काठमाडौं ।फोटो पत्रकार क्लब, नेपालले फोटो पत्रकार निमेषजङ राईमाथि लाठी प्रहार गर्ने प्रहरीमाथि कारवाही गर्न माग गरेको छ।
शनिबार काठमाडौंको मिनभवनमा भएको प्रदर्शनको फोटो खिँच्न पुगेका पत्रकार राईमाथि लाठी प्रहार भएको भन्दै क्लबले पत्रकारलाई आक्रमण गर्ने प्रहरीमाथि छानबिन गरेर कारवाही गर्न माग गरेको हो।
तस्बिर संकलन तथा सम्प्रेषण गरिरहेको पत्रकारमाथि पटकपटक नियोजित रुपमा प्रहरीले आक्रमण गरेको भन्दै क्लबका प्रवक्ता दिपेश श्रेष्ठले विज्ञप्ति सार्वजनिक गर्दै आपत्ति जनाएका हुन्।
शान्तिपूर्ण विरोध गर्न पाउनु र नागरिकको नैसर्गिक अधिकार रहेको स्मरण गराउँदै विज्ञप्तिमा चौथो अंगको मानिएको सञ्चार क्षेत्रमाथि हस्तक्षेप नगर्न सुरक्षा निकायसहित नेपाल सरकारलाई आग्रह गरिएको छ।