काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक सिंहदरबारमा शुरू भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा गठबन्धनको बैठक शुरू भएको हो ।
बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, जसपा अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी लगायत उपस्थित छन् ।
बैठकमा मन्त्रालय बाँडफाँड, उच्चस्तरीय राजनीतिक संयन्त्र गठन लगायतका विषयमा छलफल हुने जनाइएको छ ।