Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

टोकियो ओलम्पिकमा विजेता खेलाडी आफैले पदक लगाउनु पर्ने !

Author Avatar साझा न्यूज 16th July 2021 , 7:38 PM
टोकियो ओलम्पिकमा विजेता खेलाडी आफैले पदक लगाउनु पर्ने !

Medals for the Tokyo 2020 Olympic Games are unveiled during a ceremony marking one year before the start of the games in Tokyo on July 24, 2019. - Tokyo entered the final leg of its marathon Olympic preparations, marking a year until the 2020 Games open with officials promising a high-tech but eco-friendly event. (Photo by Behrouz MEHRI / AFP)

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी)का अध्यक्ष थोमस बाकले टोकियो ओलम्पिकमा वितरण गरिने ३३९ पदक समारोहको बारेमा विशेष खुलासा गरेका छन् । बाकले पदक विजेता खेलाडीहरूलाई कोरोना सङ्क्रमणबाट बचाउन आफैले पदक लगाउनुपर्ने खुलासा गरेका हुन् । टोकियो ओलम्पिक २३ जुलाईदेखि ८ अगस्तसम्म सञ्चालन हुँदैछ ।

अध्यक्ष बाकले एक कार्यक्रममा बोल्दै ‘टोकियो ओलम्पिकमा पदक खेलाडीको घाँटीमा लगाएर वितरण नगरिने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई जानकारी गराएका हुन् । बाकले भने- ‘यो पटक पदक ‘ट्रे’मा राखेर दिइनेछ, पछि विजेता खेलाडी खुद आफ्नो घाँटीमा पदक लगाउने छन् ।’ साथै ‘ट्रे’मा पदक राख्ने व्यक्ति किटाणुरहित ड्रेस लगाएर पदक ‘ट्रे’मा राख्ने सुनिश्चित गरिएको पनि बाकले जानकारी गराएका छन् । जसले पदकलाई कसैले छुन पाउने छैन ।

यतिबेला टोकियो ओलम्पिक २०२० मा कोरोना संक्रमणबाट बच्नको लागि विभिन्न उपायको अवलम्बन गर्दै सतर्कता अपनाइरहेको छ । सो अभियानअनुसार टोकियो ओलम्पिकमा सहभागी कुनै पनि पदाधिकारी र खेलाडीहरूले सभा-समारोहका दौरान हात मिलाउन र अङ्कमाल गर्न निषेध गरिएको छ । त्यस्तै पदक विजेता खेलाडी र समारोहका अधिकारीहरूले पनि अनिवार्य रूपमा मास्क लगाउनुपर्नेछ । विशेष गरेर ओलम्पिक पदक अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका सदस्य वा खेल सञ्चालकका शीर्ष पदाधिकारीद्वारा प्रदान गरिन्छ ।

टोकियो ओलम्पिकमा पुरानो मोबाइल फोन र विद्युत् उपकरणको पुनरावर्तित धातुबाट ओलम्पिक पदकको निर्माण गरिएको छ । विद्युत् उपकरणको पुनर्विकरणबाट बनेका काँचका पदक जस्ता देखिने टोकियो ओलम्पिक पदकको व्यास ८.५ सेन्टिमिटर रहेको छ । जसमा युनानकी देवी ‘नाइक’को तिस्बरसमेत रहेको छ ।

टोकियो ओलम्पिकमा पछिल्लो ओलम्पिक भन्दा फरक तरिकाले पदकको निर्माण गरिएको छ । यो पटक जसमा सुन, चाँदी र काँसको प्रयोग गरिएको छ । जुन जापानका जनताद्वारा दानमा दिएका ७९ हजार टनभन्दा अधिक प्रयोग गरिएका मोबाइल फोन र अन्य सानो उपकरणबाट निकालेर बनाइको हो ।

ओलम्पिक पदकको चर्चा गर्दा विभिन्न समय यसको परिवर्तितस्वरुप देखिएको छ । आयोजकले आफ्नो इच्छाअनुसार पदकको निर्माण गर्दै आफ्नो कला संस्कृति झल्काउँदै आएका छन् । खासगरी ओलम्पिकमा सुन, चाँदी र तामाको पदक दिँदै आइएको छ । तर सन् १९१२ मा स्टक होममा आयोजित ओलम्पिकमा अन्तिम पटक पूरै सुनले बनेको स्वर्णपदक खेलाडीलाई प्रदान गरिएको थियो ।

स्वर्ण पदक भने पनि त्यो पूरै सृुनले बनेको हुँदैन । त्यसमा सुनको लेपन मात्र प्रयोग गरिएको हुन्छ । आइओसीको निर्देशनअनुसार एउटा स्वर्ण पदकको निर्माणमा कम्तिमा ६ ग्राम सुनको प्रयोग गरिएको हुनुपर्छ । स्वर्णपदकमा धेरैजसो चाँदीकै हिस्सा हुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

डुंगा आक्रमणमा दुई जनाको मृत्यु

डुंगा आक्रमणमा दुई जनाको मृत्यु

रौतहटमा गोली चलाएको आरोपमा १६ जना पक्राउ

टेक्सासमा भएको गोली हानाहानमा, दुईजनाको मृत्यु

आशा जगाउने बजेट ल्याइन्छ :अर्थमन्त्री वाग्ले

आशा जगाउने बजेट ल्याइन्छ :अर्थमन्त्री वाग्ले

सुदूरपश्चिममा भूकम्पको धक्का

फिलिपिन्समा ६.० म्याग्निच्युडको भूकम्प

परराष्ट्रमन्त्री खनाल र ट्रम्पका विशेषत दूत सर्जियो गोरबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र ट्रम्पका विशेषत दूत सर्जियो गोरबीच भेटवार्ता

पाकिस्तानमा भएको आक्रमणमा नौ जनाको मृत्यु

पाकिस्तानमा भएको आक्रमणमा नौ जनाको मृत्यु

भर्खरै प्रकाशित

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज