काठमाडौ । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सुनुवाइ अन्तिम चरणमा पुगेका बेला निर्वाचन आयोगले मध्यावधि निर्वाचनको कार्यतालिका स्वीकृत गरेको छ । निर्वाचन आयोगले पहिलो चरणको निर्वाचनका लागि असोज २० गते उमेदवारी मनोनयन, असोज २५ गते अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका बनाएको छ ।
त्यस्तै, दोस्रो चरणका लागि असोज ३१ गते उम्मेदवारी मनोनय दर्ता, कार्तिक ५ गते उमेदवारको अन्तिम नामावली सार्वजनिक गर्ने आयोगको कार्यतालिकामा उल्लेख गरिएको छ । यस्तै दोस्रो चरणको निर्वाचनको उम्मेदवारी दर्ता असोज ३१ र कात्तिक १ मा गर्ने तयारी छ । ३१ गते संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने दलका उम्मेदवार र १ गते अन्य दल तथा स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गर्नुपर्ने तयारी छ ।
जेठ ७ गते मध्यरातमा प्रतिनिधिसभा भंग भएपछि सरकारले कात्तिक २६ र मंसिर ३ मा मध्यावधि निर्वाचन घोषणा गरेको थियो । त्यसविरुद्ध परेको रिटमा सर्वोच्च अदालतमा सुनुवाइ अन्तिम चरणमा छ ।