प्रधानमन्त्री देउवाले सोमबार खोप केन्द्रहरूको अनुगमन गर्ने

प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार काठमाडौं उपत्यकाभित्रका विभिन्न खोप केन्द्रहरूको स्थलगत अनुगमन गर्ने भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति निकालेर सोमबार बिहान १० बजे प्रधानमन्त्री देउवा खोप केन्द्रमा जाने जानकारी दिएको छ।

शिक्षण अस्पताल, वीर अस्पताल, पाटन अस्पताललगायतमा पुगेर प्रधानमन्त्री देउवाले खोप केन्द्रको अनुगमन गर्ने भएका हुन्।आजै प्रधानमन्त्री देउवाले स्वास्थ्य सचिवलगायतलाई बोलाएर खोप केन्द्रहरू वृद्धि गर्न निर्देशन दिएका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर