Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

मुख्य नाका ठप्प‚ चोरबाटोमा भीड, प्रहरी भन्छ- रोकेका छौँ

Author Avatar साझा न्यूज 22nd July 2021 , 8:15 PM
मुख्य नाका ठप्प‚ चोरबाटोमा भीड, प्रहरी भन्छ- रोकेका छौँ

–सुमन सुस्केरा, विराटनगर 

भारतबाट नेपालतर्फ आउँदै गरेका रहिम अन्सारी आफन्तको पर्खाइमा नेपाल-भारत सीमा क्षेत्र मटेरुवाको सडक किनारको एउटा घर नजिकै थकाइ मार्दै थिए । भारतबाट नेपालमा आफन्तको घरमा पाहुना लाग्न आएका रहिमको घर भारतको झिरुवा सिम्राहा हो । आफन्त सीमा नाकामा लिन आउने भन्दै पर्खिएर बसेका उनलाई आफन्त कति बजे आइपुग्छन् भन्ने पत्तै थिएन ।
उनी भन्दै थिए‚ ‘विराटनगर- २२ मा हो मेरो आफन्तको घर ।’ उनले भनेको त्यो वडा यसअघि विराटनगर उपमहानगरपालिका हुँदाको बेलाको हो । उनलाई नेपाल प्रवेश गर्न लाग्दा न कसैले केही सोध्यो‚ न त परीक्षण नै भयो । खुलेयाम उनी सहजै नेपाल प्रवेश गर्न पाए । केही समयपछि उनका आफन्त आएर उनलाई घरसम्म लिएर गए । उनी त भारतबाट पाहुना लाग्नका लागि आएका एउटा पात्रमात्र हुन् ।

यसरी परीक्षण नै नगरी नेपालमा बस्नेगरी आउने धेरै मनिसको मटेर्वा नाकाबाट आउजाउ हुन्छ । निक्कै ठूलो भीड यो नाकामा छ । मूल नाकाबाट छिर्न नदिइएपछि जोगवनी नाकामा बसेको प्रहरीले नै घुमेर यो नाकाबाट जान भनेको भारतको सुपौलबाट आएका सुग्रिव साहले बताए ।

नाकाको वास्तविकता
विराटनगर- १७ रानीको मुख्य नाकाबाट पूर्व लागेपछि एउटा चोक आउँछ‚ जहाँ मटेर्वा चोक छ । मटेर्वा चोकमा केही प्रहरी देखिन्छन् । त्यहाँ सिटी, टेम्पो तथा मोटरसाइकल पनि राखिएको छ । जहाँ भारतबाट सामान लिएर आएकाहरूलाई प्रहरीले अन्तिम चेकजाँच गर्छ । त्यहाँबाट पश्चिम जाने बाटो आउँछ‚ त्यो बाटोमा मोटरसाइकललाई सहजै जान दिइन्छ ।

अगाडि एउटा ढाट आउँछ तर‚ त्यहाँको ढाटमा प्रहरी छैनन्, आउने जानेले बाँसलाई उठाएर गाडी वारपार गराउँदै थिए । त्यो ढाटको छेउछाउमा पनि थुप्रै मोटरसाइकलहरु पार्किङ गरिएको थियो । त्यो ढाट पार गरेपछि १५ मिटरको बिचमा पर्ने अस्थायी प्रहरी पोस्ट मटेरुवामा केही नेपाल प्रहरीहरू आफ्नो काममा व्यस्त भएको देखिन्थे । त्यहाँ नेपालबाट भारत जानेलाई सोधीखोजी गरिएको थिएन भने भारतबाट आएकाहरूले ल्याएको सामान छाम्दै पठाउँदै गरिएको थियो ।
त्योभन्दा अघि दशगजा नजिकै भने बाँसको अर्को ढाट तेर्स्याइएको थियो‚ त्यहाँ भने नेपाल प्रहरी र सशस्त्र प्रहरी उभिनेमात्र काम हुन्थ्यो । न भारत जानेलाई केही सुझाव दिन्थे‚ न नेपाल आउनेलाई नै । उनीहरूको काम सामान छाम्ने र त्यसबाट केही लाभ लिनेमा केन्द्रित देखिन्थ्यो ।

स्थानीय प्रहरी प्रशासनले कडाइ गरेको भनेको सीमा क्षेत्रको अवस्था पहिलाको सीमा खुल्ला रहेको बेलाको भन्दा कुनै कमी थिएन । अस्थायी प्रहरी पोस्ट अगाडि ड्युटीमा रहेका प्रहरी जवान बीबी खड्काले मानिसहरुको आवत जावतको फोटो खिच्दै गरेका पत्रकारलाई गाली गरेर रोके । उनले भिडिओ खिचेको भन्दै डिलिट गर्न भन्दै दबाब दिएका थिए । पछि पत्रकार हो भनेर कार्ड देखाएपछि उनले छाडे ।

मुख्य नाका सुनसान‚ चोरबाटोमा भीड
कडाइ गरिएको भनिएका चोर नाकाहरू पहिलाकै अवस्थामा फर्किएका छन् । सीमा नाकामा प्रहरी छन् तर रमितेमात्र । गतचैतमा भारतमा कोरोनाको दोस्रो लहरका कारण नेपालमा पनि त्यसको संक्रमण बढ्न सक्ने भन्दै कडाइ गरिएको थियो । पछिल्लो दिनमा लकलडाउन खुकुलो भएसँगै अहिले सीमाबाट खुलेयाम रुपमा सर्वसाधारणलाई आउजाउ दिन थालिएको छ।
विराटनगरको मुख्यनाका रानी सुनसान रहेको भएपनि करिब १ किलोमिटिरको दुरीमा रहेको मटेर्वानाकाबाट दैनिक एकलाख बढीको आउजाउ हुने गरेको स्थानीय बताउँछन् ।

मटेर्वा नाकालाई मुख्य नाका मानेर जाने र आउनेलाई कुनै चेकजाँच भएको छैन भने को आयो‚ को गयो सुरक्षा निकायले चासो नदिने गरेको स्थानीयको भनाइ छ। सीमानाकाबाट हुने आवतजावतले गर्दा नेपालमा कोरोना संक्रमणदर बढ्ने आकलन गर्न थालिएको छ। दैनिक लाखौंको संख्यामा हुने आवतजावतलाई कडाइ गर्नेबारेमा प्रहरी प्रशासनको तर्फबाट कुनै कडाइ नभएको स्थानीय बताउँछन् ।

भर्खरै सरुवा भएर आएका मोरङका एसपी जनार्दन जिसीले सीमानाकामा कडाइ गरिएको दाबी गरेका छन् । माथिको निर्णयअनुसार यहाँको सीमानाकालाई कडाइ गरिएको उनको दाबी छ । डीसीसीएमसीको बैठकले सीमा नाकालाई खुलाउने बारेमा निर्णय गरेर सिफारिस गरेको उनले मकालुखबरलाई बताए । हामीले कसैलाई आउन दिएका छैनौंँ भनेर दाबी गरेका एसपी जिसीले उनी आएसँगै सीमानाका खुकुलो बनाइएको प्रहरी स्रोत नै बताउँछ । एसपी जिसीले भोलिदेखि नै कोही कसैलाई आउजाउ गर्न नदिने दाबी गरे । यसअघिका एसपी सन्तोष खड्काको सरुवा भएसँगगै नाका खुकुलो भएको हो ।

सेटिङमा चलेका नाका
भारतमा कोरोनाको दोस्रो लहरका कारण सीमानाका ठप्प गर्ने भनियो, तर प्रहरी प्रशासनले कडाइ नै गर्न सकेन । मुख्य नाकाबाट आउजाउ त देखावटी रुपमा बन्द भए नै‚ तर नजिकैका नाकाहरूबाट आउने-जाने क्रममा आँखा छलेरै भएपनि निरन्तर नै भए । नेपालमा लकडाउनका कारण नागरिक घरभित्र भएका बेला पनि भारतीय सीमानाकाबाट नेपाल प्रवेश गर्नेको संख्यामा कमी देखिए पनि रोकिएन ।

कोरोनाको दोस्रो चरणको महामारी बढ्दै जाँदा सीमानाकाबाट आउनेको संख्या कहालीलाग्दो देखेपछि प्रदेश १ की सामाजिक विकासमन्त्री उषाकला राई नाकामा नै पुगेकी थिइन् । प्रहरी प्रशासनले कडाइ गरेको भन्ने तर सीमाबाट आउजाउको क्रम नरोकिनुले त्यसको असर नेपालमा देखिएको थियो । त्यसमा पनि मुख्यरुपमा सीमा क्षेत्र विराटनगरमा देखिएको थियो ।

विराटनगरमा कोरोनाको दर दैनिक झण्डै ४ सयको हाराहारीमा पुगेको थियो । स्थानीय प्रत्यक्षदर्शीका अनुसार कोही पत्रकार, मन्त्री वा ठुला मन्त्रालयका व्यक्ति आउँदा कडाइ गरेको जस्तो देखिएपनि उनीहरू जानेबित्तिकै प्रहरीले खुल्लै छाड्ने गरेका छन् । भारतमा कोरोनाको तेस्रो भेरियन्ट शुरु भएको अवस्थामा सीमा नाकामा अहिलेदेखि नै कडाइ नगर्ने हो भने अवस्था फेरि भयावह हुनसक्ने आकलन गर्दै पहिला नै सतर्कता अपनाउने विषयमा कतैबाट पनि पहल भएको देखिँदैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

करदाता सेवा कार्यालय खारेजी रोक्न जसपाको माग

करदाता सेवा कार्यालय खारेजी रोक्न जसपाको माग

भेटनरी अस्पताल तथा पशु सेवा केन्द्र र कृषि ज्ञान केन्द्रका कार्यक्रम सार्वजनिक

भेटनरी अस्पताल तथा पशु सेवा केन्द्र र कृषि ज्ञान केन्द्रका कार्यक्रम सार्वजनिक

दुर्घटना रोक्न ट्राफिक सचेतना

दुर्घटना रोक्न ट्राफिक सचेतना

सुनको मूल्य तोलामा ११ सय रुपैयाँले घट्यो

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

आउँदो पुसमा राष्ट्रिय लिग र अर्को वर्ष ‘ए’ डिभिजन लिग हुने

आउँदो पुसमा राष्ट्रिय लिग र अर्को वर्ष ‘ए’ डिभिजन लिग हुने

ट्याक्टर दुर्घटनामा एकको मृत्यु, दुई घाइते

अटो ठोकिँदा एकको मृत्यु, दुई घाइते

भर्खरै प्रकाशित

करदाता सेवा कार्यालय खारेजी रोक्न जसपाको माग

करदाता सेवा कार्यालय खारेजी रोक्न जसपाको माग

भेटनरी अस्पताल तथा पशु सेवा केन्द्र र कृषि ज्ञान केन्द्रका कार्यक्रम सार्वजनिक

भेटनरी अस्पताल तथा पशु सेवा केन्द्र र कृषि ज्ञान केन्द्रका कार्यक्रम सार्वजनिक

दुर्घटना रोक्न ट्राफिक सचेतना

दुर्घटना रोक्न ट्राफिक सचेतना

सुनको मूल्य तोलामा ११ सय रुपैयाँले घट्यो

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

भैरहवा भन्सारबाट तीन महिनामा २७ अर्ब ७५ करोड राजस्व सङ्कलन

भैरहवा भन्सारबाट तीन महिनामा २७ अर्ब ७५ करोड राजस्व सङ्कलन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज