Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

नेपाल, जसले ओली सरकार ढाले

Author Avatar साझा न्यूज 13th July 2021 , 7:48 AM
नेपाल, जसले ओली सरकार ढाले

काठमाडौं : अदालतको आदेशबाट केपी ओली नेतृत्वको सरकार ढल्न पुगेको छ। शेरबहादुर देउवा प्रधानमन्त्री बन्दैछन्। आफ्नै अध्यक्षलाई पछारेर विपक्षी दलका सभापतिलाई उक्त पदमा पुर्‍याउन साथ दिने मुख्य नेता हुन् माधवकुमार नेपाल। एमाले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीचको अत्यन्त तिक्ततापूर्ण सम्बन्धले उक्त दल फुटको जोखिममा पनि पुगेको छ। यी दुई नेताबीच राजनीतिक सम्बन्धमा उतार–चढाव रहँदै आएको छ। नेपालले १५ वर्ष पार्टीको नेतृत्व गरेका थिए।

नेपालकै छत्रछायाँमा लामो समय रहेका ओलीले २०७१ को नवौं महाधिवेशनमा उनीसँगै प्रतिस्पर्धा गरेर नेतृत्व हात पारे। भारतद्वारा गरिएको नाकाबन्दीको प्रतिकारको नेतृत्व गरेका कारण ओलीको उचाइ बढ्दै गयो। उनकै नेतृत्वमा भएको स्थानीय निर्वाचनमा एमाले सबैभन्दा ठूलो पार्टीमा स्थापित भयो।

२०७४ को आम निर्वाचनमा ओलीकै नेतृत्वमा नेकपा माओवादी केन्द्रसँग चुनावी गठबन्धन गरेर नेपालमा कम्युनिष्ट शक्ति झण्डै दुईतिहाइ नजिक पुग्यो। २०७४ फागुन ३ मा ओली नेतृत्वमा दुईतिहाइ नजिकको सरकार बन्यो। २०७५ जेठ ३ मा एमाले र माओवादी केन्द्रको एकीकरण गरी नेकपा बन्यो।

यी सबै विषयमा ओली एकलौटी बढेको र आफूसँग छलफलै नगरेको भन्दै नेपालले असन्तुष्टि जनाउँदै गएका थिए। एकीकरणपछि सुरुवाती दिनमा नेकपाका अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल मिलेर गरेका हरेक निर्णयमा उनको आपत्ति रहँदै आयो। ओली र दाहालले चोचोमोचो मिलाएर आफूलाई किनारा लगाएको प्रतिक्रिया पनि उनको रहँदै आयो।

दोस्रो मृगौला प्रत्यारोपण पछि ओली र दाहालबीच अन्तरविरोध बढ्न थाल्यो। नेकपाभित्रै ओलीविरुद्ध नेपाल, दाहालसहितको गठबन्धन बन्यो। लिम्पियाधुरासहितको चुच्चे नक्सा सार्वजनिक भएर देशभर खुसियाली भइरहेको बेला दाहाल–नेपाल गठबन्धनले ओलीको राजीनामा माग्यो। यसले नेपाल र ओलीको तिक्कता अझ बढ्दै गयो।

नेकपा कालमा ओलीविरुद्ध १९ बुँद्धे आरोपपत्र दाहालले ल्याए। त्यसमा आफ्नो पनि समर्थन भएको भन्दै ओलीविरुद्ध नेपाल पनि लागे। २०७७ पुस ४ मा ओली सरकारविरुद्ध दाहाल–नेपाल गठबन्धनले अविश्वासको मत ल्याउने तयारी गर्‍यो। त्यो थाहा पाएर ओलीले पुस ५ मा प्रतिनिधिसभा विघटन गरे। पहिलो पटकको विघटनपछि ओली र नेपालबीचको तिक्तता सडकसम्म पुग्यो।

त्यसपछि नेपाल–दाहाल प्रतिगमन भन्दै ओलीको कदमविरुद्ध सडक उत्रिए। देशव्यापी प्रदर्शन गरे। ओलीले उनीहरूविरुद्ध कार्यकर्ता सडकमा उतारे। उनीहरूले सडकबाटै चार पटक ओलीलाई पार्टीको साधारण सदस्यबाट निष्कासन गरे। सडकबाटै माधव नेपाललाई पार्टीको अध्यक्ष घोषणा गरियो। ओली र नेपाल दुवै एकअर्काविरुद्ध तुच्छस्तरका गालीगलौजमा उत्रिए।  फागुन ११ मा प्रतिनिधिसभा पुनर्स्थापना भयो।

नेपाल र दाहालले खुसियाली मनाए। उता फागुन २३ मा नेकपा भंग गरेर एमाले र माओवादी केन्द्रलाई सर्वोच्चले बिउँत्याइदियो। नेपाल र दाहालले आ–आफ्ना पार्टीमा फर्कनुपर्ने बाध्यता भयो। माधव नेपालसहितले आफूलाई साधारण सदस्यबाट निकालेको तुस ओलीमा रहिरह्यो।  २०७७ फागुन २३ मा एमाले बिउँतिएपछि चार पटक मात्रै उनीहरूबीच भेटवार्ता सम्भव भएको छ।

दुवै पक्षले आफ्ना सामान्तर गतिविधि गरिरहे। नेपाल निरन्तर विपक्षी गठबन्धनसँग मिलेर ओलीलाई सत्ताच्युत गर्न लागिरहे। ओलीले नेपाललाई पटक–पटक कारबाहीको डण्डा चलाइरहे।

नेपालले विपक्षी गठबन्धनसँग मिलेर ओली नेतृत्वको सरकारविरुद्ध अभिव्यक्ति दिइरहे। दोस्रो तहको नेताको प्रयासमा एकताको कार्यदल बनेर काम अघि बढाउँदा पनि उनीहरूबीचको सम्बन्धमा सौहार्दता कायम भएन।

२०७८ असार २७ मा कार्यदलले १० बुँद्धे एकताको सहमति गरे। त्यसमा नेपालले भने अपनत्व ग्रहण गरेनन्। उनले तत्कालै अन्तुष्टिको प्रतिक्रिया दिए। सर्वोच्च अदालतले दोस्रो पटक गरेको प्रतिनिधिसभा पुनस्र्थापना र देउवा प्रधानमन्त्री बनाउन दिएको परमादेशको नेपालले स्वागत मात्रै गरेनन्, आफ्नै निवास नजिक विपक्षी गठबन्धनको बैठक बोलाए। ओलीलाई सत्ताच्युत गर्ने एक मात्र उद्देश्य पूरा भएको भन्दै उनले खुसी प्रकट गरे।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

राजपुरका ३९ अति विपन्न परिवारलाई निःशुल्क खानेपानीको धारा

राजपुरका ३९ अति विपन्न परिवारलाई निःशुल्क खानेपानीको धारा

नेपालले भारतको कुन भूमि मिच्यो जानकारी गराउन काँग्रेस सांसद बासना थापाको माग

नेपालले भारतको कुन भूमि मिच्यो जानकारी गराउन काँग्रेस सांसद बासना थापाको माग

भर्खरै प्रकाशित

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज