काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओली सरकारले भ्रष्टाचार गर्दिन गर्न पनि दिन्न भन्नु भ्रष्टाचारको ढाकछोप गर्न बोलिएको बोली भएको समेत बताउनुभएको छ ।
प्रधानमन्त्री शेर बहादुर देउवाले विश्वासको मतको प्रस्ताव पेश गरेपछि त्यसको समर्थनमा बोल्दै उहाँले ओली सरकार भ्रष्टाचारमा डुबेको बताउनुभयो ।
दुई दुई पटक प्रतिनिधिसभा विघटन गर्ने जस्तो असंवैधानिक काम हुने पहिल्यै थाहा भएको भए गत चुनावमा एमालेसँग एकता र गठबन्धन गर्ने कुरै नहुने समेत बताउनुभयो ।
आफैले समर्थन गरेका नेताले असंवैधानिक काम गर्दा आफूलाई अप्ठ्यारो महसुस गरेको उहाँको भनाई छ ।
पुनःस्थापित संसदले निवर्तमान प्रधानमन्त्री केपी ओलीकै मुखबाट केही कुरा सुन्न चाहेको तर उहाँ नआउँदा अस्वभाविक महसुस भएको बताउँदै भन्नुभयो, मलाई अस्वभाविक महसुस भएको छ, यो लोकतान्त्रिक हो कि अलोकतान्त्रिक ।
उहाँले पहिलो पटक संसद विघटनको प्रयास गर्दा पार्टीमा झगडा भएको कारण विघटन गरेको भन्दै ओलीले अभिव्यक्ति दिएको भन्दै उहाँले पार्टीमा झगडा भएर संसद विघटन गर्ने व्यवस्था चलन कहाँ छ ? भन्दै प्रश्न समेत गर्नुभयो ।