काठमाडौं । सरकारले प्रतिनिधि सभा राष्ट्रिय सभाको अधिवेशन साउन ३ गते बोलाउन सिफारिस गरेको छ ।
बिहीबार दिउँसो बसेको मन्त्रिपरिषद्को बैठकले संसदका दुवै सदनको अधिवेशन साउन ३ गते अपरान्ह ४ बजे बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको हो ।
निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले संसद विघटन गरेर रोकिएको प्रतिनिधि सभाको अधिवेशन सर्वोच्च अदालतले सोमबार पुनःस्थापना गरेसँगै पुनः सुचारू हुने भएको हो ।