Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

भूमि समस्या समाधान आयोग खारेज नगर्न प्रजिअलाई अनुरोध पत्र


भूमि समस्या समाधान आयोग खारेज नगर्न प्रजिअलाई अनुरोध पत्र

कपिलबस्तु, साउन ८
राष्ट्रिय भुमि अधिकार मञ्च नेपाल कपिलवस्तुले जिल्ला प्रशासन कार्यलय तौलिहवामा अनुरोध पत्र बुझाएको छ । शुक्रबार राष्ट्रिय भुमिअधिकार मञ्च नेपाल कपिलवस्तुले जिल्ला प्रशासन कार्यलय प्रमुख चक्रपाणी पाण्डेलाई अनुरोध पत्र बुझाएको हो । २०७८ साउन ३ गते प्रधानमन्त्री शेर बहादुर देउवाले विश्वासको मत प्राप्त भएको समाचारसंगै सरकारले भूमि सम्बन्धी समस्या समाधान आयोग खारेज गर्न लागेको समाचार आएपछि सुकुम्बासी जनतालाई निकै दुखी बनाएको छ ।
पुस्तौँदेखि भुमि समस्या भुमिहीन दलित, सुकुम्बासी र वर्षौदेखि भोगचलनमा रहेको जग्गालाई आफ्नो भन्ना नपाएका अव्यस्थित बासोबासीहरुको आशा अपेक्षा निराशमा बदलिएको छ । स्थानीय तहमार्फत लगत संकलनदेखि जग्गा नाप जाँचका काम समेत भइरहेको अवस्थामा आयोग खारेज गर्न लागेको १७ लाख भुमि अधिकारबाट वञ्चितहरुप्रति सरकारले विभेद गरेको छ ।
भुमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासी समस्या समाधान गर्ने राष्ट्रिय भुमिअधिकार मञ्च,नेपाल कपिलवस्तुका अभियन्ता थर्क बहादुर खन्गहाले बताउनु भएको छ । देशभर लगत संकलनको कार्य अन्तिम अवस्थामा पुगेको र नाप नक्सा कार्य भइरहेको कामले गति लिइरहेको अवस्थामा सो कार्यले निरन्तरता पाउने सुनिश्चितता नगरी भुमि समस्या आयोग नै विघटन गर्न उचित नहुने विशेष अनुरोध पेश गरेको राष्ट्रिय भुमिअधिकार मञ्च, नेपाल कपिलवस्तका अध्यक्ष निर्पत थारुले बताउनुभएको छ ।
विगतमा भुमिहीन सुकुम्बासीको समस्या समाधानका लागि १४ वटा आयोग भए पनि लक्ष्य अनुसार काम सम्पन्न नहुँदै विघटन भएको हो । तर यसपटक देशभरका समस्या समाधानका लागि ३ वर्षको अवधी तोकिएको र २ वकर्षको अवधी थप्न सकिने प्रावधान भएको आयोगले काम गर्न सक्ने छ भन्ने आपेक्ष थियो । तर बिना विकल्प सरकारबाट आयोग खरेजीको प्रस्ताव आएकोले भुमिहीन सुकुम्बासीहरुले आफ्नो प्रश्न सम्बोधन नगर्ने योजनाको रुपमा लिएका छन् ।
भुमिहीन सुकुम्बासीको जग्गा प्राप्त गर्ने वा भोग चलनमा आएको जग्गा दर्ता हुने आशामा १५ औँ पटक निवेदन पेश गरेका छन् । विगतमा भएका नीतिगत व्यवस्था, लगत संकलन, प्रविष्टिकरण र जग्गा नाप जाँचका प्रक्रियालाई निरन्तरता दिने र चालु आर्थिक वर्षमा भुमिहीन दलित, भुमिहीन सुकुम्बासी, जग्गाधनी प्रमाण पत्र प्राप्त गर्ने राष्ट्रिय भुमिअधिकार मञ्च नेपाल कपिलवस्तुले माग गरेको छ ।
कपिलवस्तुका १० ओटै पालिकाहरुका भुमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासी समस्या समाधानका संयोजक तथा प्रतिनिधिहरुको उपस्थितिमा अनुरोध पत्र बुझाइएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

फूलखेतीबाट मासिक ३५ हजार आम्दानी

फूलखेतीबाट मासिक ३५ हजार आम्दानी

संघीयताको खारेजी अहिले असम्भव : प्रदेश प्रमुख शेरचन

संघीयताको खारेजी अहिले असम्भव : प्रदेश प्रमुख शेरचन

प्रदेश-१ का हिमाली जिल्लाका एक/दुई ठाउँमा हल्का हिमपातको सम्भावना

प्रदेश-१ का हिमाली जिल्लाका एक/दुई ठाउँमा हल्का हिमपातको सम्भावना

एक महिना लामो स्वस्थानी व्रत आज समापन गरिँदै

एक महिना लामो स्वस्थानी व्रत आज समापन गरिँदै

सरकारमा रहने वा बाहिरिने भन्ने निर्णय गर्न राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक बस्दै

सरकारमा रहने वा बाहिरिने भन्ने निर्णय गर्न राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक बस्दै

रास्वपाले बोलायो आकस्मिक बैठक

रास्वपाले बोलायो आकस्मिक बैठक

भर्खरै प्रकाशित

फूलखेतीबाट मासिक ३५ हजार आम्दानी

फूलखेतीबाट मासिक ३५ हजार आम्दानी

संघीयताको खारेजी अहिले असम्भव : प्रदेश प्रमुख शेरचन

संघीयताको खारेजी अहिले असम्भव : प्रदेश प्रमुख शेरचन

प्रदेश-१ का हिमाली जिल्लाका एक/दुई ठाउँमा हल्का हिमपातको सम्भावना

प्रदेश-१ का हिमाली जिल्लाका एक/दुई ठाउँमा हल्का हिमपातको सम्भावना

एक महिना लामो स्वस्थानी व्रत आज समापन गरिँदै

एक महिना लामो स्वस्थानी व्रत आज समापन गरिँदै

राष्ट्रिय सभाको उपाध्यक्षका लागि आज मनोनयन : सत्ता गठबन्धनबाट अर्यालले उम्मेदवारी दिने

राष्ट्रिय सभाको उपाध्यक्षका लागि आज मनोनयन : सत्ता गठबन्धनबाट अर्यालले उम्मेदवारी दिने

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि