काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा शपथका लागि शीतलनिवास पुगेका छन् । राष्ट्रपति जारी गरेको विज्ञप्तिबारे विवाद भएपछि देउवा ढिला गरी शीतलनिवास पुगेका हुन् ।
देउवाले राष्ट्रपति कार्यालयलाई विज्ञप्ती नसच्याएसम्म शपथ नलिने बताएका थिए । पछि शीतल निवासले विज्ञप्ती सच्याउने भनेपछि देउवा शपथ लिन गएका हुन् ।
यसअघि उनलाई देउवालाई राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा नै उल्लेख नगरि नियुक्त गरेकी थिइन्। जसको आलोचना भएको थियो। पछि संविधानको धारा ७६ को (५) अनुसार नियुक्त गरिएको भन्ने पत्र पाएपछि देउवा शपथका लागि शीतलनिवास जान लागेका हुन्।
यसअघि राष्ट्रपति कार्यालयले साँझ ६ बजेका लागि शपथको समय तय गरेको थियो। अब केहीबेरपछि शथप हुनेछ।