Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

‘अग्रगमनका चर्का नारा घन्किए तर जनताले सुख-सुविधा पाएनन्’: पूर्व राजा शाह

जन्मोत्सव ‘उत्सव’को रूपमा नमनाउने

Author Avatar साझा न्यूज 30th June 2021 , 6:38 PM
उद्धार एवं राहतको व्यवस्था मिलाउन पूर्व राजा शाहको आग्रह

पूर्व राजा ज्ञानेन्द्र शाहले यस वर्ष आफ्नो जन्मोत्सव ‘उत्सव’को रूपमा नमनाउने जानकारी दिनुभएको छ । बुधबार नेपालीजनका नाममा एक सन्देश जारी गर्दै उहाँले यतिबेला जनतामा पैदा भएको निराशा तथा आमजनताले भोग्नुपरेको पीडालाई ध्यानमा राख्दै यही असार २३ गतेको जन्मदिनलाई उत्सवका रूपमा नमनाउने निर्णय गरेको जानकारी दिनुभएको हो ।

पूर्व राजाद्वारा जारी सन्देशमा भनिएको छ- ‘आजको विश्व एकतर्फ नयाँ ज्ञान विज्ञान र अत्याधुनिक प्रविधिको विकासमा अघि बढिरहेको छ भने दुर्भाग्यवश हाम्रो जीवन र जगतलाई विविध प्रकारका नयाँ रोगब्याधि र महामारीले सताइरहेको छ । यही क्रममा यसै वर्षको प्रारम्भिक चरणमा हामी पनि अस्वस्थ रह्यौँ । सहयोगी स्वास्थ्यकर्मीहरूको कर्तव्यपूर्वक उपचार शुभेच्छुकहरूको शुभकामना र याचनाकै कारण हाम्रो स्वास्थ्यमा सुधार आएको छ ।’

सन्देशमा अगाडि भनिएको छ- ‘राजनीति, राज्य प्रणाली एवं राजकाजको प्रबन्ध र व्यवस्थापन संक्रमण, संकट र अन्योलको अवस्थामा देखापरेको छ । परिवर्तन र अग्रगमनका चर्का नारा घन्काएर जति नै रुपान्तरण गरे पनि जनताले ठोस सुख-सुविधा नपाइरहेको बुझिएको छ । आफ्ना मूल्य, मान्यता तथा अस्तित्वलाई समाप्त पार्ने तर सही सिर्जना र सार दिन नसक्नाले आज नेपाली जनताको मन अशान्त रहेको छ । कोरोनाको खोप उपचार पाउन नसकेका कतिपय नेपाली निराश छन् । यसैगरी देशमा वर्षादको यो समय प्राकृतिक विपद्को वेदना पनि उत्तिकै छ, जनजीवन दुःखद् छ ।’

‘जनतामा पैदा भएको निराशा तथा भोग्नु परेको पीडालाई ध्यानमा राख्दै हामीले यही असार २३ गतेको जन्मदिनलाई उत्सवका रूपमा नमनाउने निर्णय गरेका छौँ । सबै नेपाली र देशी–विदेशी शुभचिन्तकहरूबाट प्रकट हुने सद्भाव तथा शुभकामनाप्रति हाम्रो हार्दिक धन्यवाद छ ।’

‘श्री पशुपतिनाथले हामी सबैको कल्याण गरून् । जय नेपाल !’

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

पाकिस्तानमा अमेरिका–इरान वार्ता सुरु हुँदै

पाकिस्तानमा अमेरिका–इरान वार्ता सुरु हुँदै

सिर्जना बुढा मृत्यु प्रकरण : प्रहरीले सूक्ष्म अनुसन्धान गर्दै

सिर्जना बुढा मृत्यु प्रकरण : प्रहरीले सूक्ष्म अनुसन्धान गर्दै

उपसभामुख ठाकुरद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

उपसभामुख ठाकुरद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

सुकुम्बासी बस्ती चार दशकदेखि लालपुर्जाको पर्खाइमा

सुकुम्बासी बस्ती चार दशकदेखि लालपुर्जाको पर्खाइमा

उद्योगमन्त्रीमा गौरीकुमारी यादव र श्रममन्त्रीमा रामजी यादव नियुक्त

उद्योगमन्त्रीमा गौरीकुमारी यादव र श्रममन्त्रीमा रामजी यादव नियुक्त

थारु राजा दंगीशरणको दरबार पुनः उत्खनन सुरु

थारु राजा दंगीशरणको दरबार पुनः उत्खनन सुरु

भर्खरै प्रकाशित

दोस्रो मिस्टर कपिलवस्तु बने तौलिहवाका सुरेन्द्र बर्मा

दोस्रो मिस्टर कपिलवस्तु बने तौलिहवाका सुरेन्द्र बर्मा

पाकिस्तानमा अमेरिका–इरान वार्ता सुरु हुँदै

पाकिस्तानमा अमेरिका–इरान वार्ता सुरु हुँदै

सिर्जना बुढा मृत्यु प्रकरण : प्रहरीले सूक्ष्म अनुसन्धान गर्दै

सिर्जना बुढा मृत्यु प्रकरण : प्रहरीले सूक्ष्म अनुसन्धान गर्दै

उपसभामुख ठाकुरद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

उपसभामुख ठाकुरद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

तीस लाख रुपैयाँ चोरी गरेको आरोपमा बावु- छोरा पक्राउ

फरार प्रतिवादी पक्राउ, कैद भुक्तानका लागि कारागार चलान

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज