला पौडेल, धर्मराज अधिकारी, शारदा भुसाल, कमला बेल्बासेलाई पक्राउ पूर्जी जारी गरेको अदालतका श्रेस्तेदार तथा सुचना अधिकारी गिरीले जानकारी दिनुभयो । त्यस्तै अदालतले साविक महाप्रभु साकोसका पूर्व लेखा तथा सुपरिवेक्षण समितीका संयोजक बिष्णुबहादुर थापा, सोही समितीका सदस्यद्धय तुलसीराम पोख्रेल, युवराज भुसाल, लेखापरिक्षकद्धय गोबिन्दप्रसाद भण्डारी र गंगाबहादुर केसी बिरुद्ध पनि पक्राउ पूर्जी जारी गरिएको अदालतका श्रेस्तेदार तथा सुचना अधिकारी गिरीले जानकारी दिनुभयो ।

३५ दिने पक्राउ पूर्जी जारी गरिएको भन्दै यो बीचमा पनि पक्राउ गरेर अदालतमा हाजिर नगराए घरमै म्याद टागिने उहाले बताउनुभयो । सहकारीको रकम हिनामिना गरेको आरोमा पक्राउ परेका ४ जना कर्मचारीलाई यस अघि नै अदालतले पूर्पक्षका लागि कारागार चलान गर्न आदेश गरेको थियो ।पक्राउ परेका पाँच जना मध्ये एक महिलालाई भने साधारण तारेखमा छोड्न अदालतले आदेश दिएको थियो । कर्मचारी र पदाधिकारीहरुसहित २५ जना विरुद्ध अदालतमा मुद्दा परेको छ । केही महिना पहिले चारवटा सहकारी संस्था मर्ज गरेर देउखुरी बचत तथा ऋण सहकारी संस्था स्थापना गरिएको थियो । -तुल्सिपुर खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

औपचारिकतामा मात्र सिमित सिमसार दिवस

औपचारिकतामा मात्र सिमित सिमसार दिवस

जगदिशपुर तालमा मनाइयो २७ औं सीमसार दिवस

जगदिशपुर तालमा मनाइयो २७ औं सीमसार दिवस

बधाई लिने समय आएको छैन, सबै मिलेर विकासका काम गरौँ : लामिछाने

सरकारमा रहने कि बाहिरिने भन्ने निर्णय लिन रास्वपाको बैठक सुरु

फागुन ११ गते देखि कपिलवस्तुमा हात्तीपाईले निवारण महाअभियान

फागुन ११ गते देखि कपिलवस्तुमा हात्तीपाईले निवारण महाअभियान

सांसद अरुण चौधरी पक्राउ

सांसद अरुण चौधरी पक्राउ

सिमसार क्षेत्र संरक्षण गर्नु सबैको साझा दायित्व: प्रधानमन्त्री दाहाल

सिमसार क्षेत्र संरक्षण गर्नु सबैको साझा दायित्व: प्रधानमन्त्री दाहाल

भर्खरै प्रकाशित

औपचारिकतामा मात्र सिमित सिमसार दिवस

औपचारिकतामा मात्र सिमित सिमसार दिवस

जगदिशपुर तालमा मनाइयो २७ औं सीमसार दिवस

जगदिशपुर तालमा मनाइयो २७ औं सीमसार दिवस

बधाई लिने समय आएको छैन, सबै मिलेर विकासका काम गरौँ : लामिछाने

सरकारमा रहने कि बाहिरिने भन्ने निर्णय लिन रास्वपाको बैठक सुरु

फागुन ११ गते देखि कपिलवस्तुमा हात्तीपाईले निवारण महाअभियान

फागुन ११ गते देखि कपिलवस्तुमा हात्तीपाईले निवारण महाअभियान

सांसद अरुण चौधरी पक्राउ

सांसद अरुण चौधरी पक्राउ

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि