Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

राष्ट्रियसभा बैठकमा १६ अध्यादेश पेश


राष्ट्रियसभा बैठकमा १६ अध्यादेश पेश

राष्ट्रियसभाको आजको बैठकमा १६ अध्यादेश पेश भएका छन् । आजदेखि प्रारम्भ आठौँ अधिवेशनको पहिलो बैठकमा प्रधानमन्त्रीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ तथा शपथसम्बन्धी अध्यादेश, २०७८ अध्यादेश पेश गर्नुभयो ।

उहाँले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) अध्यादेश, २०७७, फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७८ र यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८, पेश गर्नुभयो ।

यसैगरी उपप्रधानमन्त्रीका तर्फबाट भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८, नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, २०७८, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८ र तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८, आर्थिक अध्यादेश, २०७८, विनियोजन अध्यादेश, २०७८ र राष्ट्र ऋण उठाउने अध्यादेश, २०७८ बैठकमा पेश गर्नुभयो ।
मन्त्री नेम्वाङले रेल्वे अध्यादेश, २०७८ पनि बैठकसमक्ष पेश गर्नुभयो । आजकै बैठकमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री कृष्णगोपाल श्रेष्ठले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७८, कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ र औषधि (तेस्रो संशोधन) अध्यादेश, २०७८ पेश गर्नुभयो ।

बैठकले राष्ट्रियसभाका पूर्वसदस्य गंगादत्त जोशी, डा शंकरप्रसाद उप्रेती, ऐश्वर्यलाल प्रधानाङ्ग, प्रा विदुर पौडेल, प्रतिनिधिसभाका पूर्वसदस्य एकनाथ रानाभाट, कुबेरप्रसाद शर्मा, मोतीप्रसाद पहाडी, हरिभक्त अधिकारी, कृष्णसिंह परियार, रत्नप्रसाद न्यौपाने, योगनारायण यादव एवम् तत्कालीन संविधानसभा सदस्य दिनेशचन्द्र यादव, अशोक कोइराला, नवीन्द्रराज जोशी, लक्ष्मीदेवी भण्डारी, मोहम्मदी सिद्धिकी, शिवबहादुर खड्का, रबनी चौधरी तप्तबहादुर विष्ट र पशुपति चौलागाईँको निधनमा शोक प्रस्ताव पारित गरेको थियो ।

बैठकमा यसअघि अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभाको अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिबाट प्राप्त पत्रको बेहोरा पढेर सुनाउनुभएको थियो । साथै उहाँले राष्ट्रपतिको कार्यालयबाट विभिन्न मितिमा सरकार गठन, मन्त्रिपरिषद् विस्तार तथा कार्यविभाजन र जिम्मेवारी हेरफेरसम्बन्धी राष्ट्रियसभालाई प्राप्त पत्रको बेहोरा पनि पढेर सभालाई जानकारी गराउनुभएको थियो । राष्ट्रियसभाको अर्काे बैठक यही असार २० गते अपराह्न १ बजे बस्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्य उपनिर्वाचनअन्तर्गतको  मतदान‍ कार्य जारी

लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्य उपनिर्वाचनअन्तर्गतको मतदान‍ कार्य जारी

सञ्चार क्षेत्रप्रतिको चर्को आक्रोशले मानसिक स्तर स्पष्ट !

सञ्चार क्षेत्रप्रतिको चर्को आक्रोशले मानसिक स्तर स्पष्ट !

मन्त्रिपरिषदको बैठक अपराह्न ४ बजे बस्दै

मन्त्रिपरिषदको बैठक अपराह्न ४ बजे बस्दै

रवि लामिछानले प्रधानमन्त्रीलाई बुझाए राजीनामा

रास्वपालाई सरकारमा फर्काउने तयारी

प्रधानमन्त्री समक्ष रास्वपाका मन्त्रीको राजीनामा

प्रधानमन्त्री समक्ष रास्वपाका मन्त्रीको राजीनामा

संघीयताको खारेजी अहिले असम्भव : प्रदेश प्रमुख शेरचन

संघीयताको खारेजी अहिले असम्भव : प्रदेश प्रमुख शेरचन

भर्खरै प्रकाशित

लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्य उपनिर्वाचनअन्तर्गतको  मतदान‍ कार्य जारी

लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्य उपनिर्वाचनअन्तर्गतको मतदान‍ कार्य जारी

हिंसात्मक बाटोमा विप्लव, आपराधिक समूहविरुद्ध आक्रामक हुने प्रहरीको भनाई

विप्लव नेतृत्वको पार्टीले आज विशेष पत्रकार सम्मेलन गर्दै

सञ्चार क्षेत्रप्रतिको चर्को आक्रोशले मानसिक स्तर स्पष्ट !

सञ्चार क्षेत्रप्रतिको चर्को आक्रोशले मानसिक स्तर स्पष्ट !

मन्त्रिपरिषदको बैठक अपराह्न ४ बजे बस्दै

मन्त्रिपरिषदको बैठक अपराह्न ४ बजे बस्दै

भैरहवामा राेकिएको ट्रकमा कार र बस ठोक्किए, एकको मृत्यु

भैरहवामा राेकिएको ट्रकमा कार र बस ठोक्किए, एकको मृत्यु

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि