काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबिच भेटवार्ता सुरु भएको छ।
दुवै पक्षका वार्ता टोलीका सदस्यहरूबिच सिंहदरबारमा छलफलपछि बुधवार साँझ काठमाडौँको एक होटेलमा भेटवार्ता भएको हो।
पार्टी उपमहासचिव विष्णुप्रसाद पौडेल पनि भेटवार्तामा सहभागी छन्।
पार्टी एकताका लागि गठित कार्यदलले सहमतिको मस्यौदा बनाउँदै गर्दा दुई शिर्ष नेताहरु वार्तामा बसेका हुन् । दुई नेताबीच समझदारी भएको खण्डमा आजै संयुक्त वक्तव्य निकाल्ने तयारी पनि छ ।