Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

Author Avatar साझा न्यूज 2nd June 2026 , 8:03 PM
कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

तौलिहवा (कपिलवस्तु), जेठ १९ गते । जिल्लाको कपिलवस्तु नगरपालिकाले ज्येष्ठ नागरिकलाई गाउँमै स्वास्थ्य सेवा उपलब्ध गराउन सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालनमा ल्याएको छ । मङ्गलबार आयोजित कार्यक्रममा नगर प्रमुख सुदीप पौडेलले मोबाइल स्वास्थ्य क्लिनिक सेवाको शुभारम्भ गर्नुभयो ।
मोबाइल स्वास्थ्य क्लिनिक सञ्चालनका लागि चुजी फाउन्डेसनले कपिलवस्तु नगरपालिकालाई स्वास्थ्य सेवा भ्यान उपलब्ध गराएको हो । उक्त भ्यान मार्फत नगरपालिकाका १२ वटै वडामा पुगेर स्वास्थ्य सेवा प्रदान गरिनेछ ।
नगरपालिकाका अनुसार प्रत्येक वडामा दुई दिनका दरले मोबाइल क्लिनिक सञ्चालन हुनेछ । सेवाको पहिलो दिन वडा नं. १२ स्थित बिठुवा गाउँमा स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरिएको छ ।
मोबाइल स्वास्थ्य क्लिनिकमा एक जना एमबीबीएस चिकित्सक, एक जना स्टाफ नर्स र एक जना ल्याब टेक्निसियन सहितको स्वास्थ्यकर्मी टोली खटाइएको छ । क्लिनिक मार्फत विशेषगरी ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई लक्षित गरी स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गरिनेछ ।
सेवाअन्तर्गत रक्तचाप, रगतमा चिनीको मात्रा (ब्लड सुगर), पिसाब परीक्षण लगायतका आधारभूत स्वास्थ्य जाँच गरिनेछ । साथै मोबाइल क्लिनिक भ्यानमा भिडियो एक्स–रे तथा सामान्य प्रयोगशाला परीक्षणको सुविधा समेत रहेको नगरपालिकाले जनाएको छ ।
कार्यक्रममा नगर प्रमुख पौडेलले स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच विस्तार गर्न मोबाइल क्लिनिक सञ्चालन गरिएको बताउनुभयो । उहाँले विशेषगरी ग्रामीण क्षेत्रका ज्येष्ठ नागरिकलाई घर नजिकै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन यस कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख उमेश गुप्ताले मोबाइल स्वास्थ्य क्लिनिकले नागरिकलाई आफ्नै गाउँठाउँमा स्वास्थ्य सेवा उपलब्ध गराउने बताउनुभयो । उहाँले समयमै स्वास्थ्य परीक्षण गर्न सकिने भएकाले रोगको पहिचान र उपचारमा समेत सहजता हुने उल्लेख गर्नुभयो ।
सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सञ्चालनसँगै नगरपालिकाभित्रका ज्येष्ठ नागरिकले नियमित स्वास्थ्य परीक्षण तथा परामर्श सेवा सहज रूपमा प्राप्त गर्ने अपेक्षा गरिएको छ । यस कार्यक्रमले स्वास्थ्य सेवाको पहुँच विस्तार गर्नुका साथै समुदायस्तरमै प्रारम्भिक स्वास्थ्य परीक्षणलाई प्रभावकारी बनाउने विश्वास लिइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

पाल्पामा सडक खाना महोत्सवः स्थानीय खाना र संस्कृतिमा झुम्मिए पर्यटक

पाल्पामा सडक खाना महोत्सवः स्थानीय खाना र संस्कृतिमा झुम्मिए पर्यटक

उद्धार गरिएकी महिलाको मृत्यु

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

भर्खरै प्रकाशित

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज