काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षका युवाहरूले वरिष्ठ नेता माधव नेपालको घर घेर्ने तयारी गरेका छन् ।
नेता नेपालकै कारणले ओली नेतृत्वको सरकार बहिर्गमन भएको भन्दै ओली पक्षका युवाहरुले नेता नेपालको घर घेर्ने तयारी थालेका हुन् । युवाहरूले नेता नेपालको घर घेर्ने तयारी भइरहेपछि बाक्लो मात्रामा प्रहरी परिचालन गरेको छ ।
युवाहरूले आजै ओलीलाई बालुवाटारबाट बालकोट पुर्याएका थिए । युवाहरूले नेपाल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध कडा नारा लगाएका थिए ।
ओली पक्षकाको युवाहरुले कोटेश्वरमा नेता नेपालको पुतलासमेत जलाएका थिए । बालुवाटार छाडेर बालकोट पुगेका ओलीले पार्टीमा नेता नेपाललाई कुनै ठाउँ नभएको बताएका थिए ।