Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

Author Avatar साझा न्यूज 1st July 2021 , 4:38 PM
विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री विष्णुप्रसाद पौडेलले विपदबाट हुनसक्ने सबै खालका क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न निर्देशन दिएका छन् ।

गृह मन्त्रालयमा आज बसेको विपद् सम्बन्धी बैठकमा उपप्रधान तथा गृहमन्त्री पौडेलले देशका विभिन्न ठाउँमा अतिवृष्टिबाट सिर्जित जोखिमलाई विशेष ध्यान दिएर आवश्यक तयारी गर्न निर्देशन दिएका हुन् ।

उनले विपदका कारण जोखिममा परेकालाई तत्काल उद्धार र राहत प्रदान गर्न सरकारले सम्भव भएका सबै प्रयास गर्ने भन्दै प्रभावकारी र नतिजामुखी भएर काम गर्न पनि सम्बद्ध निकायहरुलाई निर्देशन दिए ।

उपप्रधान तथा गृहमन्त्री पौडेलले राहत र उद्धारका लागि स्रोतको अभाव नहुने जानकारी दिँदै विपद्का घटना भएपछि के गर्ने भन्दा पनि पहिले नै कसरी घटनाहरुलाई न्यूनीकरण गर्न सकिन्छ भन्नेमा केन्द्रित हुन आग्रह गरे ।

राहत र उद्धारका लागि अन्तरमन्त्रालय र विभिन्न निकायबीच समन्वय हुनु पर्नेमा जोड दिँदै उनले कोही छुट्ने र कोही दोहोरिने स्थिति सिर्जना नहुने वातावारण बनाउनका लागि पनि आग्रह गरे ।

त्यस्तै उनले क्षति न्यूनीकरणका लागि एकीकृत कार्य योजना ल्याउने तयारी भइरहेको जानकारी दिँदै अवरुद्ध भएका सडकलाई सञ्चालनदेखि पुनस्र्थापना र पुनर्निर्माणका लागि समय तालिका बनाएर काम गर्न निर्देशन दिए ।

उनले क्षति भएका ठाउँमा व्यवस्थित पुनर्निर्माणका लागि पनि योजना बनाएर काम गर्न निर्देशन दिए । यसैक्रममा उनले तत्काल गर्नुपर्ने तयारीका साथसाथै विपदबाट जोगिन दीर्घकालीन रुपमा गर्नु पर्ने कामलाई अघि बढाउन पनि निर्देशन दिए ।

गृह मन्त्रालयका सचिव महेश्वर न्यौपानले कोषमा पाँच अर्ब भन्दा बढी रकम रहेकाले राहत र उद्धारमा स्रोतको कमी नहुने बताए । उनले क्षति, उद्धार र राहतमा भएका कार्यहरु, अवरुद्ध सेवा सञ्चालन, प्रभावकारी नतिजाका लागि गर्नु पर्ने कार्यहरु लगायतलाई समावेश गरेर एकीकृत योजना ल्याउने बताए ।

बैठकमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले बाढी पहिरो लगायतले पु¥याएको क्षति र नोक्सानीको एकिन विवरण र आर्थिक लागत निकाली पुनस्र्थापना र पुनर्निर्माणका कार्यहरु अघि बढाउने तयारी भएको बताए ।

बैठकमा भौतिक पूर्वाधार तथा यातायात, उद्योग, वाणिज्य तथा आपूर्ति, उर्जा, जलस्रोत तथा सिचाईँ, संघीय मामिला तथा सामान्य प्रशासन, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, राष्ट्रिय योजना आयोगका सचिव, सुरक्षा निकायका प्रमुखहरुलगायत सहभागी थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तुमा समानुपातिकतर्फ रास्वपा पहिलो

कपिलवस्तुमा समानुपातिकतर्फ रास्वपा पहिलो

कपिलबस्तु २ मा रास्वपाको अग्रता

दुई पूर्व मन्त्रीलाई पाखा लगाउँदै सांसद बनेका थापा को हुन् ?

बुद्धभूमिमा आचार्यको घरदैलो र र्यालीमा उत्साहजनक जनलहर

बुद्धभूमिमा आचार्यको घरदैलो र र्यालीमा उत्साहजनक जनलहर

सुरेन्द्रराज आचार्य दागरहित रूपमा मन्त्रालयबाट बाहिरिनुभयो ः गगन थापा

सुरेन्द्रराज आचार्य दागरहित रूपमा मन्त्रालयबाट बाहिरिनुभयो ः गगन थापा

एमालेका वडा अध्यक्षका उम्मेदवारसहित सय जना कांग्रेसमा प्रवेश

एमालेका वडा अध्यक्षका उम्मेदवारसहित सय जना कांग्रेसमा प्रवेश

मत माग्न कपिलवस्तु पुग्छन् अर्घाखाँचीका उमेदवार

मत माग्न कपिलवस्तु पुग्छन् अर्घाखाँचीका उमेदवार

भर्खरै प्रकाशित

सूर्यमुखी बगानले बढायो कृषि पर्यटन

सूर्यमुखी बगानले बढायो कृषि पर्यटन

कपिलवस्तुमा समानुपातिकतर्फ रास्वपा पहिलो

कपिलवस्तुमा समानुपातिकतर्फ रास्वपा पहिलो

मलखाद कालो बजारी गरेको आरोपमा सहकारी संचालक पाण्डेय थुनामा

खैरो हेरोईन सहीत २ जना पक्राउ

कडा सुरक्षा व्यवस्थापनका बीच प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण

कडा सुरक्षा व्यवस्थापनका बीच प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण

श्रमिक महिला दिवसका अवसरमा कपिलवस्तुमा दीप प्रज्वलन कार्यक्रम

श्रमिक महिला दिवसका अवसरमा कपिलवस्तुमा दीप प्रज्वलन कार्यक्रम

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज