नारद कोहार
कपिलबस्तु, असार १८
जिल्लामा विभिन्न अपराध गरी कानुनको दायराबाटउम्केको व्यक्तीलाई कानुनी दयरामा ल्याउने प्रहरी उपरिक्षक दान बहादुर कार्कीले बताउनुभएको छ । जिल्ला प्रहरी कार्यालय कपिलबस्तुमा हालै सरुवाभई आउनु भएका प्रहरी उपरिक्षक कार्कीले पत्रकार संगको अनर्तक्रिया कार्यक्रममा सो कुराबताउनु भएको छ ।
पुरान घटनाहरुलाई खोतलेर कानुन कार्यन्वयनकोमध्यमले कानुनी साशन स्थापना गर्ने, दण्डहिनता अन्त्य गर्ने, कानुनी साशनको स्थपना कानुनकार्यन्वयनबाट नै हुने प्रहरी उपरीक्षक कार्कीले बताए । त्यसैले कोही कतै लुकेर, भागेरधेरै त्यसले छल्न सक्दैन, राज्यभन्दा ठूलो व्यक्ति हुदैन भने कानुनको दयराबाटउम्केको व्यक्तिलाई हामीले विस्तारै कानुनी दयरामा ल्याउने प्रहरी उपरिक्षक दान बहादुरकार्कीले बताए ।
जिल्लामा शान्ति सुरक्षा अमन चयन कायम गर्न कार्ययोजना नै बनाएर काम गर्नु पर्ने बताएका छन् । आन्तरिक व्यवस्थापन, बाह्य व्यवस्थापन, अपराधनियन्त्रण, अपराध अनुसन्धान, नगरीक सुशासन लयायतको विषयलाई लिएर कार्य गर्ने उनलेबताएका छन् ।