काठमाडौँ । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा बहस सकिएको छ ।
रिट निवेदक १४६ सांसद र विपक्षी राष्ट्रपति कार्यालय र प्रधानमन्त्रीका तर्फबाट बहस र जवाफी बहस सोमबार (आज) दिउँसो सकिएको हो ।
आज रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता हरिहर दाहाल, बद्रीबहादुर कार्की र शम्भु थापाले जवाफी बहस गरेका हुन् ।