Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

सुस्तावासीको ‘ठूलो मन’: भोटेकोशीका बाढीपीडितलाई राहत

Author Avatar साझा न्यूज 13th September 2026 , 3:49 PM
सुस्तावासीको ‘ठूलो मन’: भोटेकोशीका बाढीपीडितलाई राहत

पुरुषोत्तम सुवेदी

पश्चिम नवलपरासी, २८ भदौ । आकासमा मडारिएका काला बादल र उर्लिएर आउने नारायणीको धमिलो बहाव देख्दा अहिले पनि नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) सुस्तावासीको छाती ढुकढुक गर्छ । विगत एक महिनादेखि नारायणी नदीको निरन्तर कटान र डुबानका कारण को सुस्ता गाउँपालिका वडा नं. ५ स्थित ‘सुस्ता पारी गाउँ’का बासिन्दा आफैँ ठूलो सङ्कट झेलिरहेका छन्।

आफ्नै आँखाअगाडि खेतबारी नदीमा विलीन भइरहँदा सुस्तावासीको मन भने अरूकै पीडामा पग्लियो । आफू संकटको भुमरीमा छटपटाइरहँदा पनि सुस्तावासीहरूले भोटेकोशी क्षेत्रका विनाशकारी बाढी-पहिरोपीडित दाजुभाइ तथा दिदीबहिनीको आँसु पुछ्ने प्रयास गरेका छन्।

सुस्तामा सङ्कलन गरिएको यो सहयोग रकम कुनै उद्योगी वा धनाढ्यको तिजोरीबाट निस्किएको होइन । यो त छाक टार्न र बिरामी पर्दा औषधि-मुलो गर्नेसमेत धौ-धौ परेका सर्वसाधारण सुस्तावासीको पेट काटेर जोडिएको चोखो माया हो । कसैले आफ्नो खल्तीमा बचेको रु. ५० निकाले, कसैले रु. १०० त कसैले आफ्नो तागतअनुसार थोरै-थोरै सहयोग रकम जुटाए।

आफ्नै घरमा परिवारलाई खुवाउने औषधि किन्ने पैसा अभाव भइरहेका बेला पनि भोटेकोशीका बाढीपीडितको सहारा बन्न अघि सरेका सुस्तावासीले एउटा दूरगामी सन्देश दिएका छन्— “आफू पीडामा भएर पनि अरूको घाउमा मलम लगाउनु नै सुस्तावासीको वास्तविक पहिचान र देशभक्ति हो।”

गाउँभरि स्वेच्छिक रूपमा सङ्कलन गरिएको कुल रु. ४३,५५५/- (त्रिचालिस हजार पाँच सय पचपन्न रुपैयाँ) गत  राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, विनय त्रिवेणी शाखामार्फत नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ।

सहयोग सङ्कलन अभियानका अभियन्ताहरूका अनुसार यो रकम भोटेकोशीका बाढीपीडित नागरिकहरूसम्म पुगोस् भन्ने मूल उद्देश्य राखिएको छ । रकमको आकार सानो भए पनि विपद्को यस दुःखद घडीमा जहाँ-जहाँ नेपाली पीडामा छन्, त्यहाँ-त्यहाँ हामी सबैले एकापसमा सहयोगको हात बढाउनुपर्छ भन्ने आत्मीय सन्देश फैलाउनु नै यसको मुख्य ध्येय हो।

आफैँ विपद्को मारमा परेर पनि अरूको दुःखमा सारथि बन्ने सुस्तावासीको यो अनुकरणीय कदमले सिंगो देशलाई नै मानवताको पाठ सिकाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

बाणगंगा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

बाणगंगा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

तीज आजदेखि, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी

तीज आजदेखि, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी

बाणगंगा नदीमा फसेका १२ जनाको सकुशल उद्धार

बाणगंगा नदीमा फसेका १२ जनाको सकुशल उद्धार

सशस्त्र प्रहरीद्वारा दाइको सकुशल उद्धार, भाइ अझै बेपत्ता

सशस्त्र प्रहरीद्वारा दाइको सकुशल उद्धार, भाइ अझै बेपत्ता

भर्खरै प्रकाशित

सुस्तावासीको ‘ठूलो मन’: भोटेकोशीका बाढीपीडितलाई राहत

सुस्तावासीको ‘ठूलो मन’: भोटेकोशीका बाढीपीडितलाई राहत

बाणगंगा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

बाणगंगा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

तीज आजदेखि, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी

तीज आजदेखि, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज