काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको सरकारसँग नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले तीन बुँदे सहमति गर्ने भएको छ । आज बसेको नेकपाको सचिवालय बैठकले सहमति कार्यान्वयनका लागि सरकारसँग आग्रह गर्ने निर्णय गरेको हो ।
नेकपाका सचिवालय सदस्य धर्मेन्द्र बास्तोलाले यसअघिको सरकारसँग भएको तीन बुँदे सम्झौता कार्यान्वयनलगायत विषयमा पुनः एक पटक राजनीतिक भेटघाट गर्ने निर्णय सचिवालयले गरेको जानकारी दिनुभयो ।