काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल सोमबार विहान नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटार पुगेका छन्।
नेता पौडेल प्रचण्ड निवास पुगेर आमा सीता दाहालको स्वास्थ्यबारे जानकारी लिएको प्रचण्ड पुत्री गंगा दाहालले बताइन् ।
प्रचण्डकी पत्नी सीता लामो समयदेखि बिरामी छन्। उनी पार्किन्सन्स नामको रोगबाट पीडित छन्।
पौडेल खुमलटारमा केहीबेर बसेर सीताको स्वास्थ्य अवस्था बुझि फर्किएको प्रचण्डको सचिवालयले जनाएको छ ।
केही दिनअघि उनलाई भेट्न कांग्रेसका सभापति एवं प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा पनि प्रचण्ड निवास पुगेका थिए।