Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

बिएस्सी बागवानीका विद्यार्थी आन्दोलित

Author Avatar साझा न्यूज 1st July 2021 , 5:26 PM
बिएस्सी बागवानीका विद्यार्थी आन्दोलित

-सुमन सुस्केरा

विराटनगर । ईलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसका विद्यार्थीहरू विभिन्न मागसहित आन्दोलित भएका छन् । बीएस्सी हर्टिकल्चर(बागवानी)का विद्यार्थीले मापदण्ड पुगेका कृषि सेवा समूह (बागवानी, कृषि प्रसार, बाली संरक्षण, माटो विज्ञान र बाली विकास) मा लोकसेवाको सुनिश्चितता हुनुपर्ने माग गरेका हुन् ।

असार १३ गते देखि सुरु भएको रचनात्मक आन्दोलनमा विद्यार्थीले मापदण्ड पुगेका विषयहरुमा कृषि तथा वन विज्ञान विश्वविद्यालयबाट एमएस्सी एग्रिकल्चर (कृषि) गर्न पाउनुपर्ने माग पनि अघि सारेका छन् । विद्यार्थीहरुले आन्दोलनको विभिन्न चरणहरू अघि सारेका छन् ।

उनीहरुले रचनात्मक आन्दोलनको रुपमा कालो ब्यानरमा आफ्ना मुद्दा लेखेर गेटमा राख्ने, कालो पट्टी बाँधेर प्रशासन अगाडि धर्ना दिने, दिउँसै मैनबत्ती बालेर रचनात्मक आन्दोलन गरिएको बागवानी संघर्ष समितिकी सचिव महिमा गोतामेले बताइन् ।

विद्यार्थीले पोस्टर प्रदर्शनी, बालुवामा पानी खन्याउने, नाटक प्रस्तुत गरेर आन्दोलन गर्दै आएको गोतामेले बताइन् । विद्यार्थीले ४ वर्षसम्म गरेको लगानी पालुवामा पानी खन्याएको जस्तै हुने भएकाले विरोधको स्वरुपमा बालुवामा पानी खन्याउने गरिएको उनको भनाइ छ । बागवानीमा बिएस्सी गरेका सबैले बागवानीसँगै कृषि प्रसार, बाली संरक्षण, माटो विज्ञान, बाली विकासमा पनि लोकसेवा दिन पाउनुपर्ने मुख्य माग रहेको गोतामेले बताइन् ।

‘बागवानी विकास अधिकृत बाहेक अन्य कृषि प्रसार, बाली संरक्षण, माटो विज्ञान र बाली विकासमा बिएस्सी एग्रिकल्चर वा सो सरह भनेर माग गर्ने गरिएको छ,’ उनले भनिन्, ‘बागवानीमा बिएस्सी पढेका व्यक्तिले फर्म नै भर्न नपाउने व्यवस्था रहेकाले लोकसेवाले ती पदमा बिएस्सी एग्रिकल्चर वा बिएस्सी हर्टीकल्चर वा सोरह हुनुपर्छ भन्ने हाम्रो माग हो ।’

कृषि र वागवानीलाई एकै ठाउँमा नराख्दा मेहनत गरेर पढेका विद्यार्थीहरू सरकारी जागिरका लागि अयोग्यजस्तै हुने गरेको उनीहरूको भनाइ छ । बिएस्सी कृषि वा बिएस्सी बागवानी भयो भने अहिले पढेर लोकसेवाको तयारी गरेका र भोलिका दिनमा लोकसेवामार्फत् सरकारी जागिर खाने लक्ष्य लिएका विद्यार्थीका लागि बाटो खुल्ने उनीहरुरूको भनाइ छ । कृषि विज्ञान अध्ययन संस्थानमार्फत अनुमति लिएर क्याम्पसले २०६९ सालदेखि बागवानी विज्ञान पढाउँदै आएको छ ।

कृषि तथा वन विज्ञान अध्ययन संस्थान त्रिभुवन विश्वविद्यालय अन्तर्गतको हो । कृषि तथा वन विज्ञान अध्ययन संस्थानका ८ वटा क्याम्पसमध्ये नयाँ विषय पढाउने महेन्द्ररत्न बहुमुखी क्याम्पस एउटा हो । आठवटा मध्येकै नयाँ कार्यक्रम बागवानी यसै क्याम्पसले संचालन गर्‍यो । त्रिभुवन विश्वविद्यालयको कार्यकारी समितिको निर्णयबाट बागवानी पढाउने सम्बन्धन पाएको महेन्द्ररत्न बहुमुखी क्याम्पसले २०६८/०६९ देखि बागवानी पढाउन थालेको थियो ।

No description available.

बागवानी विज्ञान नयाँ डिग्री भएकाले लोकसेवा लड्न पाइएन भन्ने विद्यार्थीको माग रहेको क्याम्पसको भनाइ छ । कृषि सेवा समूह गठन नियमावली २०५० ले बिएस्सी हर्टीकल्चरको शैक्षिक योग्यतालाई समावेश गरिएको छैन । बागवानीमा बिएस्सी गरेपछि ५ वटा समूहमा प्रतिस्पर्धा गर्न पाउनुपर्ने हो, त्यो डिग्री प्राप्त गरेका विद्यार्थीले प्रतिस्पर्धा गर्न पाएनौँ भन्ने विद्यार्थीको भनाइ छ, महेन्द्ररत्न बहुमुखी क्याम्पसका सहायक क्याम्पप्रमुख पोषराज लामिछानेले भने, ‘कृषि तथा वन विज्ञान विश्वविद्यालयमा भएको व्यवस्था बिएस्सी एग्रिकल्चरको जस्तै मान्यता बिएस्सी हर्टीकल्चरलाई पनि दिनुपर्छ भन्ने हाम्रो पनि भनाइ हो ।’

बागवानी विकास अधिकृतमा प्रतिस्पर्धा गर्न पाएपनि अन्य सेवा समूह ५ वटैमा प्रतिस्पर्धा गर्न पाउनुपर्छ भन्ने विद्यार्थीको माग केही समय पहिलादेखि नै उठ्दै आएको लामिछानेले मकालु खबरलाई बताए । विद्यार्थीको मागलाई लिएर पटक पटक त्रिभुवन विश्वविद्यालय तथा मन्त्रालयमा गए पनि मागको सुनुवाइ नै नभएको उनी बताउँछन् । जुनबेला क्याम्पस प्रशासनले यो विषय पठन पाठन गर्न थाल्यो‚ त्योबेला नै निक्कै छलफल गरेर ल्याइएको क्याम्पस प्रशासनको दाबी छ ।

त्यो बेलाको विश्वविद्यालयको पदाधिकारी नभएको, डिन कार्यालयको नेतृत्व नभएको, मन्त्रालय तथा लोकसेवा आयोगको कुनैपनि नेतृत्व नभएको र नयाँ नेतृत्वले बुझ्न नचाहेको तथा बेवास्ता गरेको लामिछानेको भनाइ छ । ‘पहिला क्याम्पसले नै पहल गर्दै आएको थियो, अहिले विश्वविद्यालयलाई जिम्मा दिएका छौँ,’ उनले भने, ‘यो समस्या समाधान गर्ने निकाय भनेको मन्त्रालय र लोकसेवा आयोग हो, मन्त्रालयले कृषि सेवा समूह गठन नियमावली २०५० लाई संशोधन गरी राजपत्राङ्कित द्वितीय श्रोणीको शैक्षिक योग्यतामा बिएस्सी एग्रिकल्चर वा सोसरह भनिएकाले त्यसलाई संशोधन गरी बिएस्सी एग्रिकल्चर वा बिएस्सी हर्टीकल्चर वा सोसरह बनाउनासाथ समस्या समाधान हुन्छ ।’

महेन्द्ररत्न बहुमुखी क्याम्पसमा हालसम्म २२८ जनाले बागवानीमा बिएस्सी गर्दैछन् । १२० जनाले अध्ययन सकेर गइसकेका छन् भने १०८ जना अहिले अध्ययनरत रहेको क्याम्पस प्रशासनले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

पश्चिम बंगालमा पहिलोपटक भाजपा सरकार, शुभेन्दु अधिकारीले खाए मुख्यमन्त्रीको शपथ

पश्चिम बंगालमा पहिलोपटक भाजपा सरकार, शुभेन्दु अधिकारीले खाए मुख्यमन्त्रीको शपथ

अनुसन्धानका लागि पालिएका पन्छीमा बर्डफ्लु, करिब ५० लाख बराबरको क्षति

अनुसन्धानका लागि पालिएका पन्छीमा बर्डफ्लु, करिब ५० लाख बराबरको क्षति

प्रधानन्यायाधीशमा सिफारिस शर्माको संसदीय सुनुवाइ प्रक्रिया शुरु, उजुरी आह्वान

प्रधानन्यायाधीशमा सिफारिस शर्माको संसदीय सुनुवाइ प्रक्रिया शुरु, उजुरी आह्वान

तरबुजा खेतीबाट लाखौँ आम्दानी गर्दै मण्डल

तरबुजा खेतीबाट लाखौँ आम्दानी गर्दै मण्डल

करिब १४८ किलो गाँजासहित दुई जना पक्राउ

करिब १४८ किलो गाँजासहित दुई जना पक्राउ

भाउजूको हत्या गर्ने देवर पक्राउ

‘क्यासिनो’मा जुवातास खेलिरहेका १९ जना नेपाली पक्राउ

भर्खरै प्रकाशित

डुंगा आक्रमणमा दुई जनाको मृत्यु

डुंगा आक्रमणमा दुई जनाको मृत्यु

पश्चिम बंगालमा पहिलोपटक भाजपा सरकार, शुभेन्दु अधिकारीले खाए मुख्यमन्त्रीको शपथ

पश्चिम बंगालमा पहिलोपटक भाजपा सरकार, शुभेन्दु अधिकारीले खाए मुख्यमन्त्रीको शपथ

अनुसन्धानका लागि पालिएका पन्छीमा बर्डफ्लु, करिब ५० लाख बराबरको क्षति

अनुसन्धानका लागि पालिएका पन्छीमा बर्डफ्लु, करिब ५० लाख बराबरको क्षति

प्रधानन्यायाधीशमा सिफारिस शर्माको संसदीय सुनुवाइ प्रक्रिया शुरु, उजुरी आह्वान

प्रधानन्यायाधीशमा सिफारिस शर्माको संसदीय सुनुवाइ प्रक्रिया शुरु, उजुरी आह्वान

तरबुजा खेतीबाट लाखौँ आम्दानी गर्दै मण्डल

तरबुजा खेतीबाट लाखौँ आम्दानी गर्दै मण्डल

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज