सत्ता साझेदार नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक भोलि बुधबार बस्ने भएको छ। कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्न महत्वपूर्ण भूमिका खेलेको माओवादीले स्थायी कमिटीबाट मन्त्रीहरुको पनि टुंगो गर्ने योजना बनाएको छ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भोलि दिउँसो १ बजे केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्ने गरी स्थायी कमिटी बैठक बोलाएका हुन्।
आइतवार राति विश्वासको मत पाएका प्रधानमन्त्री देउवाले क्याबिनेट विस्तार तयारी थाल्दै गर्दा माओवादीले पनि सम्भावित मन्त्रीहरुको टुंगो गर्ने भएको हो। माओवादीको भागमा ६ उपप्रधानमन्त्रीसहित ६ वटा मन्त्रालय पर्ने छन्।
यसअघि माओवादीबाट अर्थमा जनार्दन शर्मा र ऊर्जामा पम्फा भुसालले जिम्मेवारी सम्हालिसकेकी छन्।