Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

प्रम देउवालाई चुनौती र अवसर

Author Avatar साझा न्यूज 25th July 2021 , 7:45 PM
प्रम देउवालाई चुनौती र अवसर

नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले प्रधानमन्त्री नियुक्त भएर विश्वासको मत लिने क्रममा आफ्नो सरकारको पहिलो प्राथमिकता कोभिड-१९ को महामारीबाट नागरिकलाई जोगाउनु भनेर दिएको अभिव्यक्तिले देउवा सरकारप्रति केही आशा जगाएको छ । विश्वासको मत लिने क्रममा प्रधानमन्त्री देउवाले आफ्नो सरकारको पहिलो प्राथमिकता कोभिड-१९ को महामारीबाट नागरिकलाई जोगाउनु भएको बताएका थिए। उनले भने -“अहिलेको पहिलो प्राथमिकता खोप, दोस्रो प्राथमिकता खोप र तेस्रो प्राथमिकता खोप। तीनवटा प्राथमिकता खोप, खोप, खोप। जिन्दगी बचाउनु सबैभन्दा ठूलो कुरा हो। हाम्रो प्राथमिकता भनेको खोपबाहेक अरू केही छैन।” प्रधानमन्त्री देउवाले गरेको यो प्रतिबद्धता कार्यान्वयन गर्नसक्ने हो भने देउवा सरकार लोकप्रिय बन्नेछ र आगामी निर्वाचनमा समेत आफ्नो सरकार स्थापना गर्न सक्नेछ ।

हालैमात्र देशको ४३ औं प्रधानमन्त्री बन्ने अवसर प्राप्त गरेका शेरबहादुर देउवा यो संगै ५ पटक प्रधानमन्त्री बनेका छन् । यसअघि प्रधानमन्त्रीका रूपमा देउवाका पनि ‘रेकर्ड’ सकरात्मक नभएपनि यसपल्टको उनको प्रधानमन्त्री नियुक्ति विशेष रहेको छ भने प्रधानमन्त्री देउवा स्वंयलाई समेत आफू र आफ्नो पार्टीप्रती थप उत्तरदायित्व बढाएको छ । यसपटक देउवालाई लोकप्रिय बन्ने धेरै अवसर छन् ।

निवर्तमान प्रधानमन्त्री ओलीको आफ्नै पार्टीभित्रको विभाजनका कारण शेरबहादुर देउवा प्रधानमन्त्री बनेका हुन्। ओलीको आलोचितपुर्ण कार्यकालको समाप्तीसंगै सुरु भएको देउवाको कार्यकाल अबको आगामी निर्वाचनमा समेत आफ्नो मत सुरक्षित राख्न सक्ने धेरै मौका मिलेको छ । ओली आफ्नै पार्टीभित्र एकता कायम नगर्न सक्दा पदच्युत्त हुनुपरेको कुरालाई प्रधानमन्त्री देउवाले मनन गर्दै आफ्नो पार्टीभित्र एकता कायम गर्नतर्फ ध्यान दिनुपर्ने देखिन्छ ।

प्रधानमन्त्री देउवालाई बधाई दिनेको अहिले ओइरो छ । उनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतबाट बधाई दिने क्रम बढिरहेको छ । बधाई दिनेको भिड देखेर पनि यो प्रष्ट हुन्छ कि अब प्रधानमन्त्री शेर बहादुर देउवाले जनहितको काम गर्न ढिला गर्नुहुन्न । विगतका कार्यकालमा गरेका गल्ती मनन गर्दै आगामी कार्यकालका लागि जनहितमा काम गर्दै जनताको मन जित्न सक्ने काम गरेर देखाउनुपर्ने जिम्मेवारी बढेको छ । प्रधानमन्त्री देउवालाई सबैभन्दा ठुलो चुनौती काँग्रेसभित्रैबाट भइरहेको यथार्थ जगजाहेर नै छ । यो अवस्थामा नेपाली कांग्रेसमा समेत विभाजन हुन सक्दैन भनेर भन्न सकिने अवस्था छैन । प्रधानमन्त्री देउवाले यो अवस्थामा अझ बढी शसक्तरुपमा सबैलाई मिलाएर अगाडि बढ्नुपर्ने देखिएको छ ।

प्रधानमन्त्री देउवालाई लोकप्रिय बन्ने अर्को अवसर यति बेला निकै चर्चामा रहेको एमसिसी सम्झौताबाट हात झिक्नु पर्छ। नेपालका लागि घातक मानिएको एमसिसी सम्झौता कार्यान्वयन हुन बाट रोक्नु प्रधानमन्त्री देउवाको लोकप्रिय हुने अर्को अवसर मिल्ने देखिन्छ ।

दुईतिहाई बहुमत प्राप्त कम्युनिस्ट सरकारका नेतृत्वकर्ता ओलीले आफ्नो पदबाट कसरी हट्नुपर्‍यो ठिक त्यसरी नै प्रधानमन्त्री देउवा पनि आफ्नो पदबाट हट्नु पर्ने अवस्था आउन सक्दैन भन्ने कुनै शंका छैन । तसर्थ प्रधानमन्त्री देउवाले आफ्नो पदको प्रयोग जनहितमा समर्पित गर्नुपर्ने देखिन्छ । कोरोना खोप सबै नेपालीमा लगाउने र देश र जनहितमा काम गर्दै जनताको मन जित्न सफल हुनुपर्दछ । अनि मात्र देउवा सरकार सफल साबित हुनेछ । प्रधानमन्त्री देउवाले आफू र आफ्नो पार्टी मजबुत बनाउन एकतातर्फ ध्यान दिदै जनताको मन जित्न सक्नुपर्दछ । यहि नै देउवा सरकारको लोकप्रिय हुने अवसर हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

आज माघे सङ्क्रान्ति पर्व मनाइँदै

आज माघे सङ्क्रान्ति पर्व मनाइँदै

साधन होइन, सोचले बद्लिएको कक्षा कोठा

साधन होइन, सोचले बद्लिएको कक्षा कोठा

सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम

सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम

निर्वाचनका लागि माहोल तयार भइसकेको छ : गृहमन्त्री

निर्वाचनका लागि माहोल तयार भइसकेको छ : गृहमन्त्री

हराएको अठार महिनापछि गाडिएको अवस्थामा बस फेला

हराएको अठार महिनापछि गाडिएको अवस्थामा बस फेला

ट्याक्टर दुर्घटनामा एकको मृत्यु, दुई घाइते

जाजरकोटमा जिप दुर्घटना हुँदा दुईको मृत्यु

भर्खरै प्रकाशित

आज माघे सङ्क्रान्ति पर्व मनाइँदै

आज माघे सङ्क्रान्ति पर्व मनाइँदै

कर्म र खेतीले बदलिएको तारा चाईको जीवन

कर्म र खेतीले बदलिएको तारा चाईको जीवन

साधन होइन, सोचले बद्लिएको कक्षा कोठा

साधन होइन, सोचले बद्लिएको कक्षा कोठा

श्रेया बडु अभिनीत  “पछ्यौरी मखमली” बोलको म्युजिक भिडियो सार्वजनिक

श्रेया बडु अभिनीत “पछ्यौरी मखमली” बोलको म्युजिक भिडियो सार्वजनिक

मायादेवीमा ‘होलिडे लर्निङ क्याम्प’ प्रभावकारी बन्दै

मायादेवीमा ‘होलिडे लर्निङ क्याम्प’ प्रभावकारी बन्दै

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज