काठमाडौँ। निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बादल हटाएर फेरि सूर्य उदाउने दाबी गरेका छन् । सिंहदरबार छाड्नुअघि राष्ट्रका नाममा सम्बोधन गर्दै उनले यस्यो गरेका हुन् ।
‘बादलले एकछिन घामलाई छेक्न सक्ला तर सूर्यको प्रकाशलाई कसैले रोक्न सक्ने छैन्, एकछिन बादल लागेको छ, बादल हटेर फेरी सूर्य उदाउनेछ ।’
यसैबीच ओलीले आफू नेतृत्वको सरकार ऐतिहासिक रुपमा सफल भएको दावी पनि गरेका छन् ।
यस्तै ओलीले कार्यकर्तालाई धैर्य र संयम रहन आग्रह गर्दै भने, ‘म पार्टीका कार्यकर्ताहरूलाई धैर्य र संयम नगुमाउन र आत्मविश्वास कायम राख्न आह्वान गर्छु । मेरा लागि लोकतन्त्र जीविका होइन जीवन हो, हामीलाई बढीमा डेढ वर्ष प्रतिपक्षमा बसाउलान्, त्यसपछि त जनतामा जानैपर्ला, जनताबाट रोक्न कसले सक्छ ?’