काठमाडौं । सर्वोच्च अदालतबाट सोँचेको भन्दा अकिल ठूलो नै झड्का लागेपछि प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास गएका छन् । प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारी दुवैको राजनीति जीवनमा प्रतिूकल प्रभाव पर्ने गरी फैसला दिएको केहीबेरमै प्रधानमन्त्री ओली भण्डारीलाई भट्न शितल निवास पुगेका हुन्।
सोमबार बालुवाटारमा साँझ आयोजना गरेको एमाले स्थायी कमिटी बैठक लगत्तै सवा ६ बजे ओली शितलनिवास पुगेका हुन। ओलीले ७ जेठ मा दोस्रो पटक संसद विघटनका लागि गरेको सिफारिस राष्ट्रपति भण्डारीले तत्कालै अनुमोदन गरेकी थिइन्। अबको रणनीतिको विषयमा छलफल परामर्श गर्नको निम्ती ओली शीतल निवास गएको बताइएको छ । अन्य जानकारी दिइएको छैन ।
तर सोमबार सर्वोच्चले संसद ब्यूँताएको छ भने विपक्षी नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको छ। साथै सर्वोच्चले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने एमाले माधवकुमार नेपाल पक्षका सांसदलाई पनि ह्वीप नलाग्ने फैसला सुनाएको छ।