Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

सुशासनको नारा दिएर कुशासन बढाइयो ः यादव

Author Avatar साझा न्यूज 9th September 2026 , 6:11 AM
सुशासनको नारा दिएर कुशासन बढाइयो ः यादव

oplus_2

कपिलवस्तु, भदौ २४ गते । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकारले सुशासन र विकासको नाममा जनतासँग मत मागे पनि व्यवहारमा त्यसको ठीक उल्टो काम गरिरहेको आरोप लगाउनुभएको छ।

जनता समाजवादी पार्टी नेपाल जिल्ला समिति कपिलवस्तुको आयोजनामा भएको अगुवा कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रममा अध्यक्ष यादवले मुलुकमा भ्रष्टाचार र कुशासन बढ्दै गएको तथा बिचौलिया सक्रिय रहेको बताउनुभयो।

उहाँले सरकार जनताका समस्या समाधान गर्न असफल भएको दाबी गर्दै गरिबी र बेरोजगारी बढेको बताउनुभयो। सीमा क्षेत्रमा बसोबास गर्ने नेपाली नागरिकले समेत विभिन्न किसिमका सास्ती खेप्नुपरेको उहाँको भनाइ थियो।

“सुशासनको नाममा कुशासन सुरु भएको छ,” अध्यक्ष यादवले भन्नुभयो, “जनताले सुशासन र आर्थिक विकास खोजेका छन् तर सरकारले त्यसअनुसार काम गर्न सकेको छैन।”

सरकारले युवाहरूको आवाज नसुनेका कारण विद्रोहको अवस्था सिर्जना भएको उहाँले बताउनुभयो। भ्रष्टाचार र कुशासनमा सरकार लिप्त भएका कारण जनतामा निराशा बढेको उहाँको आरोप थियो।

अध्यक्ष यादवले संविधान संशोधन आजको आवश्यकता भएको बताउँदै वर्तमान सरकारले संविधान संशोधनको विषयमा जनतासँग मत मागे पनि अहिलेसम्म त्यसतर्फ ठोस काम नगरेको आरोप लगाउनुभयो। उहाँले मुलुकको राजनीतिक प्रणालीलाई थप समावेशी, न्यायपूर्ण र प्रभावकारी बनाउन संविधान संशोधन आवश्यक रहेको बताउनुभयो।

प्राकृतिक विपत्तिबाट सहाराविहीन भएका नागरिकको संरक्षण राज्यले नै गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो। बाढीपीडित तथा विपत्तिबाट प्रभावित नागरिकलाई तत्काल राहतसँगै दीर्घकालीन पुनःस्थापना र संरक्षणको जिम्मेवारी सरकारले लिनुपर्ने उहाँको भनाइ थियो।

यादवले ठूला देशले गरेका गल्तीको असर नेपालजस्तो सानो देशले बेहोर्नुपरेको उल्लेख गर्दै पीडितका पक्षमा न्याय र क्षतिपूर्तिका लागि अन्तर्राष्ट्रिय तहमा आवाज उठाउनुपर्ने बताउनुभयो। यसका लागि संयुक्त राष्ट्रसंघमा समेत नेपालले जोडदार रूपमा आफ्नो धारणा राख्नुपर्ने उहाँले माग गर्नुभयो।

कार्यक्रममा जसपा नेपालका जिल्ला तथा स्थानीय तहका नेता तथा अगुवा कार्यकर्ताको सहभागिता रहेको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर

लुम्बिनी र गण्डकी प्रदेशमा मौसम पूर्ण बदली भई ठाउँठाउँमा पानी

आज यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

तौलिहवामा बजाजको ‘एक्सचेन्ज मेला’ हुने

तौलिहवामा बजाजको ‘एक्सचेन्ज मेला’ हुने

पिपरा प्रहरी कार्यालयको नेतृत्व पहिलोपटक महिला प्रहरी निरीक्षकले सम्हाल्ने

पिपरा प्रहरी कार्यालयको नेतृत्व पहिलोपटक महिला प्रहरी निरीक्षकले सम्हाल्ने

बाढीपीडितलाई ब्रह्माकुमारीको एक करोड एक लाख सहयोग

बाढीपीडितलाई ब्रह्माकुमारीको एक करोड एक लाख सहयोग

प्रहरीका १ सय ५० डीएसपी र ९५ एसपीको सरुवा

सामाजिक सञ्जालमार्फत अफवाह फैलाउनेविरूद्ध प्रहरी निर्मम

भर्खरै प्रकाशित

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर

मुस्ताङ भन्सारः ५६ करोड राजस्व सङ्कलन

मुस्ताङ भन्सारः ५६ करोड राजस्व सङ्कलन

लुम्बिनी र गण्डकी प्रदेशमा मौसम पूर्ण बदली भई ठाउँठाउँमा पानी

आज यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

तौलिहवामा बजाजको ‘एक्सचेन्ज मेला’ हुने

तौलिहवामा बजाजको ‘एक्सचेन्ज मेला’ हुने

सुशासनको नारा दिएर कुशासन बढाइयो ः यादव

सुशासनको नारा दिएर कुशासन बढाइयो ः यादव

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज