Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

१५ मिनेट पनि नबसी फर्किए नेपाल पक्षका नेता

Author Avatar साझा न्यूज 16th July 2021 , 2:07 PM
१५ मिनेट पनि नबसी फर्किए नेपाल पक्षका नेता

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक चलिरहेका बेला बैठकस्थलमा पुगेका माधव नेपाल पक्षका नेताहरू आक्रोशित हुँदै फर्किएका छन् ।

बैठकमा पुगेको १५ मिनेट पनि नबसी उनीहरु फर्किएका हुन् । अध्यक्ष केपी शर्मा ओलीलाई उनीहरुले बैठक रोक्न भनेका थिए । बैठकमा वार्ता टोली संयोजक भीम रावलले अध्यक्ष केपी शर्मा ओलीसँग अनुमति लिएर बोलेका थिए ।

शुरूमा बोल्न समय माग्दा उपस्थिति र निर्णय पुस्तिकामा हस्ताक्षर गर्न भनिए पनि त्यसपछि रावलले बोलेका थिए । रावलले कार्यदलले काम गरिरहेको भन्दै पार्टी एकता जोगाउन अध्यक्ष ओलीलाई आग्रह गरेका छन् ।

रावलले स्थायी कमिटी बैठक र आजको संसदीय दलको बैठक रोकेर एकताको पहल गर्न आग्रह गरे पनि अध्यक्ष ओलीले बैठक कार्यसूची अनुसार अघि बढ्छ भनेपछि नेपाल पक्षका नेताहरु बाहिरिएका थिए ।

बैठकमा रावलसहित सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र भीम आचार्य गएका थिए ।

शुक्रबार बालकुमारीस्थित पुष्पलाल स्मृति प्रतिष्ठानमा ओलीले जारी राखेको बैठकमा छिरेर नेपाल पक्षका कार्यदल सदस्यहरुले बैठक रोक्न माग गरेका थिए। तर ओलीले बैठक अगाडि बढ्छ भनेपछि उनीहरु बैठकस्थलबाट बाहिरिएका छन्।

बैठकबाट बाहिरिने क्रममा नेता भीम रावलले पार्टी एकताका लागि बैठक रोक्न माग गरिए पनि अध्यक्ष ओलीले नमानेको बताए।

उनले भने,‘आज हामीले स्थायीसँगै संसदीय दलको बैठक नगर्न आग्रह गरेका थियौँ। ओलीजीले बैठकको पुस्तिकामा हस्ताक्षर गर्नुहोस् अनि बोल्नुहोस् भन्नु भएको थियो। तै पनि हामीले ४ देखि ५ मिनेट आफ्ना माग सुनायौँ। हामीले १० बुँदे सहमति कार्यान्वयन गरौँ भन्यौँ। एकता टुटाउने काम नहोस् भन्यौँ तर उहाँले मान्नु भएन।’

‘कार्यदलले जे सहमति गरेको छ, तदनुरूप बैठक बस्नुपर्छ । एमाले एकता खण्डित गर्नुहुँदैन, राष्ट्र अप्ठेरोमा छ यस्तो अवस्थामा एकता अघि बढाउन गम्भीर रूपमा सोच्नुस्, स्वयं पार्टी अध्यक्षले आफ्नो निवासमा सर्ने क्रममा दिएको अभिव्यक्तिले थप जटिलता थपेको छ हाम्रो यस्तो आग्रहमा ओलीले बैठक जारी राख्ने निर्देशन दिनुभयो’, रावलले जानकारी दिए ।

ओलीको अभिव्यक्ति र व्यवहारले एमाले पार्टी एकता जटिल बन्दै गएको रावलले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

सुशासनको नारा दिएर कुशासन बढाइयो ः यादव

सभामुखको निर्णय अवैधानिक भएको उपेन्द्र यादवको आरोप

उद्योग मन्त्रीमा  दीपककुमार साह सिफारिस

उद्योग मन्त्रीमा दीपककुमार साह सिफारिस

अस्पतालले भर्ना नलिएपछि सडकमा सुत्केरी भएको घटना संसदमा उठ्यो

अस्पतालले भर्ना नलिएपछि सडकमा सुत्केरी भएको घटना संसदमा उठ्यो

उद्याेगमन्त्री यादवकाे राजीनामा

उद्याेगमन्त्री यादवकाे राजीनामा

सुशासनको नारा दिएर कुशासन बढाइयो ः यादव

सुशासनको नारा दिएर कुशासन बढाइयो ः यादव

भर्खरै प्रकाशित

प्रधानमन्त्री राहत कोषमा १३ अर्ब ६८ करोड मौज्दात

प्रधानमन्त्री राहत कोषमा १३ अर्ब ६८ करोड मौज्दात

मन्दिरमा सुन चोर्ने छ जना भारतीय महिला पक्राउ

मन्दिरमा सुन चोर्ने छ जना भारतीय महिला पक्राउ

वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

लोप हुँदै भटमासखेती

लोप हुँदै भटमासखेती

सामाजिक सञ्जालमा महिलाको अश्लिल तस्बिर पोष्ट गरेको आरोपमा युवक पक्राउ

सामाजिक सञ्जालमा महिलाको अश्लिल तस्बिर पोष्ट गरेको आरोपमा युवक पक्राउ

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज