Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

राष्ट्र बैंकसहितका १५ वटा बैंक ह्याक गर्ने चेतावनीपछि बैंकिङ्ग क्षेत्र तरंगित

Author Avatar साझा न्यूज 22nd July 2021 , 12:18 PM
राष्ट्र बैंकसहितका १५ वटा बैंक ह्याक गर्ने चेतावनीपछि बैंकिङ्ग क्षेत्र तरंगित

काठमाडौं । नेपालका १५ वटा बैंकहरुको सिस्टम ह्याक गर्ने चेतावनीसहितको सूचना आएपछि हंगामा मच्चिएको छ ।

नेपाल राष्ट्र बैंक, कुमारी बैंक, नेपाल बैंक, नविल बैंक, राष्ट्रिय बाणिज्य बैंक, माछापुछ्रे, एमएमबी, एनआसी एसिया,बैंक अफ काठमाडौं, सिटिजन, सानीमा, एसबीआइ, एभरेस्ट, नेपाल इन्भेस्टमेन्ट, हिमालयन बैंकको सिस्टम ह्याक गरेर ठूलो क्षति पुर्‍याउने चेतावनी इमेल र फोन मार्फत आएको हो।

नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकाल, सहप्रवक्ता नारायण पोखरेलसहितका उच्च अधिकारीलाई बैंकहरुको सिस्टम ह्याक गरि रकम लैजाने चेतावनीयुक्त मेज आएपपछि तरंग मच्चिएको छ ।

राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले इमले र फोनमा सानो म्यासेज आएको बताउँदै भन्नुभयो, धम्की भन्दा पनि सानो म्यासेज आएको थियो, म्यासेज आउनासाथ हामीले रातिनै सबै डेटाहरु चेक गर्‍यौं। त्यस्तो आतंकित हुनुपर्ने केही छैन।

अहिलेपनि आफूहरुले सिस्टम लाई सुक्ष्मरुपमा हेरिरहेको उहाँको भनाइ छ।

प्रवक्ता ढकालले आफूहरुलाई प्राप्त भएको सूचनाबारे बैंक र अन्य सम्बन्धित निकायलाई जानकारी दिएको बताउनुभयो। उहाँले भन्नुभयो, हामीले हिजै यसबारे बैंकहरुलाई र अन्यपक्षलाई पनि सूचना दिइसकेका छौं। उहाँहरुले पनि आफ्नो ठाउँबाट सुरक्षा अपनाउने काम गरिरहनु भएको छ। त्यसैले हल्लाहरुको पछि लाग्नुपर्ने आवश्यकता छैन ।

ह्याक गर्ने चेतावनी दिइएको म्यासेजमा ठूलो क्षति रोक्नका लागि सबै शाखा ४८ घन्टा बन्द गर्न भनिएको छ भने पत्रलाई सामान्यरुपमा नलिन चेतावनी दिइएको छ।

राष्ट्र बैंकका अधिकारीहरुलाई बैंक ह्याक गर्ने चेतावनीयुक्त म्यासज आएको भएपनि नेपाल प्रहरीले भने आफूहरुलाई यसबारे केही जानकारी नआएको बताएको छ।

यता राष्ट्र बैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेलले त्यस्तो धम्की दिनेको पहिचान गर्न आइटी डिपार्टका कर्मचारी खटिसकेको र प्रहरीको सहयोग जरुरत परेमा लिने बताउनुभयो ।

‘भाइबरमा यस्ता फेक सूचना आएका रहेछन्, यस्तो काम गर्नेको खोजी भइरहेको छ,’ उहाँले भन्नुभयो, ‘कुनै ह्याकरले इमेल गरेको पनि होइन। यो त भाइबरमा आएको फेक धम्की हो। प्रहरीको सहयोगमा यस्तो सूचना पठाउनेको खोजी गरिँदैछ।’

उहाँले ह्याकरले बाजा बजाएर ह्याक नगर्ने पनि बताउँदै भन्नुभयो, ‘कसैले बाजा बजाएर सिष्टम ह्याक गर्ने हो र ? यसबाट आतंकित हुनु पर्दैन’।

भाइबरमा आएको मेसेजमा राष्ट्र बैंकसहित १५ बैंकको सिष्टम २४ घन्टाभित्र ह्याक गर्ने धम्की थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

भर्खरै प्रकाशित

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज