Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

जसपाको आधिकारिकता विवाद यसरी टुङ्ग्याइँदैछ

Author Avatar साझा न्यूज 26th July 2021 , 12:45 PM
जसपाको आधिकारिकता विवाद यसरी टुङ्ग्याइँदैछ

सत्ता समीकरणका दौरानमा दुई समूहमा विभाजन भएको जनता समाजवादी पार्टी (जसपा)ले आज निर्वाचन आयोगबाट आधिकारिकता पाउँदैछ । निर्वाचन आयोगले जसपाको आधिकारिकतासम्बन्धी विवादको टुङ्गो लगाउन आज पार्टीका केन्द्रीय कार्यकारिणी समितिका सदस्यलाई सनाखतका लागि बोलाएको छ ।

आयोगले जसपाको आधिकारिकता विवाद निरुपणका लागि इजलास गठन गरी यही साउन ७ गते कानूनी बहस सकेर पार्टी एकीकरण बखत संलग्न कागजातसहित उपस्थित हुन आग्रह गरेको थियो । सोहीअनुरुप जसपाका अध्यक्ष उपेन्द्र यादव र अर्का अध्यक्ष महन्थ ठाकुर पक्षका कार्यकारिणी सदस्य सनाखतका लागि आयोगमा बिहान ११ बजे उपस्थिति हुँदैछन् । सनाखतपछि आयोगले आधिकारिकतासम्बन्धी सम्भवतः आजै निर्णय सुनाउने बताइएको छ ।

निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जसपाको विवाद निरुपणका लागि आयोगले नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वा मतदाता परिचयपत्रको प्रतिलिपिसहित बिहान ११ बजे आयोगमा उपस्थिन हुन आग्रह गरेको जानकारी दिएका छन् । उपेन्द्र यादव पक्षमा कार्यकारिणी समितिका बहुमत सदस्य भएको दाबी गरिएकाले सोही पक्षले आधिकारिकता पाउने अनुमान गरिएको छ । जसपाका कार्यकारिणी सदस्य मोहम्मद इस्तियाक राइले पार्टी आधिकारिकता लगभग निश्चित भएको र आज कार्यकारिणी सदस्यले सनाखत गरेपछि टुङ्गो लाग्ने बताएका छन् ।

२०७७ असार २४ गते निर्वाचन आयोगमा दर्ता भएको जसपाको ५१ सदस्यीय कार्यकारिणी समिति छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सत्ता साझेदारी गर्दा जसपा दुई समूहमा विभाजन भएको थियो । ठाकुर पक्ष सरकारमा सहभागी भएको थियो भने यादव पक्ष प्रतिपक्षमा उभिएको थियो । दुवै पक्षले पार्टी आधिकारिकताका लागि दाबी गर्दै आयोगमा गएका थिए । पछिल्लो पटक वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदा दुवै पक्षले पक्षमा मतदान गर्ने निर्णय गरेका थिए । यादव पक्षले सरकारमा सहभागिता जनाउने निश्चित भइसकेको छ ।

यसैबीच आयोगको निर्णयअघि अध्यक्ष ठाकुरले आधिकारिकता र पार्टी विभाजन रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए, तर उक्त रिटमाथि आइतबार सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गर्दै साउन १५ गते दुवै पक्षलाई छलफलका लागि बलाउने आदेश दिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

संसद अवरुद्ध गरेर जनताको मुद्दाबाट पन्छिन मिल्दैन : प्रमुख सचेतक बर्तौला

संसद अवरुद्ध गरेर जनताको मुद्दाबाट पन्छिन मिल्दैन : प्रमुख सचेतक बर्तौला

समाजवादी क्रान्ति नयाँ चरणमाः अध्यक्ष प्रचण्ड

समाजवादी क्रान्ति नयाँ चरणमाः अध्यक्ष प्रचण्ड

कांग्रेस र कम्युनिष्टका कारण मुलुक बर्बादीतर्फ धकेलियो: अध्यक्ष यादव

कांग्रेस र कम्युनिष्टका कारण मुलुक बर्बादीतर्फ धकेलियो: अध्यक्ष यादव

जनता समाजवादी पार्टी नेपाल कपिलबस्तुको जिल्ला अधिबेशन

जनता समाजवादी पार्टी नेपाल कपिलबस्तुको जिल्ला अधिबेशन

उपत्यकाका नदी स्वच्छ बनाउन तीन अर्ब ४२ करोड बजेट

उपत्यकाका नदी स्वच्छ बनाउन तीन अर्ब ४२ करोड बजेट

मङ्गोलियाका प्रधानमन्त्रीद्वारा राजीनामा

मङ्गोलियाका प्रधानमन्त्रीद्वारा राजीनामा

भर्खरै प्रकाशित

सर्पले डसेर दुई बालकको मृत्यु

सर्पको टोकाइबाट एक महिलाको मृत्यु

अन्तर्राष्ट्रिय क्रिकेट अम्पायर बिस्मिल्लाह जान शिनवारीको निधन

अन्तर्राष्ट्रिय क्रिकेट अम्पायर बिस्मिल्लाह जान शिनवारीको निधन

आज सङ्घीय संसद्का दुवै बैठक बस्दै

आज सङ्घीय संसद्का दुवै बैठक बस्दै

गुल्मीका पहिलो राष्ट्रिय भलिबल खेलाडी खरेल सम्मानित

गुल्मीका पहिलो राष्ट्रिय भलिबल खेलाडी खरेल सम्मानित

उपमेयर सम्वोधन कार्यक्रम धमाधम सम्पन्न हुदैछः उपमेयर गुप्ता

उपमेयर सम्वोधन कार्यक्रम धमाधम सम्पन्न हुदैछः उपमेयर गुप्ता

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज