ईसाझा न्यूज । संवाददाता
कपिलबस्तु, असार १८
जिल्लाको बुद्धभुमि नगरपालिकाले आफ्नै लगानीमा ३ करोड बढी लगतको पक्की पुल निर्माण गरेको छ । वडा नम्बर १० स्थित घोराही नालामा लोहरौला– अलीनगर गाउ जोडने पुल बनाइएको हो । बहुबर्षे आयोजना अन्र्तगत २ बर्ष लगाएर ३ करोड ३३ लाख ६२ हजार ५८० रुपैया लागतको पुल निर्माण गरिएको नगरपालिकाले जनाएको छ ।
२० दशमलव ५ मिटर लामो र ७ दशमलव २० मिटर चौडा पुल निर्माण गरिएको ईन्जीनीय निकिता त्रिपाठीले बताईन । पालिको बहुबर्षे आयोजना अन्र्गत यो आयोजना दोश्रो ठुुलो रहेको उनले बताईन । बुद्धभुमीमा रिङ रोड बनाउने पालिकाको सबै भन्दा ठुलो आयोजना हो । पुलको उदघाटन गर्दै नगर प्रमुख केशव कुमार श्रेष्ठले सदरमुकाम तौलिहवासंग जोडनका लागि पुल निर्माण गरिएको बताए । ‘अब आफनो पालिका र तौलिहवामा आउजाउ गनै निकै सजिाले भएका छ’ उनले भने ।
तरकारी उत्पादन गर्ने वडाकारुपमा रहेको पुर्व धनकौली गाबिस भित्र निर्माण गरिएको यो पुलले कृषकहरु धेरै लाभान्वित हुने उनले बताए । प्रमुख प्रशाकीय अधिकृत अनिल पौडेलले पालिकाको आफनै लागनीमा बनाइएको यो पुलले राम्रो सन्देश गएको बताए । ‘पालिकाले टोले सडक मात्र बनाउने भन्ने गरिन्थ्यो तर यो पुल निर्माणले नगरपालिकाले ठुलो काममा नि हात हाल्छ भन्ने सन्देश गएको छ’ । वडा नम्बर १० का अध्यक्ष संदीप पाण्डेयले पुल निर्माणले तरकारीको पकेट क्षेत्र रहेको धनकौलीमा आर्थिक कारोवार बढने बताए ।
‘सदरमुकाम र पालिका बिच दुरी घटाएको छ कृषकmलाई धेरै नै फाईदा हुन्छ । यस अघि यहा पुल नहुदा काठे पुलमा जोखिमपुर्ण यात्रा गर्न गाउलेहरु बाध्य थिए । बिद्यार्थीहरुलाई पनि आउजाउ गर्न सजिलो भएको छ । मेयर केशव कुमार श्रेष्ठको अध्यक्षता, राजन कुमार श्रेष्ठको संचालनमा भएको उदघाटन समारोहमा वडा नम्बर १ का अध्यक्ष तिलक बस्नेत, ईन्जीनीयर निकिता त्रिपाठी लगायतले मन्तब्य दिएका थिए । पुल संझौता अनुसार नै तोकिएको सयममा निर्माण भएको हो ।