Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

काङ्ग्रेस नेता अमरेशले दिए सांसद पदबाट राजीनामा

Author Avatar साझा न्यूज 21st July 2021 , 7:19 PM
काङ्ग्रेस नेता अमरेशले दिए सांसद पदबाट राजीनामा

नेपाली काङ्ग्रेसका नेता एवम् प्रतिनिधिसभा सदस्य अमरेश कुमार सिंहले सांसद पदबाट राजीनामा दिएका छन् । महाधिवेशनको पूर्वसन्ध्यामा पार्टीको क्रियाशील सदस्यता वितरण, समायोजन र नवीकरणका क्रममा पार्टीभित्र उत्पन्न अवान्छित, अस्वाभाविक र भद्दा प्रवृत्तिले नेपाली काङ्ग्रेस चुस्त र गतिशील बन्ने मार्गमा अवरोध पैदा गरेको भन्दै सांसद सिंहले पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजीनामा पेश गरेका हुन् ।

आफ्नो राजीनामा पत्रमा नेता सिंहले विशेषतः प्रदेश नं. २ मा पार्टीका उपसभापति विमलेन्द्र निधिले अवलम्बन गरेको नीति र व्यवहारले चिन्ताजनक स्थिति उत्पन्न गराएको उल्लेख गरेका छन् । निधिको रवैयाकै कारण प्रदेशमा काङ्ग्रेस पार्टीको स्थिति रक्षात्मक अवस्थामा पुग्ने खतरा बढाएको र यस्तो स्थितिमा पार्टीको एक जिम्मेवार सदस्यका रूपमा आफूले विशेष निर्णय लिनुपर्ने भएको उनको जिकिर छ ।

पार्टीसभापति एवम् प्रधानमन्त्रीलाई सम्बोधन गर्दै लेखिएको राजीनामामा सांसद सिंहले भनेका छन्- ‘मधेसमा काङ्ग्रेसको प्रतिष्ठा र छवि रक्षा गर्दै ह्रासोन्मुख जनआस्था र विश्वास पुनर्स्थापना गर्न नागरिकको हैसियतमा मेरो भूमिका उपयोगी हुने भएकोले महामानव बीपी कोइरालाको स्मृति दिवसका दिन आजै प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा गर्दछु ।’

हेर्नुहोस् नेता सिंहको राजीनामा जस्ताको तस्तै-

मिति : २०७८ श्रावण ६

सम्माननीय शेरबहादुर देउवाज्यू
प्रधानमन्त्री एवम् सभापति, नेपाली काङ्ग्रेस

विषय : प्रतिनिधिसभाको सदस्य पदबाट राजीनामा ।

सभापतिज्यू,

नेपालमा कम्युनिष्ट नेतृत्वको सरकार असफल भएपछि नेपाली काङ्ग्रेसमा मुलुकका यावत समस्याहरूको समाधान खोज्ने चुनौती थपिएको महसूस मैले गरेको छु । सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाज्यूको नेतृत्वमा राष्ट्रिय जिम्मेवारी कुशलतापूर्वक पूरा हुने विश्वास काङ्ग्रेसका आम कार्यकर्ता र समर्थकहरूले गरेका छन् ।

स्वस्थ आन्तरिक जीवनसहितको गतिशील पार्टीले मात्र मुलुकका समस्याहरूको समाधानका द्वार खोल्न सक्ने भएकोले हाम्रा प्रयासहरू त्यसतर्फ केन्द्रीत हुनुपर्ने मेरो ठम्याइ छ । तर महाधिवेशनको पूर्वसन्ध्यामा पार्टीको क्रियाशील सदस्यता वितरण, समायोजन र नवीकरणका क्रममा पार्टीभित्र उत्पन्न अवान्छित, अस्वाभाविक र भद्दा प्रवृत्तिले नेपाली काङ्ग्रेस चुस्त र गतिशील बन्ने मार्गमा अवरोध पैदा गरेको छ । खासगरी प्रदेश नं. २ मा उपसभापति विमलेन्द्र निधिले अवलम्बन गर्नुभएको नीति र व्यवहारले चिन्ताजनक स्थिति उत्पन्न गराएको छ । विगत दुई दशकदेखि प्रदेशमा काङ्ग्रेसको एकछत्र नेताका रूपमा निधिको उपस्थिति रहनु र यही दुई दशकभित्र काङ्ग्रेसको प्रभाव तथा हैसियत ह्रासोन्मुख हुनुलाई संयोग मात्र मान्न सकिँदैन । निष्ठावान, गतिशील र पार्टीप्रति समर्पित पुराना तथा युवा साथीहरूलाई समेट्न नखोज्ने, विपरीत छविका र पार्टीसँग अपरिचित व्यक्तिहरूलाई मनोमानी तरिकाले क्रियाशील सदस्यता वितरण गरी समायोजन र नवीकरणका नाममा निजी जत्था तयार गर्ने कपटी प्रयास भइरहेको तर्फ म सम्माननीय सभापतिज्यूको ध्यानाकर्षण गराउन चाहन्छु । पार्टीलाई आफ्नो काबुमा राख्ने निहीत उद्देश्यबाट प्रेरित भइ नेतृत्व तहकै जिम्मेवार नेताबाट गैह्रजिम्मेवार ब्यवहार प्रस्तुत हुँदा आम निष्ठावान कार्यकर्तामा निराशा बढेको छ र, प्रदेशमा काङ्ग्रेस पार्टीको स्थिति थप रक्षात्मक अवस्थामा पुग्ने खतरा पनि पैदा गराएको छ । यस्तो स्थितिमा पार्टीको एक जिम्मेवार सदस्यका रूपमा मैले विशेष निर्णय लिनुपर्ने भएको छ ।

बीपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराई जस्ता आदर्श नेताहरूको मार्गदर्शनअनुरुप पार्टीलाई सुदीक्षित गर्नुपर्नेमा सिद्धान्तहीन, विचारहीन, अराजक भीडमा रुपान्तरण हुने दुःखद स्थिति उत्पन्न भएकोले एक जिम्मेवार सदस्यका रूपमा मैले आफ्नो विशिष्ट दायित्व पूरा गर्नुपर्ने अवस्था आएको महसूस गरेको छु । आफ्नो पार्टीका निष्ठावान कार्यकर्ताहरूको संरक्षण गर्नु मेरो प्राथमिक दायित्व हो । कार्यकर्ताहरूको संरक्षण र तिनको स्वाभिमानको रक्षा गर्न नसक्ने नेतृत्वबाट राष्ट्रहितको वृहत्तर दायित्व पूरा हुनेमा आशङ्का उत्पन्न हुनु स्वाभाविक हो र, यो पाटोलाई मैले गम्भीर ढङ्गले आत्मसात गरेको छु । त्यसैले प्रतिनिधिसभाको सदस्य पदबाट राजीनामा दिएर एक जिम्मेवार नागरिकका रूपमा जनहितको संरक्षण गर्न सक्रिय हुनु मेरो मूल कर्तव्य बनेको छ । मधेसमा काङ्ग्रेसको प्रतिष्ठा र छवि रक्षा गर्दै ह्रासोन्मुख जनआस्था र विश्वास पुनर्स्थापना गर्न नागरिकको हैसियतमा मेरो भूमिका उपयोगी हुने भएकोले महामानव बीपी कोइरालाको स्मृति दिवसका दिन आजै प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा गर्दछु । मेरो राजीनामालाई एउटा निष्ठावान र जिम्मेवार कार्यकर्ताको बाध्यकारी निर्णयका रूपमा ग्रहण गर्दै तत्काल स्वीकृत गरिदिनुहुनेछ भन्ने विश्वास लिएको छु । जय नेपाल !

डा. अमरेश कुमार सिंह
प्रतिनिधिसभा सदस्य
क्षेत्र नं. ४, सर्लाही

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

उत्कृष्ट कृषकलाई १ लाख रुपैया राशीको एग्रीवस्तु कृषि तारा पुरस्कार

उत्कृष्ट कृषकलाई १ लाख रुपैया राशीको एग्रीवस्तु कृषि तारा पुरस्कार

कपिलवस्तुमा बजार अनुगमन तीव्र, म्याद गुज्रेका सामग्री नष्ट

कपिलवस्तुमा बजार अनुगमन तीव्र, म्याद गुज्रेका सामग्री नष्ट

लुम्बिनी प्रदेशका सामुदायिक सिकाइ केन्द्रहरूको संयुक्त अनुगमन

लुम्बिनी प्रदेशका सामुदायिक सिकाइ केन्द्रहरूको संयुक्त अनुगमन

छात्र छात्राहरुमा स्वच्छता र सरसफाई अभियान

छात्र छात्राहरुमा स्वच्छता र सरसफाई अभियान

कांग्रेस नेता प्रजातन्त्र सेनानी अमृत चन्द्र ठाकुरको निधन

कांग्रेस नेता प्रजातन्त्र सेनानी अमृत चन्द्र ठाकुरको निधन

कपिलबस्तु नगरपालिका वडा नम्बर २ द्वारा १ सय ४३ कृषकलाई स्प्रे टंकी

कपिलबस्तु नगरपालिका वडा नम्बर २ द्वारा १ सय ४३ कृषकलाई स्प्रे टंकी

भर्खरै प्रकाशित

उत्कृष्ट कृषकलाई १ लाख रुपैया राशीको एग्रीवस्तु कृषि तारा पुरस्कार

उत्कृष्ट कृषकलाई १ लाख रुपैया राशीको एग्रीवस्तु कृषि तारा पुरस्कार

कपिलवस्तुमा बजार अनुगमन तीव्र, म्याद गुज्रेका सामग्री नष्ट

कपिलवस्तुमा बजार अनुगमन तीव्र, म्याद गुज्रेका सामग्री नष्ट

लुम्बिनी प्रदेशका सामुदायिक सिकाइ केन्द्रहरूको संयुक्त अनुगमन

लुम्बिनी प्रदेशका सामुदायिक सिकाइ केन्द्रहरूको संयुक्त अनुगमन

छात्र छात्राहरुमा स्वच्छता र सरसफाई अभियान

छात्र छात्राहरुमा स्वच्छता र सरसफाई अभियान

कांग्रेस नेता प्रजातन्त्र सेनानी अमृत चन्द्र ठाकुरको निधन

कांग्रेस नेता प्रजातन्त्र सेनानी अमृत चन्द्र ठाकुरको निधन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज