नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले प्रधानमन्त्री नियुक्त भएर विश्वासको मत लिने क्रममा आफ्नो सरकारको पहिलो प्राथमिकता कोभिड-१९ को महामारीबाट नागरिकलाई जोगाउनु भनेर दिएको अभिव्यक्तिले देउवा सरकारप्रति केही आशा जगाएको छ । विश्वासको मत लिने क्रममा प्रधानमन्त्री देउवाले आफ्नो सरकारको पहिलो प्राथमिकता कोभिड-१९ को महामारीबाट नागरिकलाई जोगाउनु भएको बताएका थिए। उनले भने -“अहिलेको पहिलो प्राथमिकता खोप, दोस्रो प्राथमिकता खोप र तेस्रो प्राथमिकता खोप। तीनवटा प्राथमिकता खोप, खोप, खोप। जिन्दगी बचाउनु सबैभन्दा ठूलो कुरा हो। हाम्रो प्राथमिकता भनेको खोपबाहेक अरू केही छैन।” प्रधानमन्त्री देउवाले गरेको यो प्रतिबद्धता कार्यान्वयन गर्नसक्ने हो भने देउवा सरकार लोकप्रिय बन्नेछ र आगामी निर्वाचनमा समेत आफ्नो सरकार स्थापना गर्न सक्नेछ ।
हालैमात्र देशको ४३ औं प्रधानमन्त्री बन्ने अवसर प्राप्त गरेका शेरबहादुर देउवा यो संगै ५ पटक प्रधानमन्त्री बनेका छन् । यसअघि प्रधानमन्त्रीका रूपमा देउवाका पनि ‘रेकर्ड’ सकरात्मक नभएपनि यसपल्टको उनको प्रधानमन्त्री नियुक्ति विशेष रहेको छ भने प्रधानमन्त्री देउवा स्वंयलाई समेत आफू र आफ्नो पार्टीप्रती थप उत्तरदायित्व बढाएको छ । यसपटक देउवालाई लोकप्रिय बन्ने धेरै अवसर छन् ।
निवर्तमान प्रधानमन्त्री ओलीको आफ्नै पार्टीभित्रको विभाजनका कारण शेरबहादुर देउवा प्रधानमन्त्री बनेका हुन्। ओलीको आलोचितपुर्ण कार्यकालको समाप्तीसंगै सुरु भएको देउवाको कार्यकाल अबको आगामी निर्वाचनमा समेत आफ्नो मत सुरक्षित राख्न सक्ने धेरै मौका मिलेको छ । ओली आफ्नै पार्टीभित्र एकता कायम नगर्न सक्दा पदच्युत्त हुनुपरेको कुरालाई प्रधानमन्त्री देउवाले मनन गर्दै आफ्नो पार्टीभित्र एकता कायम गर्नतर्फ ध्यान दिनुपर्ने देखिन्छ ।
प्रधानमन्त्री देउवालाई बधाई दिनेको अहिले ओइरो छ । उनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतबाट बधाई दिने क्रम बढिरहेको छ । बधाई दिनेको भिड देखेर पनि यो प्रष्ट हुन्छ कि अब प्रधानमन्त्री शेर बहादुर देउवाले जनहितको काम गर्न ढिला गर्नुहुन्न । विगतका कार्यकालमा गरेका गल्ती मनन गर्दै आगामी कार्यकालका लागि जनहितमा काम गर्दै जनताको मन जित्न सक्ने काम गरेर देखाउनुपर्ने जिम्मेवारी बढेको छ । प्रधानमन्त्री देउवालाई सबैभन्दा ठुलो चुनौती काँग्रेसभित्रैबाट भइरहेको यथार्थ जगजाहेर नै छ । यो अवस्थामा नेपाली कांग्रेसमा समेत विभाजन हुन सक्दैन भनेर भन्न सकिने अवस्था छैन । प्रधानमन्त्री देउवाले यो अवस्थामा अझ बढी शसक्तरुपमा सबैलाई मिलाएर अगाडि बढ्नुपर्ने देखिएको छ ।
प्रधानमन्त्री देउवालाई लोकप्रिय बन्ने अर्को अवसर यति बेला निकै चर्चामा रहेको एमसिसी सम्झौताबाट हात झिक्नु पर्छ। नेपालका लागि घातक मानिएको एमसिसी सम्झौता कार्यान्वयन हुन बाट रोक्नु प्रधानमन्त्री देउवाको लोकप्रिय हुने अर्को अवसर मिल्ने देखिन्छ ।
दुईतिहाई बहुमत प्राप्त कम्युनिस्ट सरकारका नेतृत्वकर्ता ओलीले आफ्नो पदबाट कसरी हट्नुपर्यो ठिक त्यसरी नै प्रधानमन्त्री देउवा पनि आफ्नो पदबाट हट्नु पर्ने अवस्था आउन सक्दैन भन्ने कुनै शंका छैन । तसर्थ प्रधानमन्त्री देउवाले आफ्नो पदको प्रयोग जनहितमा समर्पित गर्नुपर्ने देखिन्छ । कोरोना खोप सबै नेपालीमा लगाउने र देश र जनहितमा काम गर्दै जनताको मन जित्न सफल हुनुपर्दछ । अनि मात्र देउवा सरकार सफल साबित हुनेछ । प्रधानमन्त्री देउवाले आफू र आफ्नो पार्टी मजबुत बनाउन एकतातर्फ ध्यान दिदै जनताको मन जित्न सक्नुपर्दछ । यहि नै देउवा सरकारको लोकप्रिय हुने अवसर हो ।